Nepal communist party

प्रेस वक्तव्य (२०८१ असार ३० गते)

नेपाल कम्युनिस्ट पार्टी (मसाल)

Nepal Communist Party (Mashal)

केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com

प्रेस वक्तव्य

राष्ट्रपतिले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । ओली आˆनो अधिनायकवादी, स्वच्छाचारी स्वभाव, हद दर्जाको भ्रष्टाचार र प्रतिगामी सोचाइका लागि बदनाम छन् । त्यसकारण उनको नेतृत्वमा सरकार बन्नु नेपालका लागि तात्कालिक र दीर्घकालीन दृष्टिले समेत दुर्भाग्यपूर्ण हुने छ । त्यसैले हाम्रो पार्टीले उनको नेतृत्वमा बनेको सरकारको कडा विरोध गर्दछ र उनका सबै गलत नीति र कार्यहरूको सम्झौताहीन प्रकारले विरोध वा सङ्घर्ष गर्ने प्रतिबद्धता प्रकट गर्दछ ।

अहिले एमाले र नेका बिचमा संविधानमा समेत संशोधनका लागि सहमति भएको कुरा बाहिर आएको छ । तर उनीहरूले संविधानमा के कस्ता संशोधनहरू गर्न थालेका छन्, त्यो कुरा गोप्य नै राखेका छन् । संसदमा अहिलेको समीकरणको पक्षमा संसदमा विचार प्रकट गर्ने सांसदहरूले पनि संविधानमा कुन प्रकारको संशोधन गरिँदैछ, त्यसबारे उनीहरू अनविज्ञ भएको बताएका छन् । आश्चर्यको कुरा हो कि त्यस प्रकारको अनविज्ञता प्रकट गर्दागर्दै पनि उनीहरूले नयाँ समीकरणबाट बन्ने सरकारप्रति आˆनो समर्थन प्रकट गरेका छन् । त्यसले नेपालको राजनीतिमा भएको गम्भीर प्रकारको दिवालियापनलाई नै बताउँछ ।

यदि उनीहरूले देश र जनताको हितमा संविधानमा संशोधन गर्ने समझदारी बनाएको भए त्यसलाई गोप्य राख्नुपर्ने आवश्यकता हुँदैनथ्यो । तर त्यसलाई गोप्य राखिएको कुराबाट उनीहरूले संविधानमा गर्न लागेको संशोधन देश र जनता तथा संविधानमा स्वीकार गरिएका सकारात्मक व्यवस्थाका पक्षमा नभएको कुरा बुझ्न गाह्रो पर्दैन ।

राजावादीहरूले पनि संविधानमा संशोधन गर्ने कुरालाई जोडदार प्रकारले समर्थन गरेका छन् । त्यसबाट जनताको महान आन्दोलनद्वारा प्राप्त उपलब्धिहरू, मुख्यतः गणतन्त्र र धर्मनिरपेक्षतामाथि पनि प्रहार गर्ने सम्भावनालाई अस्वीकार गर्न सकिन्न ।

ओलीको प्रतिगामी, अधिनायकवादी वा स्वच्छाचारी चरित्र भएको कुराको इतिहास साक्षी छ । एमालेले गणतन्त्रको लागि सङ्घर्ष गर्ने निर्णय गरेको बेलामा नै उनले गणतन्त्रको नाराप्रति आˆनो विरोध प्रकट गरेका थिए । उनले संसदलाई २÷२ पल्ट विघटन गरेका थिए । सर्वाेच्चले विघटित संसदको पुनस्र्थापना गरिसकेपछि पनि उनले त्यसलाई ९ महिनासम्म अवरूद्ध गरेका थिए । एमालेभित्र मतभेद चल्दा उनले बहुमतको निर्णय नमान्ने घोषणा गरेका थिए । प्रचण्डसित प्रधानमन्त्रीको आलोपालो गर्ने सहमति भएको भएपनि उनले त्यो सहमतिलाई पालन गरेका थिएनन् । केही दिन पहिले उनी सत्तामा आएपछि (प्रचण्ड प्रधानमन्त्री भएपनि सत्ताको केन्द्रमा उनी नै थिए) उनले भूमि आयोगलाई विघटन मात्र गरेका थिएनन्, सर्वाेच्चले त्यसको पुनस्र्थापना गरेपछि पनि उनले त्यसलाई काम गर्न दिएका थिएनन् । गिरिबन्धु टी–स्टेटबारे सर्वाेच्चले फैसला गरेपछि पनि उनले त्यो फैसलाका विरुद्ध सार्वजनिक रूपमा नै आलोचना गरेका थिए । यी केही उदाहरणहरूबाट प्रस्ट हुन्छ, उनी संविधान, कानुन, अदालत र बहुमतका निर्णयहरूको अतिक्रमण गर्न अलिकति पनि हिच्किचाउनन् ।

काँग्रेसभित्र पनि गणतन्त्र र धर्मनिरपेक्षताका विरुद्ध ठुलो जनमत छ । ओलीसितको उनीहरूको समीकरणबाट प्रतिगमनलाई मदत पुग्ने सम्भावनातिर पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ ।

यो कुरामा पनि कुनै शङ्का छैन कि उनमा निम्नस्तरको राजनीतिक इमान्दारिता पनि छैन । जुन राति उनले नेकासित नयाँ समीकरण गर्ने सहमति गरे, त्यही दिनको दिउँसो नै उनले प्रचण्डसित स्वर्ग वा नर्क जहाँ गएपनि सँगै जाने प्रतिबद्धता प्रकट गरेका थिए । त्यही राति उनी आˆनो प्रतिबद्धताका विरुद्ध गएर नेकासित प्रचण्डको सरकारलाई अपदस्त गर्ने सम्झौता गरे ।

त्यसबाट उनी कुनै सिद्धान्त वा नीति मानेर कामगर्ने मान्छे नभएको र उनी विश्वसनीय राजनीतिज्ञ नभएको कुरा पनि प्रस्ट हुन्छ । त्यस प्रकारको अविश्वसनीय चरित्रले गर्दा देश र जनताप्रति पनि उनी इमान्दार नहुने र कुनै पनि बेला कुनै पनि प्रकारको धोका दिन सक्ने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । त्यस्तो व्यक्तिको नेतृत्वमा बनेको सरकारले देशलाई कहाँ पुर्‍याउने छ ? त्यो कुराको कसैले पनि सजिलैसित अनुमान गर्न सक्दछ ।

अहिले एमाले र नेपाली काँगे्रसको गठबन्धन बनेको छ । कमसेकम यस अर्थमा नेकाका सभापति शेरबहादुरलाई इमान्दार भन्न सकिन्छ कि जस्तो कि स्वयम् ओलीले पहिले संसदमा दिएको वक्तव्यबाट प्रस्ट हुन्छ, ओलीले शेरबहादुरलाई पनि आˆनो पक्षमा मिलाएर माओवादी र काँग्रेस समेतको गठबन्धनमा फुट पार्ने प्रयत्न गरेका थिए । तर देउवा त्यसरी बेइमानी गर्न तयार नभएको हुनाले प्रचण्डलाई फुटाउने प्रयत्न गरेका थिए र त्यसमा उनी सफल पनि भएका थिए । त्यसबाट तुलनात्मक रूपले देउवा बढी इमान्दार भएको देखिन्छ । तर आˆनो अविश्वसनीय चरित्रका कारणले ओली नेपाली काँग्रेसप्रति पनि के इमान्दार रहने छन् ? त्यो प्रश्न उठाउने ठाउँ छ । आउने दिनमा त्यो कुरा प्रस्ट हुँदै जानेछ ।

नेपाली काँग्रेसले संसदमा कथित स्वतन्त्र पार्टीका अध्यक्षले सहकारी रकममा गरेको अपचलनको कडा प्रतिरोध गरेको थियो । उनीहरूको त्यो अडान सही थियो र हामीले पनि त्यसलाई समर्थन गरेका थियौँ । अब गृहमन्त्रालय नेपाली काँग्रेसको हातमा नै जाँदैछ । के उनीहरूले सहकारी अपचलनको मुद्दामा पहिले उनीहरूले संसदमा आवाज उठाए जस्तै इमान्दारिता र दृढतापूर्वक कार्य गर्ने छन् ? उनीहरूले आˆनै अडानका विरुद्ध गएर सहकारी रकमको अपचलनको विषयमा कमजोर र सम्झौतापरस्त नीति अपनाए भने जनताले त्यसको कडा विरोध गर्ने छन् र गर्नु पनि पर्दछ । त्यो प्रश्न लाखौँ जनतासित सम्बन्धित प्रश्न हो । त्यसकारण त्यसबारे नेपाली काँग्रेसले इमान्दारिता र दृढतापूर्वक कारबाही गरेर अपराधीलाई सजाय गर्ने तथा जनताको पैसा फिर्ता गर्ने जिम्मेवारी पुरा गर्‍यो भने त्यो स्वागतयोग्य कुरा हुने छ ।

अहिले कथित स्वतन्त्र पार्टीभित्रका विवादहरू सार्वजनिक रूपले नै बाहिर आइरहेका छन् । त्यसबाट प्रथमतः जुन उद्घोषका साथ उनीहरूले नेपालको राजनीतिमा प्रवेश गरेका थिए, उनीहरूको त्यो दाबी खाली जनतालाई झुक्याउने चालबाजी मात्र थियो भन्ने कुरा प्रस्ट भएको छ । नेपालको राजनीतिमा प्रायः जनविरोधी तत्त्वहरूले पनि विभिन्न प्रकारका भ्रम वा प्रलोभन दिएर तथा ठुलो पैमानामा पैसा बाँडेर चुनाव जित्ने गरेका छन् । जबसम्म जनता त्यस प्रकारका भ्रमहरूबाट मुक्त हुने छैनन्, देशमा जनताको सरकारको स्थापना हुन सक्ने छैन तथा जनताका समस्याहरूको समाधान र देशको विकास पनि हुन सक्ने छैन । हामीले त्यो वास्तविकताप्रति सम्पूर्ण जनाताको ध्यान आकर्षित गराउन चाहन्छौँ । देशको विकास हुन्छ वा उन्नति ? त्यसको फैसला अन्तमा जनताको चेतनामाथि नै निर्भर गर्दछ ।
अहिले पनि हाम्रो यो मत छ कि देशमा प्रतिगमन र साम्राज्यवाद दुवैको खतरा बढेर गएको छ । अहिलेको सरकार बनेपछि र उनीहरूले संविधानमा संशोधन गर्ने भनेपछि राजावादीहरू धेरै नै उत्साहित भएका छन् । नेपालको राजनीतिमा साम्राज्यवादी शक्तिहरू मुख्यतः अमेरिकन र भारतीय साम्राज्यवादको षडयन्त्रकारी भूमिकाबारे पनि हामी अत्यन्त साबधान हुनुपर्ने आवश्यकता छ । जुन कुराले उनीहरूको खतरालाई गम्भीर बनाइदिन्छ, यो हो कि देशका कैयौँ राजनीतिक शक्तिहरूले साम्राज्यवादपरस्त नीति अपनाउँछन् । विभिन्न साम्राज्यवादपरस्त एन.जी.ओ र आई.एन.जी.ओ हरूले पनि साम्राज्यवादको पक्षमा देशमा जनमत तयार पार्ने काम गरिरहेका छन् । ठुलो सङ्ख्यामा बुद्धिजीविहरूमा पनि प्रतिगमन वा साम्राज्यवादपरस्त सोचाइहरू पाइन्छन् । यी सबै कारणले नेपाल गम्भीर सङ्कटको मुखमा उभिएको छ । त्यो अवस्थामा त्यस प्रकारका सबै खतराहरूका विरुद्ध उच्च सतर्कता अपनाउनु, जनताको उच्च चेतना उठाउनु र सङ्घर्ष सङ्गठित गर्नु पनि हाम्रो जिम्मेवारी हुन्छ । हाम्रो पार्टीले अवश्य पनि त्यस प्रकारको जिम्मेवारी पुरा गर्न प्रयत्न गर्ने छ र सम्पूर्ण जनतालाई पनि हामीले त्यसका लागि आहृवान गर्दछौँ । अन्तमा जनता नै अजेय शक्ति हुन् र उनीहरूको चेतना र भूमिकामाथि नै देशको भविष्य निर्भर गर्दछ ।

अहिले माओवादी र उनीहरूको पक्षमा भएका कतिपय राजनीतिक सङ्गठनहरूले ओलीका प्रतिगामी प्रकारका नीति र कार्यहरूको विरोध गर्ने विचारहरू प्रकट गरिरहेका छन् । तर स्वयम् माओवादी नै अविश्वसनीय र अवसरवादी राजनीतिक शक्ति हो । आˆनो स्थापना कालदेखि नै आधारभूत सैद्धान्तिक प्रश्नहरूमा त्यसले बारम्बार गर्दै आएका परिवर्तन, जसलाई त्यसले ‘क्रमभङ्गता र गतिशीलता’ बताउने गरेको छ वा प्रधानमन्त्री पदको लागि त्यसले बारम्बार सिद्धान्तहीन र अराजनीतिक प्रकारले गरेको हेराफेरीबाट त्यसलाई विश्वास गर्न सकिने अवस्था छैन । जसरी ओलीमा इमान्दारिताको चरम प्रकारको अभाव छ, प्रचण्डमा पनि त्यही प्रकारको प्रवृत्ति पाइन्छ, यद्यपि पछिल्लो समयमा ओलीले प्रचण्डलाई मात दिएका छन् । सिद्धान्त र राजनीतिको प्रश्नमा पनि प्रचण्ड हदभन्दा बढी अवसरवादी रहेका छन् । उनले आˆनो विचारमा कसरी बारम्बार परिवर्तन गरेका छन्, त्यसको एउटा लामो सूची छ । त्यो अवस्थामा उनले देश र जनताको हितका लागि कुनै ठोस, सकारात्मक वा विश्वसनीय भूमिका खेल्न सक्ने सम्भावनाको कमै आशा गर्न सकिन्छ । देशका प्रमुख राजनीतिक शक्तिहरूको त्यस प्रकारको चरित्रले देशलाई अत्यन्त गम्भीर अवस्थामा पुर्‍याएको छ । त्यो समस्यालाई पनि खाली जनताको उच्च चेतनाले नै समाधान गर्न सक्नेछ ।

अहिले प्रधानमन्त्रीको भर्खर नियुक्ति भएको छ । अब तुरुन्तै मन्त्रीपरिषद पनि बन्नेछ । अहिले नयाँ बनेको समीकरणलाई, खास गरेर उनीहरूले संविधानमा गर्ने भनेको संशोधनप्रति राजावादीहरूले ठुलो उत्साह प्रकट गरेका छन् । त्यसबाट अहिलेको समीकरणले संविधानमा गर्ने भनेको संशोधनको प्रकृति, अर्थात गणतन्त्र र धर्मनिरपेक्षता समेतका विरुद्ध लक्षित हुने त होइन ? त्यसबारे पनि शङ्का गर्नका लागि ठाउँ छ । ओली सुरूदेखि नै गणतन्त्रका विरुद्ध भएको कुरा आधिकारिक रूपमा नै बाहिर आएको छ । त्यसका साथै पशुपतिनाथको मन्दिरमा सुनको जलप चढाएर तथा चितवनमा राम मन्दिरको निर्माणको कुरा गरेर उनी धर्मनिरपेक्षताको विरुद्ध भएको कुरा पनि बताइसकेका छन् । नेकाभित्र पनि एउटा ठुलो पङ्क्ति राजतन्त्रको पुनस्र्थापनाको पक्षमा र धर्मनिरपेक्षताका विरुद्ध छ । त्यो अवस्थामा अहिले बनेको गठबन्धनको सरकारले देशलाई प्रतिगमनतिर लैजाने खतराप्रति हाम्रो गम्भीर ध्यान जानुपर्ने आवश्यकता छ र त्यसप्रति हामीले सम्पूर्ण जनताको ध्यान आकर्षित गर्न चाहान्छौँ ।

अहिले नेपालमा भएको सत्ताको अदलाबदलीमा विदेशी शक्तिहरूको पनि भूमिका रहेको कुरा बजारमा आइरहेका छन् । तर त्यसबारे आधिकारिक रूपले हामीलाई केही थाहा नभएकाले त्यसबारे तत्काल कुनै टिप्पणी गर्नेतिर हामी लाग्दैनौँ ।

अन्तमा, आउने दिनहरूमा सरकारले अपनाउने नीतिहरूका आधारमा हामीले आवश्यकता अनुसार आˆना अरू ठोस नीति र कार्यक्रमहरू निश्चित गर्दै जानेछौँ । त्यस सन्दर्भमा देशको राजनीतिक आवश्यकतानुसार पारस्पारिक समझदारी वा सहमतिका आधारमा संयुक्त मोर्चा वा कार्यगत एकता गर्ने हाम्रो नीति पनि कायम रहने छ ।

२०८१ असार ३० गते ।

मोहनविक्रम सिंह
महामन्त्री

 

पार्टी गतिविधि

Translate »
Scroll to Top