Nepal communist party

प्रेस वक्तव्य (२०८१ कार्तिक २४ गते)

नेपाल कम्युनिस्ट पार्टी (मसाल)

Nepal Communist Party (Mashal)

केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com

प्रेस वक्तव्य

अमेरिकामा भएको राष्ट्रपतिको चुनावबारे ने.क.पा. (मसाल)को दृष्टिकोण स्पष्ट गर्नका लागि यो वक्तव्य जारी गरिएको छ ।
अमेरिकामा भएको राष्ट्रपतिको चुनावमा डोनाल्ड ट्रम्पको विजय मुख्य रूपले त्यहाँको गम्भीर प्रकारको आर्थिक सङ्कट र त्यसबाट जनतामा पैदा भएको निराशा र असन्तोषको परिणाम हो । अहिले अमेरिका गम्भीर प्रकारको आर्थिक सङ्कटका बिचबाट गइरहेको छ र त्यो अरू तीव्र बन्दै जाने सम्भावना छ । हालै त्यहाँका कैयौँ ठुला बैङ्कहरूको दिवालिया भएको घटनाले पनि त्यो कुराको सङ्केत दिन्छ ।
अमेरिकामा बढिरहेको आर्थिक सङ्कटका कारणले एकातिर महङ्गी र अर्कातिर बेरोजगारी धेरै नै बढेको छ । त्यो समस्याको समाधानका लागि ट्रम्पले ‘अमेरिका फस्ट’को नारा दिएका थिए । त्यसको अर्थ यो थियो, अमेरिकाले अहिले विश्वमा आफ्ना विभिन्न जिम्मेवारी पूरा गर्नका लागि, जसमध्ये नाटो र कैयौँ देशहरूका युद्धका खर्चहरू पनि आउँछन्, कम वा बन्द गर्ने कुरा गरिरहेका छन् । उनको जोड यो कुरामा छ कि त्यो सबै धनराशी अमेरिकामा नै खर्च हुनुपर्दछ । दोस्रो, अमेरिकामा ठुलो सङ्ख्यामा आएका प्रवासीहरूलाई आउन नदिने वा आएकाहरूलाई पनि हटाउने कुरामा जोड दिइरहेका छन् । त्यसरी उनले अमेरिकामा भएको बेरोजगारीको बोझलाई कम गर्ने प्रयत्न गरेका छन् । ती दुवै कुराले जनतालाई आकर्षित ग¥यो र आफ्नो ‘मुक्तिदाता’को रूपमा ट्रम्पलाई विजयी बनाए ।
तर ट्रम्पले जुन प्रकारका नाराहरू दिएर ठुलो पैमानामा जनताको भोट प्राप्त गरे, त्यो एउटा भ्रम मात्र हो । त्यहाँको आर्थिक सङ्कट वा बेरोजगारीको मूल कारण त्यहाँको पुँजीवादी व्यवस्था नै हो र त्यो पु“जीवादी व्यवस्थालाई अन्त नगरिकन त्यो समस्याको समाधान हुन सक्दैन । त्यहाँका विभिन्न राजनीतिक पार्टीहरूले बेग्लाबेग्लै समयमा एक वा अर्को प्रकारको आकर्षक वा पपुलर नारा दिएर जनतालाई झुक्काउँछन् र पुँजीवादी व्यवस्था कायम रह“दासम्म जनता त्यही गोलचक्करमा घुमिरहन्छन् ।
अहिले संसारका कैयौँ देशहरूमा युद्धहरू चलिरहेका छन्, जस्तै कि युक्रेन वा गाँजाका लागि मुख्य जिम्मेवार अमेरिकी साम्राज्यवाद नै छ । अमेरिका वा नाटोले युक्रेनलाई पनि नाटोमा सामेल गर्न खोजेकोले नै त्यहाँ युद्धको स्थिति उत्पन्न भएको हो । प्रत्यक्ष रूपमा त्यो युद्ध रुस र युक्रेनका बिचमा भएजस्तो देखिन्छ । तर वास्तवमा त्यो युद्ध रुस तथा अमेरिकाले नेतृत्व गरेको नाटोको बिचमा नै भइरहेको छ । ट्रम्पले आफू राष्ट्रपति भएको २४ घन्टाभित्र नै त्यो युद्ध बन्द गर्ने घोषणा गरेका छन् । उनले जनवरीमा मात्र राष्ट्रपतिको पद ग्रहण गर्ने छन् । त्यसपछि त्यो युद्धलाई कुन रूपमा टुङ्गाउनेछन् वा उनको घोषणा खाली चुनावी नारा मात्र हुने छ ? त्यो पछि नै थाहा हुने छ ।
अहिले गाजामा इजरायलले जुन हमला वा नरसंहार गरिरहेको छ, त्यसका पछाडि पनि मुख्य रूपले अमेरिका नै जिम्मेवार छ । जुन अमेरिकाले संसारभरमा प्रजातन्त्र, मानवअधिकार शान्ति समेतको कुरा गर्दछ, त्यसले गाजामा इजरायलले गरेको नरसंहारको समर्थन मात्र होइन, त्यसका लागि गरिरहेको मद्दत कति निम्न स्तरको छ ? त्यसको कुनै व्याख्याको आवश्यकता छैन । यहुदीहरूमाथि हिटलरले गरेको आक्रमण वा नरसंहार विश्वको नै अत्यन्त ठुलो विभीषिका थियो । त्यस प्रकारको पृष्ठभूमिमा यहुदीहरूको आÇनो स्वतन्त्र राज्यको स्थापनाको माग सही नै थियो र अहिले पनि उनीहरुको त्यस प्रकारको अधिकारलाई हामीले न्यायपूर्ण नै मान्दछौँ । तर अमेरिकाको समर्थनमा लाखौ“ प्यालिस्टाइनहरूलाई आफ्नो भूमिबाट निष्कासित गरेर जुन इजरायल राज्यको स्थापना गरियो त्यो कार्य अत्यन्त ठुलो, बर्बर अत्याचार थियो । त्यही बेलादेखि नै प्यालिस्टाइनी जनताले आÇनो मातृभूमिको मुक्तिका लागि सङ्घर्ष गरिरहेका छन् । उनीहरूको त्यो मुक्ति आन्दोलनलाई विश्वभरका न्यायप्रेमी जनताको समर्थन प्राप्त भएको छ । आज प्यालेस्टाइनी जनतामाथि इजरायलले जुन नरसंहार गरिरहेको छ, त्यो पनि अमेरिकाको आडमा नै समर्थ भइरहेको छ । तर ट्रम्पले इजरायललाई अरू मद्दत गर्ने कुरा गरिरहेका छन् । त्यो अवस्थामा ट्रम्पद्वारा गाजामा युद्ध बन्द हुने सम्भावना देखि“दैन । यो कुरा निश्चित छ, जबसम्म आÇनो मातृभूमिको मुक्तिका उद्देश्य पूरा हुने छैन, प्यालिस्टाइनी जनताले त्यसका लागि सङ्घर्ष गरिरहने छन् र उनीहरूको त्यो सङ्घर्ष सही र न्यायपूर्ण पनि छ ।
अमेरिकाको चुनावमा राष्ट्रपतिका दुवै उम्मेदवारमध्ये जसको विजय भएको भएपनि उनीहरूको साम्राज्यवादी नीतिमा कुनै अन्तर आउने थिएन । तैपनि अहिलेको चुनावमा कमला ह्यारिसको जुन हार भयो त्यसले त्यहा“को समाजमा महिलाहरूप्रति भेदभावको गम्भीर प्रकारको पुरुषवादी सोचाइको प्रमुखता भएको कुरालाई पनि बताउँछ । एकातिर महिलाहरूप्रतिको पुरुषवादी र अर्कातिर कालाजातिहरूप्रतिको रङ्गभेदी नीतिले अमेरिकी समाजमा सांस्कृतिक रूपमा अझै पनि धेरै पिछडिएको संस्कृति हाबी भएको कुरालाई नै बताउ“छ । कमला ह्यारिसको हारको पछाडि त्यस प्रकारको पिछडिएको दृष्टिकोणले पनि धेरै काम गरेको छ । पहिले यो भन्ने गरिन्थ्यो कि त्यहा“को चुनाव करिबकरिब बराबरीको हुने छ । तर त्यहा“को चुनावले कमला ह्यारिस धेरै नै पछाडि भएको कुरालाई बताउ“छ । त्यसका पछाडि अमेरिकी समाजमा घर जमाएको महिलाहरूप्रतिको पिछडिएको दृष्टिकोणले पनि धेरै काम गरेको कुरालाई बुझ्न गाह्रो पर्दैन ।
अमेरिकाको साम्राज्यवादी नीतिको दुवै उम्मेदवारहरूले प्रतिनिधित्व गर्दथे । तैपनि व्यक्तिगत रूपमा विचार गर्दा ट्रम्पभन्दा कमला ह्यारिस श्रेष्ठ भएको कुरा प्रस्ट छ । तैपनि उनको हार हुनुको पछाडि अमेरिकी समाजमा घर जमाएको पिछडिएको दृष्टिकोणले नै काम गरेको कुरा प्रस्ट छ ।
जलवायु परिवर्तन समेत कतिपय प्रश्नहरूमा ट्रम्पका सोचाइहरू बढी प्रतिक्रियावादी रहेका छन् । ‘अमेरिका फस्ट’ जस्तो नाराका कारणले उनले विश्वका विभिन्न कल्याणकारी कार्यहरूमा अमेरिकाले कम मद्दत गर्ने सम्भावना देखिन्छ । त्यसकारण उनको शासनकालमा उनका नीतिहरूबाट विश्वलाई तुलनात्मक रूपले बढी क्षति पुग्ने देखिन्छ । उनले नाटोलाई अमेरिकाले दिने गरेको मद्दत कम गर्ने पनि बताएका छन् । त्यसरी नाटोको हस्तक्षेपकारी भूमिकामा केही कमी आयो भने त्यो अवश्य पनि सकारात्मक कुरा नै हुने छ । अमेरिकाको मूल व्यवस्था पुँजीवादी र त्यसको मूलनीति साम्राज्यवादी भएकोले त्यहाँ जो राष्ट्रपति चुनिए पनि त्यसका मूलभूत नीतिहरूमा कुनै अन्तर आउने छैन । तैपनि राष्ट्रपतिको पद ग्रहण गरेपछि ट्रम्पले कुन प्रकारको नीति अपनाउने छन् त्यसका आधारमा हामीले आफ्ना आगामी नीतिहरू प्रस्ट गर्दै जानेछौँ ।

२०८१ कार्तिक २४ गते ।

मोहनविक्रम सिंह
महामन्त्री

पार्टी गतिविधि

Translate »
Scroll to Top