नेपाल कम्युनिस्ट पार्टी (मसाल)
Nepal Communist Party (Mashal)
केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com
प्रेस वक्तव्य
दाङ जिल्ला गढवा–१ कालेकाटे निवासी सन्तोष योगी (कामरेड अविरल ‘ए’) २०८१ साल असार २२ गते मोटरसाइकल दुर्घटनामा परी ४४ वर्षको उमेरमा मृत्यु भएको छ । हामीले उहाँको मृत्युप्रति गहिरो दुःख व्यक्त सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछौँ ।
कामरेड सन्तोष योगी हाम्रो पार्टीको सदस्य हुनुहुन्थ्यो र उहाँले लामो समयदेखि वडा पार्टी कमिटीमा रहेर अनुशासित र इमान्दारपूर्वक जिम्मेवारी निर्वाह गर्नुभएको थियो । उहाँ विभिन्न सामाजिक सङ्घसंस्थामा पनि आवद्ध रहनु भएको थियो । उहाँको मृत्युबाट पार्टीले अनुशासित, इमान्दार र कर्तव्यनिस्ट सदस्यलाई गुमाएको छ । त्यसबाट हाम्रो पार्टीको आन्दोलनमा गम्भीर क्षति भएको छ ।
अन्तमा हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।
२०८१ असार २४ गते
मोहनविक्रम सिंह
महामन्त्री