Nepal communist party

प्रेस वक्तव्य (२०८१ साउन ९ गते)

नेपाल कम्युनिस्ट पार्टी (मसाल)

Nepal Communist Party (Mashal)

केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com

प्रेस वक्तव्य

२०८१ साल साउन ९ गते भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाप्रति ने.क.पा. (मसाल)को ध्यानाकर्षण भएको छ ।

काठमाडौँबाट पोखराका लागि उडेको विमान दुर्घटना हुँदा १८ जना यात्रुको मृत्यु भएको र जहाजका चालक घाइते भएको समाचारले ने.क.पा. (मसाल) स्तब्ध भएको छ । हामीले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ । साथै, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।

उक्त जहाज बिग्रेको हुनाले मर्मतका लागि पोखरा जान लागेको बुझिएको छ । साथै, जहाजमा रहेका यात्रुहरूमध्येे अधिकांश कम्पनीकै प्राविधिक कर्मचारी रहेको पनि बुझिएको छ । बिग्रेको जहाजमा त्यति ठुलो सङ्ख्यामा इन्जिनियर लगायत प्राविधिक कर्मचारीलाई किन पठाइयो ? यसमा नेपाल नागरिक उड्ययन प्राधिकरणको लापरवाही देखिन्छ । यसप्रति हामीले सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ । घटनाको उचित छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न हाम्रो पार्टीले सरकारसँग माग गर्दछ ।

साथै, यस प्रकारका दुर्घटना बारम्बार हुने र कैयौँ यात्रुले ज्यान गुमाउनुपर्ने अवस्था अन्त्यका लागि विभिन्न अध्ययन समिति एवम् छानबिन आयोगले दिएका सुझावलाई कार्यान्वयन गरेको देखिँदैन । दुर्घटना न्यूनीकरणका लागि आवश्यक कदम चाल्न समेत हामीले सरकारको ध्यानाकर्षण गर्दछौँ ।

२०८१ साउन ९ गते ।

मोहनविक्रम सिंह
महामन्त्री

 

पार्टी गतिविधि

Translate »
Scroll to Top