रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समितिको आयोजनामा सैद्धान्तिक तथा राजनीतिक प्रशिक्षण उद्घाटन भएको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले २०८१ भदौ १ गते प्रदेश कार्यालय भवन चाँदमारीमा आयोजित एक कार्यक्रममाझ मैनबत्ती बालेर प्रशिक्षणको उद्घाटन गर्नुभएको हो ।
राजमो महासचिव मनोज भट्ट, राजमो लुम्बिनी प्रदेश सल्लाहकार सुरेश थापा प्रशिक्षण गर्नुभएकाे थियाे । कार्यक्रमको अध्यक्षता रक्तिमका केन्द्रीय अध्यक्ष गिरीप्रसाद बुढाले गर्नुभएको थियो भने स्वागत भाषण उपाध्यक्ष बाबुराम आचार्य र सञ्चालन महासचिव हेमराज आश्रमले गर्नुभएको थियो । सैद्धान्तिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रम तीनदिन चल्ने छ ।