Nepal communist party

घन्टी र लोकप्रियतावाद

– मोहनविक्रम सिंह
अमेरिकी साम्राज्यवादले पहिलेदेखि नै विश्वव्यापी रूपमा प्रभुत्व कायम गर्ने नीति अपनाउ“दै आएको छ । ट्रम्प राष्ट्रपति बनेपछि त्यो प्रक्रिया एकदम नाङ्गो र जङ्गली राजको रूपमा अगाडि बढेको छ । त्यसले ग्रिनल्यान्ड, क्यानडा समेतमाथि कब्जा गर्ने घोषणा गरेको तथा भेनेजुएलाका राष्ट्रपतिलाई अपहरण गरेका समेत कार्यहरूबाट अमेरिकाले अन्तर्राष्ट्रिय कानुन वा संयुक्त राष्ट्रसङ्घको समेत अतिक्रमण गरेर संसारभरि आÇनो नाङ्गो नाच गर्न थालेको कुरा प्रस्ट छ । भेनेजुएलामा पेट्रोलको ठुलो स्रोत भएको हुनाले अमेरिकाले त्यहा“ आÇनो कब्जा जमाउन खोजेको हो भने इरानको तेल कब्जा गर्नका लागि पनि त्यसले त्यहा“ आक्रमण गर्नका लागि चौतर्फी सैनिक घेराबन्दी गरेको छ । त्यसले चीनका विरुद्धको घेराबन्दीका लागि नेपालको ठुलो रणनीतिक महŒव भएको कुरामाथि ध्यान दिएर नेपालमा पनि आÇनो प्रभुत्व कायम गर्ने रणनीतिअन्तर्गत काम गरिरहेको छ । त्यसैका लागि त्यसले नेपाललाई एमसीसीमा सामेल गरेको छ र अब दलाई लामालाई पुनस्र्थापना गर्नका लागि तिब्बतमाथि आक्रमण गर्न नेपाललाई आÇनो युद्धभूमि बनाउन चाहन्छ । त्यसो भएमा नेपाल एउटा युद्धस्थलमा परिणत हुने छ र त्यसबाट नेपाललाई अपुरणीय धनजनको क्षति हुने छ । त्यसका लागि त्यसले नेपालमा पहिलेदेखि अमेरिकापरस्त नीति अपनाएर अमेरिकी साम्राज्यवादको सेवा गर्दै आएका राजनीतिक पार्टीहरूका सट्टामा सिधै“ आÇनो निर्देशनमा चल्ने कठपुतली सरकारको गठन गर्न चाहन्छ । त्यसका लागि त्यसले, प्रथम, आÇनै निर्देशनमा चल्ने राजनीतिक पार्टीको गठन गर्ने वा अन्य राजनीतिक पार्टीहरूमा पनि घुसपैठ गरेर आÇनो पक्षको नेतृत्व तयार पार्ने रणनीतिअन्तर्गत काम गर्दै आएको छ । त्यसका लागि त्यसले कुनै एउटा मात्र पार्टीमाथि भर नगरेर एकैसाथ कैयौ“ दिशातिर कदम चाल्दै आएको छ ।
अमेरिकाको त्यही रणनीतिअन्तर्गत नै नेपालमा घन्टी पार्टीको गठन गरिएको हो । त्यो कार्य पूरा गर्नका लागि अमेरिकाको नागरिकता र पासपोर्टसम्म भएको र ग्रिनकार्ड समेत प्राप्त गरेर अमेरिकाको स्थायी वासिन्दा बनेको व्यक्तिलाई त्यसको नेता बनाएर नेपाल पठाइयो ।
यो नेपालको राजनीति र कानुन र प्रशासनयन्त्रको समेत विडम्बना नै हो कि अमेरिकाको नागरिकता र पासपोर्ट भएको र नेपालको पहिलेको नागरिकता समेत अबैध बनिसकेको व्यक्तिलाई पनि नेपालको सांसद तथा उपप्रधानमन्त्री र गृहमन्त्री समेत बन्न सम्भव भयो । यो पनि कम आश्चर्यको कुरा होइन कि त्यस्तो व्यक्तिको डबल पासपोर्ट र नागरिकताको मुद्दा लामो समयदेखि सर्वोच्च अदालतमा गएर पनि अहिलेसम्म त्यसबारे कुनै फैसला भएको छैन । पहिले अमेरिकाको निर्देशनमा घन्टी पार्टीको गठन भयो भने पछि अमेरिकामा शिक्षा वा तालिम प्राप्त व्यक्तिहरू पनि क्रमशः घन्टीको सङ्गठनमा समावेश हु“दै गए ।
आÇनो आस्था अनुसार कुनै धर्ममा सामेल हुने वा त्यस अनुसार आजापुजा गर्नु धार्मिक स्वतन्त्रताको कुरा हो र हामीले त्यसलाई गलत मान्दैनौ“ । तर संसारमा प्रतिक्रियावादी शक्तिहरूले धर्मलाई आÇनो प्रतिक्रियावादी उद्देश्यको पूर्तिका रूपमा उपयोग गर्ने गरेका धेरै उदाहरण पाइन्छन् । जस्तै कि नेपालमा राजावादीहरूले हिन्दु धर्मलाई राजतन्त्रको पुनस्र्थापनाको हतियारको रूपमा प्रयोग गर्ने गरेका छन् । त्यसै गरेर साम्राज्यवादी शक्तिहरूले इसाई धर्मलाई पनि साम्राज्यवादी प्रभावको विस्तारका लागि विश्वव्यापी रूपमा प्रयोग गर्ने गरेका छन् । नेपालमा पनि ठुलो परिमाणमा त्यस्तो भइरहेको छ । घन्टीको विस्तारका लागि पनि नेपालमा इसाई धर्म, चर्च वा पास्टरहरूको ठुलो पैमानामा प्रयोग भएको छ । त्यसबाट घन्टीको साम्राज्यवादसित घनिष्ट सम्बन्ध भएको र नेपालमा त्यसले साम्राज्यवादको नै सेवा गरेको कुरामा कुनै शङ्का रहन्न ।
उपरोक्त कुरालाई यसरी भन्न सकिन्छ अमेरिकी साम्राज्यवाद माने घन्टी र घन्टी माने अमेरिका साम्राज्यवाद । त्यसको निष्कर्ष यो हुन्छ ः घन्टीमा भोट हाल्नु वा त्यसलाई कुनै पनि रूपमा समर्थन गर्नुको अर्थ अमेरिकी साम्राज्यवादको सेवा नै हो र देशको भविष्यका लागि त्यसका घातक परिणामहरू हुने छन् । त्यसको पक्षमा अहिलेको चुनावमा पनि पास्टरहरू घन्टी चुनाव चिन्हअन्तर्गत ठुलो सङ्ख्यामा प्रत्यक्ष उम्मेदवार बनेका छन् । त्यसबाट घन्टी पार्टीको गठन नै अमेरिकी साम्राज्यवादको सेवाका लागि भएको कुरामा कुनै शङ्का रहन्न । अहिले घन्टी चुनाव चिन्हअन्तर्गत नेपालका अमेरिकापरस्त कतिपय ग्रुप वा व्यक्तिहरू एकै ठाउ“मा एकताबद्ध हुन पुगेका छन् ।घन्टीको ठुलो पैमानामा भइरहेको प्रचारप्रसार र त्यसको स्थापनापछि केही महिनामा नै संसदमा त्यसले प्राप्त गरेको भारी सफलताका पछाडि अमेरिकाको डलरले पनि ठुलो भूमिका खेलेको छ ।
काठमाडौ“ महानगरपालिकाका पूर्व मेयरले पहिले स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडेर मेयर बनेका थिए । त्यो बेला उनले पार्टी वा दलीय प्रणालीलाई पूरै नै विरोध गरेका थिए । पछि उनी घन्टीमा सामेल भए र त्यसको वरिष्ठ नेता समेत बन्न पुगेका छन् । त्यसबाट उनी कुनै सिद्धान्त नभएका व्यक्ति हुन् र कुनै पनि बेला आÇनो लाभको लागि कतैपनि पल्टन सक्छन् भन्ने कुरा प्रस्ट हुन्छ । काठमाडौ“को मेयर हु“दासम्म उनले सङ्घीयता वा त्यसको प्रदेश संरचनालाई समर्थन गरेका थिएनन् । तर तराईमा गएपछि उनले सङ्घीयता वा प्रदेश संरचनालाई समर्थन गर्न लागेका छन् । त्यसबाट पनि उनी हद दर्जाका सिद्धान्तहीन, अवसरवादी र अविश्वसनीय व्यक्ति भएको कुरामा कुनै शङ्का रहन्न । भोलि पनि कतैबाट कुनै फाइदा हुने देखेमा उनको विचार वा नीतिमा कुनै पनि बेला कुनै पनि रूपमा परिवर्तन हुन सक्दछ । त्यसका साथै उनले देशका विभिन्न जिल्लाहरूमा उनी प्रधानमन्त्री भएमा देशको विकासका लागि कुन प्रकारका नीति वा कार्यक्रमहरू ल्याउने छन् भन्ने कुरामाथि प्रकाश हालेर वक्तव्य दिनुको सट्टा खालि हातमात्र हल्लाउने गरेका छन् । त्यसबाट उनी राजनीतिक दृष्टिकोणले कुनै पनि योग्यता नभएका र अमेरिकी साम्राज्यवादले कठपुतलीका रूपमा अगाडि सारेका व्यक्ति मात्र हुन् भन्ने कुरा बुझ्न कुनै गाह्रो लाग्दैन । त्यस्तो व्यक्ति प्रधानमन्त्रीको उम्मेदवारको रूपमा प्रस्तुत भएका छन् । त्यस्तो सिद्धान्तहीन, अवसरवादी, अविश्वसनीय र कुनै पनि राजनीतिक विचार नभएको व्यक्तिको नेतृत्वमा देश कता जाला कसैले पनि सजिलैसित अनुमान गर्न सक्दछ ।
जुन व्यक्तिले अहिले घन्टीको नेतृत्व गरिरहेका छन्, उनी राजनीतिक व्यक्ति नभएको कुरा तथ्यहरूबाट प्रस्ट हुन्छ । कुनै व्यक्ति राजनीतिक व्यक्ति हुनका लागि ऊ एउटा सिद्धान्तनिष्ठ व्यक्ति हुनुपर्दछ र उसमा कमसेकम देशभक्तिको भावना पनि हुनुपर्छ । तर उनको त्यस प्रकारको कुनै राजनीतिक इतिहास वा पृष्ठभूमि नभएको कुरा स्वयं उनकै जीवनका तथ्यहरूबाट प्रस्ट हुन्छ । उनमा त्यस प्रकारको कुनै राजनीतिक गुण वा क्षमता भएको भए अमेरिकाको ग्रीन कार्ड लिएर त्यहा“को स्थायी बासिन्दासमेत बन्ने थिएनन् ।
नेपालमा आएपछि पनि उनका विरुद्ध दोहोरो नागरिकता र पासपोर्ट, सहकारी रकमको हिनामिना तथा सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दाहरू लागेका छन् । उनले कानुनी प्रकारले ती मुद्दाहरूबारे पूर्पक्षमा लाग्नुभन्दा ती सबै आरोपहरूलाई राजनीतिकरण गर्ने कार्य गरिरहेका छन् । यहा“सम्म कि कानुन अनुसार फिर्ता लिन नमिल्ने सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दाहरूलाई पनि महान्यायाधिवक्ताले ती मुद्दाहरू फिर्ता लिनका लागि निर्देशन दिएका छन् । यो कुरा प्रस्ट छ कि अमेरिकी साम्राज्यवादले अन्तरिम सरकारमाथि दिएको दवावका कारणले नै उनले त्यस प्रकारको निर्देशन निकालेका हुन् । यो स्वागतकै कुरा हो कि रूपन्देही र कास्कीका अदालतहरूले त्यस प्रकारको सिफारिसलाई अस्वीकार गरेका छन् । त्यो मुद्दा सर्वोच्चमा चलिरहेको छ । तर त्यस सम्बन्धी फैसला कहिलेसम्म आउने हो ? त्यो कुरा निश्चित रूपले भन्न सकिन्न । अहिले उनले काठमाडौ“ नगरपालिकाका पूर्व मेयरलाई प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अगाडि सारेका छन् । तर उनी स्वयं सहकारी रकमको हिनामिना सम्बन्धी कैयौ“ मुद्दामा बदनाम भएको हुनाले र सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दाका कारणले चुनावमा जिते पनि संसद, मन्त्री वा प्रधानमन्त्री समेत बन्न कानुनी बाधा उत्पन्न भएको हुनाले नै उनले काठमाडौ“को पूर्व मेयरलाई प्रधानमन्त्रीको रूपमा अगाडि सारेको कुरा बुझ्न गाह्रो पर्दैन ।
माथिको सङ्क्षिप्त विवरणबाट काठमाडौ“का पूर्व मेयर वा घन्टी पार्टीका नेता दुवै जना अत्यन्त अविश्वसनीय भएको, कुनै राजनीतिक इतिहास वा पृष्ठभूमि नभएको कुरामा कुनै शङ्का रहन्न । तर यो अत्यन्त दुस्ख र चिन्ताको कुरा हो कि अहिले त्यस प्रकारका व्यक्तिहरूले अगाडि सारेको घन्टीको पक्षमा देशमा एक प्रकारको लहर नै आएको छ । यो स्पष्ट छ कि उनीहरूका पक्षमा देशमा देखापरेको त्यस प्रकारको लहर जनताको सच्चा चेतनाभन्दा अमेरिकाको नियन्त्रणमा भएका सामाजिक सञ्जाल तथा जनतामा देखापरेको लोकप्रियतावादका कारणले नै बढी देखापरेको हो । त्यस प्रकारको बढी प्रभाव नया“पुस्ता वा जेनजी युवाहरूमा बढी परेको देखिन्छ । उनीहरूको कलिलो दिमाग, राजनीतिक अपरिपक्वता र सामाजिक सञ्जालसितको बढी सम्बन्ध र लोकप्रियतावादी सोचाइको प्रभावका कारणले नै उनीहरू बढी घन्टीको प्रभावमा परेको कुरा बुझ्न गाह्रो पर्दैन । राजावादीहरूले जेनजीहरू पनि ठुलो सङ्ख्यामा उनीहरूको पक्षमा भएको दावी गरिरहेका छन् । यो कुरा बुझ्न गाह्रो पर्दैन कि उनीहरूको अपरिपक्व बैचारिक स्तरका कारणले नै राजावादीहरू पनि उनीहरूलाई उपयोग गर्न सफल भएका छन् । नया“ पुस्तामा देखापरेको त्यस प्रकारको सोचाइ देशको भविष्यका लागि गम्भीर चिन्ताको कुरा हो । त्यसकारण उनीहरूलाई सही सिद्धान्त, राजनीतिक चेतना र देशभक्तिको भावनाद्वारा प्रशिक्षित गर्नु राष्ट्रिय आवश्यकता भएको छ । अन्यथा उनीहरूको भूमिकालाई साम्राज्यवादी वा प्रतिक्रियावादी शक्तिहरूले विध्वंसात्मक दिशामा उपयोग गर्ने र देशको भविष्यमा साङ्घातिक असर पुग्ने सम्भावना रहने छ ।
त्यसरी घन्टीका पक्षमा लहर पैदा भएको जुन कुरा गरिन्छ, त्यो जनताको वास्तविक चेतनाका आधारमा नबनेको कुरा प्रस्ट छ । सही राजनीतिक चेतनाद्वारा छिट्टै त्यसलाई साफ नगरेमा त्यसको परिणाम स्वरूप गलत तŒवहरू खास गरेर अमेरिकी साम्राज्यवाद परस्त तŒवहरू चुनावमा विजयी हुने र अमेरिकी साम्राज्यवादको कठपुतली सरकार बन्ने सम्भावना रहनेछ । त्यसो भएमा त्यसबाट नेपालका लागि दुर्गामी घातक परिणामहरू हुने छन् । वास्तवमा अहिले घन्टी त्यही प्रकारको खतरा बोकेर हाम्रा अगाडि आएको छ र त्यो खतरालाई रोक्नका लागि हामीले सम्पूर्ण नेपाली देशभक्त र न्यायप्रेमी जनताको ध्यान आकर्षित गर्न चाहन्छौ“ ।
निश्चय नै, देशमा बहुदलीय व्यवस्था आएपछि लगातार भ्रष्टाचार गर्दै आएका राजनीतिक पार्टी वा सङ्गठनहरूका कारणले पनि देशमा कुशासन कायम भएको छ र देशको विकास अवरुद्ध भएको छ । त्यसकारण उनीहरूको नै शासनमा निरन्तरता रÞयो भने पनि देशको विकास पछाडि परिरहने छ । अर्कातिर जुन नया“ राजनीतिक सङ्गठनहरू सहकारीको ठुलो रकमको ठगीका लागि जिम्मेवार छन्, त्यस्ता व्यक्तिहरूद्वारा पनि भ्रष्टाचार र कुशासनको अन्त्य नहुने र देशको विकास नहुने कुरा प्रस्ट छ । कतिपय नया“ नेताहरूले चर्को भाषण वा लÇफाजीद्वारा आफूलाई एकपल्ट मौका दिनका लागि जनतालाई आÞवान गरिरहेका छन् र अन्यथा त्यही घन्टीद्वारा उनीहरूलाई हानेहुन्छ भनिरहेका छन् । तर जनता त्यस प्रकारको चर्को भाषणका पछाडि लाग्ने होइन, उनीहरूले व्यवहार वा लामो परीक्षाद्वारा कहिल्यै भ्रष्टाचार नगरेका वा निष्कलङ्क भएका राजनीतिक पार्टी वा उम्मेदवारहरूलाई नै भोट दिएर जिताउनुपर्दछ । त्यसरी नै देशमा भ्रष्टाचार र कुशासनको अन्त्य हुने छ र देशको विकास हुने छ ।

पार्टी गतिविधि

Translate »
Scroll to Top