Nepal communist party

प्रेस वक्तव्य (२०८१ कार्तिक २२ गते)

नेपाल कम्युनिस्ट पार्टी (मसाल)

Nepal Communist Party (Mashal)

केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com

प्रेस वक्तव्य

१. देशको आजको राजनीति स्थिति गम्भीर छ । आम रूपमा यो भन्ने गरिन्छ र त्यो भनाइमा सत्यता पनि छ कि जनतामा व्यापक असन्तोष र निराशा छ, संसारका कैयाँै देशहरूमा त्यस प्रकारको वातावरणबाट फाइदा उठाएर प्रतिक्रियावादी शक्तिहरू सत्तामा आउने गरेका छन् । त्यही प्र्रकारको पृष्ठभूमिमा जर्मनीमा हिटलर र इटालीमा मुसोलिनीका फासिष्ट शासनहरू कायम भएका थिए । संसारका धेरै देशहरूमा त्यस्तो हुने गरेको छ, फ्रान्समा पनि गणतन्त्र पक्षधर राजनीति शक्तिहरूका गलत नीति र क्रियाकलापहरूका कारणले जनतामा उत्पन्न भएको असन्तोषबाट फाइदा उठाएर बारम्बार गणतन्त्रलाई समाप्त गरेर राजतन्त्रको पुनस्र्थापना हुने गरेको थियो, यद्यपि अन्तमा त्यहाँ गणतन्त्रको नै विजय भयो ।

२. नेपालमा पनि ०१५ सालपछिको जनताको ने.का. सरकारप्रतिको असन्तोषबाट फाइदा उठाएर राजाको निरङ्कुश शासन र पञ्चायती तानाशाही व्यवस्था कायम भएको थियो । ०४६ सालपछि पनि त्यो बेला सत्तामा आएका बहुदल पक्षीय सरकारहरूको गलत नीति र क्रियाकलापहरूका कारण जनतामा उत्पन्न असन्तोषबाट फाइदा उठाएर निरङ्कुश राजतन्त्र कायम गरिएको थियो ।

३. २०६५ सालमा नेपालमा गणतन्त्रको स्थापना भएपछि, गणतन्त्र पक्षधर सरकारहरूका गलत नीति र क्रियाकलापहरूका कारणले पनि जनतामा धेरै नै असन्तोष र निराशा उत्पन्न भएको छ । विभिन्न प्रतिक्रियावादी शक्तिहरूले गणतान्त्रिक प्रणाली नै गलत भएको सावित गरेर देशलाई प्रतिगमनतिर लैजानको लागि योजनाबद्ध र सङ्गठित रूपले प्रयत्न गरिरहेका छन् । त्यसैले हाम्रो पार्टीले प्रतिगमनको खतरालाई अत्यन्त गम्भीर रूपमा लिएको छ र त्यसका विरुद्ध गणतन्त्र र धर्मनिरपेक्ष पक्षधर शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकतामा जोड दिएको छ ।

४. सधैँ झै अहिले पनि हामीले यो कुरामा जोड दिने गरेका छौँ कि आज देशमा जुन गम्भीर स्थिति देखापरेको छ, त्यसको समाधान प्रतिगमन नभएर अग्रगमन नै हो र हामीले त्यसको लागि नै आन्दोलनलाई अगाडि बढाउने प्रयत्न गर्नुपर्छ । त्यही नै दीर्घकालीन रूपमा देश र जनताको हितमा हुने छ ।

५. अहिले देशमा जुन विभिन्न आन्दोलन चलिरहेका छन् वा निकट भविष्यमा नै कैयाँै आन्दोलनहरू अगाडि उठ्ने कुराहरू आइरहेको छ, तिनीहरूबारे पनि हामीले आफ्नो दृष्टिकोण स्पष्ट गर्न चाहन्छौँ । कथित स्वतन्त्र पार्टीले सरकारले उनीहरूका नेतालाई पूर्वाग्रह र राजनीतिक प्रतिशोधका आधारमा गिरफ्तार गरेको भनेर आन्दोलन गरीरहेका छन्। त्यो आन्दोलनलाई हामीले गलत मान्दछौँ । आज वास्तवमा सहकारी संस्थाहरूमा जनताले जम्मा गरेको अरबाँै रकमको अपचलन वा ठगी हुने गरेको छ । पहिले पनि त्यस प्रकारका धेरै घटनाहरू घटेकाथिए र अहिले पनि त्यस प्रकारका नयाँ नयाँ घटनाहरू घटेका समाचारहरू सञ्चार माध्यमहरूले बाहिर ल्याइरहेका छन् ।सहकारी सम्बन्धी त्यस प्रकारका घटनाहरूबारे निष्पक्ष प्रकारले छानबिन गरेर तुरुन्त कडाइसाथ कारवाही गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ । त्यही सन्दर्भमा अहिले सहकारी रकमको अपचलन सम्बन्धी मुद्दामा “स्वतन्त्र पार्टी”का नेतामाथि गरिएको कारवाहीलाई पनि हामीले सही ठान्दछौँ र त्यसलाई समर्थन गर्दछौँ । त्यसबारे उनी दोषी भएको वा नभएको कुरा पछि अदालतले गर्ने निर्णयबाट थाहा हुने छ, तर अहिले त्यस प्रकारको कारवाही वा पुर्पक्षका लागि आधार भएको कुरामा कुनै शङ्का छैन । त्यही पनि कसैका विरुद्ध चलेका त्यस्ता मुद्दामा बिना कुनै पूर्वाग्रह निष्पक्षतापूर्वक छानविन र कारवाही हुनुु पर्छ भन्ने हाम्रो दृढ मत रहेको छ । निश्चय नै, सहकारी रकमको अपचलन सम्बन्धी कयाँै मुद्दाहरूमा अहिलेसम्म कुनै कारवाही नभएको कुराप्रति हाम्रो ध्यान छ र बिना कुनै पूर्वाग्रह वा पक्षपात त्यस प्रकारका सबै मुद्दाहरूमा छानबिन गरी आवश्यकता अनुसार कारबाही हुनुपर्छ भन्ने हाम्रो स्पष्ट मत रहेको छ तर त्यस प्रकारका कुनै मुद्दामा अहिलेसम्म कुनै कारवाही नगरेको कारणले “स्वतन्त्र पार्टी”का नेतामाथि कुनै कारवाही चलाउनु हुन्न भन्ने सोचाइलाई हाम्रो पार्टीले गलत मान्दछ र त्यसका लागि उनीहरूले चलाइरहेको आन्दोलनलाई पनि गलत मान्दछ ।

६. राजावादीहरूले राजतन्त्रको पुनस्र्थापनाको पक्षमा र धर्मनिरपक्षताको विरुद्ध छिट्टै देशव्यापी आन्दोलन गर्ने कुरा गरेका छन् । देशमा अहिले जनतामा उत्पन्न असन्तोष वा निराशाबाट फाइदा उठाएर उनीहरूले देशलाई प्रतिगमनको दिशामा लैजाने प्रयत्न गर्न थालेका छन् । देशमा नेपाली जनताले करिब ढाईसय वर्षको राजतन्त्र र करिब तिन दशक पञ्चायती शासन भोगिसकेका छन् । करिब एक शताब्दीको निरङ्कुश राणा शासन पनि जनताले भोगेका छन्। त्यो कालमा जनताले भोग्नु परेका सबै प्रकारको दमन, कुशासन, राष्ट्रिय सम्पत्तिको लुट, महिलाहरू माथिका बलात्कार र हत्या, आदि कुनै लुकेका कुरा होइन्न । त्यस प्रकारको स्वर्गीय जीवन गुमेको हुनाले नै पुराना शासक वर्गले देशमा पुन: राजतन्त्रको स्थापना गर्न चाहन्छन् र त्यसका लागि उनीहरूले हिन्दु धर्मलाई हतियार बनाउँदै छन् । त्यसकारण हाम्रो पार्टीले त्यस प्रकारको प्रतिगामी खतराको विरुद्ध जनतामा उच्च प्रकारको सतर्कता र आन्दोलन उठाउनुपर्ने आवश्यकतामा जोड दिन्छ ।देशमा गणतन्त्रको स्थापना भएपछि सत्तामा आएका विभिन्न राजनीतिक पार्टीहरूले अपनाएका गलत नीति, क्रियाकलाप, कुशासन वा भ्रष्टचार आदिप्रति हाम्रो पार्टीको ध्यान छ । तर त्यसको कारणले देशलाई पुन:मध्येयुगिन राजतन्त्र वा निरङ्कुश शासनतिर लैजानु र त्यसरी देशलाई प्रतिगमनको बाटोमा लैजानु समस्याको सही समाधान होेइन र त्यसबाट देश र जनताको कुनै हित नहुने कुरा निश्चित छ, त्यसैले देश र जनताका समस्याहरूको समाधानका लागि देशलाई अग्रगमनको दिशामा लैजाननै प्रयत्न गर्नुपर्छ र देशलाई प्रतिगामीदिशामा लैजाने प्रयत्नका विरुद्ध दृढतापूर्वक र सम्झौताहीन प्रकारले सङ्घर्ष गर्नुपर्छ ।

७. प्रचण्डले उनीहरूले भ्रष्टाचारका विरुद्ध कारबाही गर्न थालेको हुनाले नै उनीहरूको सरकारलाई अपदस्थ गरेको दाबी गरिरहेका छन्, तर उनीहरूको त्यो दाबीमा कुनै औचित्यता छैन । उनले सधैँगर्वपूर्वक ‘क्रमभङगता’मा जोड दिने गरेका छन् । त्यसलाई उनले आफ्नो कार्यशैलीमा गतिशीलता भएको पनि बताउने गरेका छन्, तर त्यो उनको हददर्जाको अवसरवादी प्रवृत्ति हो । उनको सम्पूर्ण राजनीतिक लाइन, व्यवहार वा कार्यशैली त्यही अवसरवादी प्रवृत्तिद्वारा निर्देशित हुने गरेको छ ।देशमा प्रतिगमनको खतरा बढेपछि र ओलीकातर्फबाट पनि त्यस प्रकारको खतरा देखा परेपछि प्रतिगमनका विरुद्ध भएका शक्तिहरूको गठबन्धन बनेको थियो । त्यो गठबन्धनले प्रतिगमनका विरुद्ध सङ्घर्षमा महत्त्वपूर्ण सफलताहरू पनि प्राप्त गरेको थियो, तर प्रचण्डको अवसरवादी, सिद्धान्तहीन, अराजनीतिक र हददर्जाको महत्त्वाकाङ्क्षाको प्रवृत्तिको कारणले प्रतिगमनका विरुद्ध बनेको त्यो गठबन्धन कायम रहन सकेन । त्यो क्रममा उनी जुन एमालेका विरुद्ध सङ्घर्षको लागि गठबन्धन बनेको थियो, त्यसका विरुद्ध गएर एमालेसित समेत गठबन्धन गर्न पुगेका थिए । प्रचण्डले जुन प्रकारको चालबाजी गरेर गठबन्धनमा हेराफेरि गर्ने काम गरे, ओलीले पनि त्यही तरिका अपनाएर प्रचण्डको नेतृत्वको सरकारलाई अपदस्थ बनाइदिएका हुन् । त्यस प्रकारको पृष्ठभुमिमा उनीहरूले भ्रष्टचारका विरुद्ध कदम चाल्न थालेको हुनालेनै उनीहरूको सरकारलाई अपदस्थ गराइएको भन्ने प्रचण्डको दाबीमा कुनै औचित्यता नभएको कुरा छर्लङग छ । एमाले र काङ्ग्रेसका बिचमा गठबन्ध भएर प्रचण्डको सरकारलाई अपदस्थ गर्ने पहल सुरु भएपछि नै प्रचण्ड सरकारले आफ्नो सरकार अपदस्थ भएको अवस्थामा आफ्नो औचित्यताको प्रदर्शन गर्न छिटोछिटो भ्रष्टाचार सम्बन्धी मुद्दाहरूमा पहल गर्न थालेका थिए । त्यो सन्दर्भमा उनले ‘स्वतन्त्र पार्टी’का नेताका विरुद्ध संसदमा सहकारी रकमको अपचलन सम्बन्धी आरोप आउँदा प्रधानमन्त्रीको हैसियतले नै पूरै निर्दोष भएको जुन स्पष्टीकरण दिएका थिए, त्यसले पनि उनको अत्यन्त निम्नस्तरको कार्यशैलीलाई नै बताउँछ । त्यो क्रममा र पछि पनि ‘स्वतन्त्र पार्टी’सित जुन प्रकारको उनको गठबन्धन भयो, त्यसले गर्दा माओवादीहरूको राजनीतिक इतिहासको धेरै नै अवमूल्यन पनि हुन गएको छ । हामीलाई यो देखेर आश्चर्य र दु:ख पनि लाग्दछ कि लामो क्रान्तिकारी पृष्ठभूमि भएको माओवादीले प्रचण्डको त्यस प्रकारको सम्पूर्ण कार्यशैलीलाइ कसरी पचाउन सकेको छ ? प्रचण्डको त्यस प्रकारको सिद्धान्तहीन अराजनीतिक कार्यशैलीका पृष्ठभूमिमा विचार गर्दा अहिले उनीहरूले गर्न थालिरहेको आन्दोलनको कुनै अर्थ र औचित्यता नभएको कुरा प्रस्ट छ ।

८. अहिले देशमा ओली सरकारको नेतृत्वमा बनेको एमाले र काँग्रेस गठबन्धन सरकारका गलत नीति र क्रियाकलापहरूप्रति पनि हाम्रो पूरा ध्यान छ । ओली आफ्नो अधिनायकवादी, स्वेच्छाचारी र भ्रष्ट नीति र क्रियाकलापहरूका लागि पहिलदेखि नै बदनाम व्यक्ति हुन् । गणतन्त्र र धर्मनिरपेक्षताप्रति पनि उनको विवादस्पद दृष्टिकोण रहेको छ । गणतन्त्रको आन्दोलनको सन्दर्भमा उनले अगाडि सारेको बयलगाडाको अवधारणा आम रूपमा थाहा भएको कुरा हो। प्यालेस्टाइनको पक्षमा उनले अपनाएको तटस्थ नीतिबाट पनि उनको परराष्ट्र नीति झन्‌पछि झन् गलत हुँदै गएको कुरामा कुनै शङ्का रहन्न । संयुक्त राष्ट्रसङ्घको महासभामा प्यालेस्टाइन सम्बन्धी प्रश्नमा वर्तमान सरकारले अपनाएको नीति पूरै भारतपरस्त नीति हो । विद्युत महसुलको प्रश्नमा उनले लिएको अडानले पनि उनको पूरै भ्रष्ट चरित्रलाई नै बताउँछ । एमालेको पार्टी कार्यालयको निर्माणको लागि अगाडि आएको जग्गा सम्बन्धी बिवाद पनि उनको भष्ट चरित्रको एउटा ज्वलन्त नमुना हो । त्यसरी गिरिबन्धु टि–स्टेटदेखि अहिलेसम्मको उनको चरित्रको मूल्याङ्कन गर्ने हो भने उनको चरित्र पूरै भ्रष्ट भएको कुरामा कुनै शङ्का रहन्न । “स्वतन्त्र पार्टी”का विरुद्ध अहिले सरकारले गरेको कारवाही सही छ र, त्यसैले, हामीले त्यसलाई समर्थन गरेका छौँ। तर त्यो पार्टीका नेता नागरिकता वा राजनीतिक प्रकरणमा दोषी भएको कुरामा पनि ओलीले उनलाई उपप्रधानमन्त्री र गृहमन्त्री बनाउनेसम्म काम गरेका थिए र संसदमा उनका विरुद्ध सहकारी अपचलनको कुरा उठ्दा त्यो विषयलाई दबाउने प्रयत्न गरेका थिए । पछि त्यससितको सम्बन्ध बिग्रेपछि नै उनका विरुद्ध मुद्दा चलाउने कार्य गरेका छन् । त्यसैले त्यो कारवाही प्रतिशोध र पूर्वाग्रहयुक्त भएको कुरा प्रस्ट छ, तैपनि राजनीतिमा निर्णयात्मक महत्त्वको कुरा नियत होइन, परिणाम नै हुन्छ । त्यसैले स्वतन्त्र पार्टीका नेताका विरुद्ध गलत नियतले कारवाही चलाइएको भएपनि त्यो कार्य सही र न्यायपूर्ण छ र, त्यसैले, हामीले त्यसलाई समर्थन गरेका छौँ । सरकारको त्यस प्रकारको गलत कार्यप्रणालीका कारणले देशमा सुव्यवस्था कायम हुने वा दिगो विकास हुने सम्भावना छैन, त्यसैले वर्तमान सरकारका त्यस प्रकारका नीति र क्रियाकलापहरूका विरुद्ध जनचेतना उठाउन र आन्दोलन सङ्गठित गर्न हामीले लगातार जोड दिनुपर्ने आवश्यकता छ ।

९. राष्ट्रिय जनमोर्चाले यही सालको चैत्र २४ गते देखी ३० गतेसम्म सङ्घीयताका विरुद्ध राजधानी केन्द्रित आन्दोलन गर्ने निर्णय गरेको छ । हाम्रो पार्टीले सुरुदेखि नै सङ्घीयताका विरुद्ध आवाज उठाउँदै र सङ्घर्ष गर्दै आएको छ । अब देशका लागि सङ्घीयता अफाप भएको कुरा प्रमाणित भइसकेको छ । त्यसैले सङ्घीयताका विरुद्ध राष्ट्रिय जनमोर्चाले गर्न थालेको राजधानी केन्द्रित आन्दोलन देशको वस्तुगत र राष्ट्रिय आवश्यकताअनुरूप भएको कुरा प्रस्ट छ । त्यसकारण हाम्रो पार्टीले त्यो आन्दोलनलाई दृढतापूर्वक समर्थन गर्छ र त्यसलाई पूरा समर्थन तथा सहयोग गर्न जनतासित अपिल गर्दछ ।

१०. हाम्रो पार्टीको यो स्पष्ट धारणा छकि अहिले देशमा प्रतिगमनको गम्भीर खतरा छ र त्यो खतरा बढ्दै गइरहेको छ । त्यसैले प्रतिगमनका विरुद्ध भएका राजनीतिक शक्तिहरूको त्यसका विरुद्ध गठबन्धन हुनुपर्ने आवश्यकता छ । हाम्रो पार्टीले लगातार जोड दिँदै आएको छ तर विभिन्न राजनीतिक पार्टी वा सङ्गठनहरूका ढुलमुल, अवसरवादी वा सम्झौतापरस्त नीतिहरूका त्यस प्रकारको गठबन्धन कमजोर हुने वा टुट्ने गरेको छ । प्रतिगमनका विरुद्धको सङ्घर्षमा हाम्रो पार्टीको देशमा सबैभन्दा बढी स्पष्ट र दृढ नीति रहने गरेको छ तर स्वयं गणतन्त्रको पक्षमा भएका विभिन्न राजनीतिक शक्तिहरूका अवसरवादी र गलत नीतिकाकारणले प्रतिगमनलाई एक वा अर्को प्रकारले बल पुग्ने गरेको छ । देशमा गणतन्त्र वा धर्मनिरपेक्षता ल्याउनको लागि एमालेको पनि महत्त्वपूर्ण भूमिका रहेको थियो । त्यसबारे ओलीको सुरुदेखि नै ढुलमुल दृष्टिकोण रहेको कुरा हामीले पहिले नै स्पष्ट गरिसकेका छौँ । गिरिजाको नेतृत्वमा नेकाको पनि गणतन्त्र र धर्मनिरपक्षेताको पक्षमा महत्त्वपूर्ण भूमिका रहेको थियो तर अहिले नेकाको एउटा ठुलो पङ्क्ति राजतन्त्रको पुनस्र्थापना र हिन्दु राष्ट्रको पक्षमा उभिएको छ । माओवादीले कथित जनयुद्धको कालमा राजापरस्त नीति अपनाएको थियो तर चुनबाङ बैठकमा त्यसले आफ्नो त्यो नीतिमा सुधार गर्‍यो र त्यसपछि देशमा गणतन्त्र र धर्मनिरपेक्षताको पक्षको आन्दोलनमा त्यसको पनि महत्त्वपूर्ण भूमिका रहृयो । सामान्यत: त्यसको त्यो नीति अहिले पनि कायम छ भन्न सकिन्छ । तर त्यसको सिद्धान्तहीन र अराजनीतिक कार्यशैली वाढुलमुल अवसरवादी र चरम प्रकारको महत्त्वाकाङ्क्षी प्रवृत्तिका कारणले प्रतिगमनका विरुद्धको गठबन्धनमा त्यसले गम्भीर प्रकारको क्षति पुर्‍याउने गरेको छ । त्यसबाट अलग भएर बनेको अहिलेको क्रान्तिकारी कम्युनिस्ट समूहमा पहिलेको राजापरस्त लाइनको अवशेष अहिले पनि पाइन्छ । त्यसैले अहिले पनि उनीहरूले प्रतिगमन वा राजावादी खतरा वा गणतन्त्रबारे सही दृष्टिकोण अपनाउन सकेका छैनन् । देशका अन्य कतिपयवामपन्थी समूहमा पनि राजावादी खतरा, प्रतिगमनमा गणतन्त्रबारे सही दृष्टिकोणको कमी पाइन्छ । यी सबै कारणले आज देशमा राजावादी खतरा वा प्रतिगमनका विरुद्ध बलियो प्रकारको गठबन्धनको निर्माण गर्न वा आन्दोलन उठाउन बाधा पुगिरहेको छ । तैपनि हाम्रो पार्टीले देशमा राजतन्त्रको पुनस्र्थापनाका विरुद्ध र गणतन्त्रको पक्षमा बलियो जनमत रहेको छ भन्ने विश्वास गर्दछ । गणतन्त्र र धर्मनिरपक्षेताको पक्षमा महत्त्वपूर्ण भूमिका खेलेका राजनीतिक शक्तिहरूमा अझै पनि त्यस प्रकारका सोचाइहरू बलियो रूपमा विद्यमान छन् भन्ने हाम्रो विश्वास छ । ती सबै सम्भावना वा आधारहरूलाई अधिकतम रूपमा उपयोग गर्दैै वा तिनीहरूसित सामञ्जस्यता कायम गर्दै जनताको आन्दोलनद्वारा प्राप्त उपलब्धिहरूको रक्षा तथा प्रतिगमनका विरुद्धको सङ्घर्षलाई बढी भन्दा बढी सशक्त प्रकारले अगाडि बढाउने हाम्रो प्रयत्न हुने छ ।

११. अहिले देशका सबै प्रमुख राजनीतिक शक्तिहरूले २०८४को चुनाव एक्लै लड्ने कुरामा जोड दिइरहेका छन् । अहिलेको स्थितिमाथि समग्र रूपले विचार गर्दा हामीले पनि त्यो चुनाव एक्लै लड्नुपर्ने परिस्थितिको सिर्जना हुँदै गएको छ । हाम्रो पार्टीको नवौँ महाधिवेशनले पनि त्यस प्रकारको परिस्थितिको व्याख्या गरेको छ र हाम्रो महाधिवेशनपछि पनि देशको राजनीतिक परिस्थितिको त्यही दिशामा विकास हुँदै गइरहेको छ । पहिले हामीले प्रतिगमनका विरुद्ध गठबन्धन र चुनावी तालमेल गर्ने नीति अपनाएका थियौँ । त्यो बेला एमालेसित कतैपनि तालमेल नगर्ने र साझा उम्मेदवारहरूलाई जिताउन सबैले प्रयत्न गर्ने भन्ने समझदारी पनि हाम्रो बिचमा भएको थियो । चुनावको बेलामा त्यो नीतिको पूरै उलङ्घन गरियो भन्ने त होइन, तर कयौँ स्थानहरूमा अन्य पक्षहरूद्वारा त्यो साझा समझदारीको एक वा अर्को प्रकारले उलङ्घन गर्ने काम गरियो । त्यो भन्दा गम्भीर कुरा यो थियो कि त्यस प्रकारको साझा समझदारीको उलङ्घनको लागि कुनैपनि पक्षले त्यसका लागि जिम्मेवार व्यक्तिहरूमाथि कुनै कारवाही वा सामान्य प्रकारको आलोचना पनि गरेनन् । अहिले पनि चुनावी तालमेलको सम्भावनालाई हाम्रो पार्टीले पूरै अस्वीकार गर्दैन । कुनै प्रदेश, जिल्ला वा स्थानीय तहमा त्यस प्रकारको सम्भावना देखा परेमा त्यसप्रति हाम्रो नीति सकारात्मक नै हुने छ । तर मुख्य रूपमा त्यस प्रकारको सम्भावना अत्यन्त कम छ । त्यसैले आगामी चुनाव एक्लै लड्नको लागि हामी अहिलेदेखि नै तयार हुँदै जाने र त्यही प्रकारले आफ्नो तयारी पनि गर्दै जाने कुरामा हामीले विशेष जोड दिन्छौँ ।

१२. अहिले देशमा वामपन्थी संयुक्त मोर्चाको कुरा निकै उठिरहेको छ । त्यसबारे पनि हामीले आफ्नो दृष्टिकोेण स्पष्ट गर्नु आवश्यक ठान्दछौँ । प्रथम त अहिलेको देशको राजनीतिक स्थितिमा हाम्रो मुख्य जोड वामपन्थी वा प्रजातान्त्रिक मोर्चा वा गठबन्धनतिरै छ ।२०४६ साल वा २०६२–६३ सालका गठबन्धनहरू त्यही प्रकारका उदाहरणहरू हुन् । ओलीको प्रतिगामी नीतिका विरुद्ध बनेको ५ दलीय गठबन्धन पनि त्यही प्रकारको एउटा अर्को र पछिल्लो उदाहरण थियो । हाम्रो के विश्वास छ भने त्यस प्रकारको प्रजातान्त्रिक र वामपन्थी मोर्चा वा गठबन्धनको अहिले पनि आवश्यकता छ । तर विभिन्न वाम वा प्रजातान्त्रिक राजनीतिक शक्तिहरूले अपनाएका गलत नीतिहरूका कारणले तत्काल त्यस प्रकारको सम्भावना देखिँदैन । त्यो सम्भावनालाई अस्वीकार गर्न सकिँदैन कि आउने दिनहरूमा प्रतिगमनको खतराले गम्भीर रूप लिएमा वस्तुगत परिस्थितिले नै त्यस प्रकारको वाम प्रजातान्त्रिक गठबन्धनलाई अगाडि ल्याउनसक्ने छ, तर तत्काल त्यस प्रकारको कुनै सम्भावना देखिँदैन र त्यसले प्रतिगमनको पक्षमा नै बल पुर्‍याउँछ र त्यसका लागि वाम प्रजातान्त्रिक शक्तिहरूका गलत नीतिहरू नै जिम्मेवार छन् ।

१३. जहाँसम्म वामपक्ष क्रान्तिकारी मोर्चाको प्रश्न छ, त्यसको औचित्यता र आवश्यकतालाई हामीले अस्वीकार गदैनौँ । अहिले सबै वामपक्षीय शक्तिहरूका बिचमा पार्टी एकता भएर एउटै कम्युनिस्ट पार्टीको निर्माणको सम्भावनालाई ता हामीले देख्दैनौँ, त्यसको लागि अहिले देशमा वैचारिक, राजनीतिक वा सङ्गठनात्मक प्रकारले आवश्यक परिस्थिति तयार भएको छैन । त्यही पनि तत्कालीन रूपमा वामपन्थी शक्तिहरूका बिचमा कार्यगत एकता भएर एउटा वामपन्थी मोर्चा बन्न सकेमा त्यो राम्रो हुन्थ्यो र त्यसले देशमा वामपन्थी आन्दोलन बढाउनको लािग धेरै नै मद्दत पुग्ने थियो । तर त्यसका लागि कमसेकम, दुईटा अवस्थाहरू पूरा हुनुपर्ने आवश्यकता छ : प्रथम, एउटा न्युनतम वामपन्थी कार्यक्रममा सहमति र त्यस अनुसार इमानदारीतापूर्वक कामगर्ने प्रतिबद्धता । द्वितीय, आपसमा जुनसुकै प्रकारका मतभेदहरू भएपनि परस्परमा भएका सहमति वा समझदारीप्रति इमानदारीता । तर अहिले देशका कतिपय प्रमुख वामपन्थी शक्तिहरूमा त्यस प्रकारको इमानदारीताको कमी पाइन्छ । प्रचण्डले वामपन्थी मोर्चाको निर्माणमा जतिसुकै जोड दिएपनि उनको मुख्य उद्देश्य आफ्ना राजनीतिक महत्त्ववाकाङ्क्षा वा सत्ता प्राप्त गर्नको लागि नै त्यस प्रकारको मोर्चाको निर्माणमा जोड गरेको देखिन्छ । त्यसैगरेर परस्परमा भएका सहमति वा समझदारीलाई इमानदारीतापूर्वक पालना गर्ने पनि उनमा धेरै कमी पाइन्छ । त्यही कुरा कमबेशी मात्रामा एकिकृत समाजवादीमा पनि पाइन्छ । त्यस प्रकारको अवस्थामा तत्कालका लागि उनीहरूसित कुनै वामपन्थी मोर्चाको सम्भावनालाई हामीले देख्दैनौँ ।

१४. देशमा साम्राज्यवादको हस्तक्षेपको खतरा पनि धेरै नै बढेर गएको छ । त्यसले गर्दा देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताका अगाडि पनि गम्भीर खतरा उत्पन्न भएको छ । त्यो अवस्थामासाम्राज्यवादको विरुद्धमा र राष्ट्रियताका पक्षमा भएका शक्तिहरू वा त्यस प्रकारको एकताको आवश्यकता धेरै नै बढेर गएको छ । तर प्रतिगमनको विरुद्धको एकतामा भन्दा साम्राज्यवादकोविरुद्धमा एकताको सम्भावना अत्यन्त कम, सीमित वा नगन्य जस्तै छ । प्रतिगमनको विरुद्धका एकतामा बारम्बार अग्रसर भएका शक्तिहरू पनि साम्राज्यवादका विरुद्धको सङ्घर्षमा अग्रसर हुने सम्भावना अत्यन्त न्यून छ वा छैन भने पनि हुन्छ । भारतीय साम्राज्यवाद, अमेरिकी साम्राज्यवाद वा युरोपियन साम्राज्यवादप्रति उनीहरूको दृष्टिकोण हद भन्दा बढी सम्झौतापरस्त रहने गरेको पाइन्छ । त्यही पनि उनीहरूको त्यस प्रकारको सम्झौतापरस्त दृष्टिकोण अमेरिकी, भारतीय वा युरोपियन साम्राज्यवादी शक्तिहरूले खोेजेको हदसम्म परस्त छैन । उनीहरूले यो चाहन्छन् कि उनीहरूले चीनप्रति पूरै शत्रुतापूर्ण नीति अपनाउन्। नेपालका साम्राज्यवादपरस्त दृष्टिकोण राख्ने राजनीतिक शक्तिहरू पनि त्योे हदसम्म जान तयार छैन्न । त्यसैले भारतीय साम्राज्यवादले नेपालमा आफ्नो सिधै निर्देशनमा चल्ने राजनीतिक पार्टीहरूको निर्माण गरेको छ भने अमेरिकाले पनि हालसालै त्यही प्रकारको पार्टीको निर्माण गरेको छ । त्यसरी नेपालमा विदेशी शक्तिहरूको गतिविधि अरू गम्भीर बनेर गएको छ । यो अवस्थामा अमेरिकी, भारतीय र पश्चिमी साम्राज्यवादी शक्तिहरूसित सङ्घर्षको आवश्यकता पहिले भन्दा कैयौँ गुणा बढेर गएको छ । त्यसकारण ने.क.पा.(मसाल)ले साम्राज्यवादको विरुद्धको सङ्घर्षमा विशेष जोड दिन्छ। तर साम्राज्यवादको समस्या एउटा राष्ट्रिय समस्या नभएर अन्तर्राष्ट्रिय समस्या पनि हो । यो प्रश्न जनताको शान्तिसँग पनि जोडिएको छ । त्यसैले हाम्रो पार्टीले अन्तर्राष्ट्रिय रूपमा नै एकता कायम गरेर साम्राज्यवाद र युद्धका विरुद्ध तथा शान्तिका पक्षमा पनि आवाज उठाउनुपर्ने आवश्कतामा जोड दिन्छ ।

१५. समग्रमा जनताका समष्याहरूको सामाधान र देशको दिगो विकास अहिलेको मुख्य समष्या हो । राणशासन वा प्रञ्चायति शासनको अन्यत्य पछि देशको कुनै विकास भएको छैन्, भन्ने सोचाइ गलत हो । त्यस प्रकारको सोचाइका पछाडि देशलाई पुन: पञ्चायती शासन, तानाशाही शासन वा राजतन्त्रतिर लैजानु पर्छ भन्ने सोचाइले नै काम गरेको छ । अहिले देशमा धेरै नै भ्रष्टचार भएको कुरा सत्य हो तर राजतन्त्रअन्तर्गत राष्ट्रिय सम्पत्तिको लुट र राष्ट्रिय सम्पत्तिमा राजा र राजपरिवारको वर्चश्व कयौँ गुणा बढी थियो । राजतन्त्रअन्तर्गत ठुलो सङ्ख्यामा जनतामाथिको दमन, पोखराको कुप्रशिद्ध महिला वलत्कार र हत्या जस्ता काण्डहरू, देशव्यापी रूपमा चलेको मण्डले गुण्डा तन्त्र तथा नाराणहिटीको दरबार हत्याकाण्ड जस्ता घटनाहरूबाट राजतन्त्रअन्तर्गत देशको अवस्था कति धेरै नारकीय हुन्छ भन्ने कुरामा कुनै शङ्का रहन्न । त्यस प्रकारको पृष्ठभूमिमा राजतन्त्र वा पञ्चायती व्यवस्था जस्तो अवस्थामा फर्कने कुरा सम्पूर्ण देश र जनताको लागि आत्मघाती हुने कुरा प्रस्ट छ । तर त्यसका साथै हामीले यो कुराबाट पनि ध्यान हटाउन सक्दैनौँ कि देशको अहिले जुन प्रकारको अवस्था छ, त्यही प्रकारको अवस्था कायम रहन दिनु अवश्य पनि सही हुने छैन । त्यसकारण त्यसमा परिवर्तन वा सुधार, जनताका समस्याको समाधान र देशको ठोस विकासको लागि ठोस पहलकदमीको आवश्यकता छ । त्यसको लागि निर्णयात्मक सर्त राजनीति नै हो । राजनीतिको अर्थ हुन्छ, प्रथम, राजनीतिक पार्टीहरू र, द्वितीय, सरकार । ती दुवै कुन प्रकारका हुन्छन् ? ती कति सही छन् वा गलत ? तिनीहरूले देशको सम्पूर्ण विकासक्रमलाई प्रभावित गर्दछ ।

१६. आज देशमा सही प्रकारले विकास हुन सकिरहेको छैन भने त्यसको लागि अहिले देशमा क्रियाशील राजनीतिक पार्टीहरूका गलत प्रकारका नीति कार्यक्रम, कार्यशैली वा चरित्र नै जिम्मेवार छन्, तर देशका सबै राजनीतिक पार्टीहरूलाई एउटै श्रेणीमा राखेर विरोध गर्नु सही हुने छैन । एकातिर दक्षिणपन्थी, वामपन्थी, पुँजीवादी प्रजातान्त्रिक प्रकारका राजनीतिक शक्तिहरू पनि छन् । पहिलो प्रकारका राजनीतिक शक्तिहरूका विरुद्ध हामीले सम्झौताहीन प्रकारको सङधर्षको नीति अपनाउनु पर्छ । दोस्रो श्रेणीमा वामपन्थी, प्रजातान्त्रिक राजनीतिक सङ्गठनहरू आउँछन्, जो बाराम्बार सत्तामा आउने गरेका छन्, तर जसका गलत, भ्रष्ट, जनविरोधी वा विभिन्न साम्राज्यवादी शक्तिहरूका नीतिहरूका कारणले देश र जनतालाई धेरै नै नोक्सान पुग्ने गरेको छ । यी राजनीतिक पार्टी वा सङ्गठनहरूको अहिलेको कार्यविधि जति गलत भएपनि, उनीहरूले उच्च वामपन्थी वा प्रजातान्त्रिक सिद्धान्तको आदर्सहरूको लागि नै सङ्घर्ष नै आफ्नो पार्टी जीवन सुरु गरिेका थिए । उनीहरूले अहिले बिभिन्न साम्राज्यवादपरस्त नीति अपनाएपनि उनीहरू पूरै नै साम्राज्यवाका निर्देशनमा चल्ने राजनीतिक शक्तिहरू होइन्न् । त्यसैले तिनीहरूलाई पूरै नै प्रथम प्रकारका राजनीतिक शक्तिहरूको श्रेणीमा राखेर विरोध गर्नु सही हुने छैन् । तैपनि वर्तमान समयमा उनीहरूको राजनीतिक चरित्र, नीति र कार्यक्रम वा क्रियाकलापहरूमा देखापरेका विक्रितिहरूका कारणले देशको विकास अवरुद्ध जस्तो भएको छ । त्यसकारण हामीले उनीहरूका विरुद्ध सङ्धर्ष गर्दै देशलाई अग्रगमनको दिशामा लैजाने नीति अपनाउनु पर्छ । यो कुराप्रति पनि हाम्रो ध्यान छ कि विद्यमान संसदिय प्रणाली वा गणतन्त्रअन्तर्गत जनताका आधारभूत समस्याहरूको समाधान हुन सक्दैन र त्यसको लागि नयाँ जनवादी व्यवस्थाको आवश्यकता छ, त्यो हाम्रो रणनीतिक कार्यक्रम हो । तर तो कुरा जेभएपनि राजतन्त्र कुनै पनि प्रकारको तानाशाही व्यवस्था भन्दा विद्ययमा बहुदलीय व्यवस्था वा गणतन्त्र तुलनात्मक रूपले प्रगतिशिल व्यवस्थाहरू हुन् । प्रतिगामी शक्तिहरूले विद्यमान व्यवस्थामाथि आक्रमण गरेर देशलाई प्रतिगमनतिर लैजान अभियान चलाइराखेका छन् । यो अवस्थामा विद्यमान बहुदलीय व्यवस्था वा गणतन्त्रको रक्षा गर्नु हाम्रो तात्कालिक कार्यदिशा हुन्छ र हुनुपर्दछ । तर त्यसका साथै, एकातिर, नयाँ जनवादी व्यवस्था ल्याउनको लागी परस्थितिथिति तयार पार्न, प्रचारात्मक आन्दोलन अगाडि वढाउँदै, र्अर्कातिर, विद्यमान व्यवस्थाका गलत निति र कृयाकलापहरूका विरुद्ध लगातार सङ्घर्ष गर्दै जाने पनि हाम्रो तात्कालिक कार्यनीति हुनु पर्छ ।

२०८१ कार्तिक २२ गते ।

मोहनविक्रम सिंह
महामन्त्री

पार्टी गतिविधि

Translate »
Scroll to Top