नेपाल कम्युनिस्ट पार्टी (मसाल)
Nepal Communist Party (Mashal)
केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com
प्रेस वक्तव्य
नेपाल कम्युनिस्ट पार्टी (मसाल) को केन्द्रीय समितिको हालै बसेको बैठकले देशको तात्कालिक र अन्तर्राष्ट्रिय स्थिति समेतमा विस्तृत रूपले छलफल गरेर कैयौँ निष्कर्षहरूमा पुग्नुका साथै आन्तरिक सङ्गठनात्मक प्रश्नहरूबारे पनि कैयौँ निर्णयहरू गरेको छ । ती सबै विषयहरूमा जानकारी दिनाका लागि यो वक्तव्य जारी गरिएको छ ।
१. तत्काल पार्टीको सबैभन्दा बढी ध्यान संविधानमा संशोधनको प्रश्नप्रति गएको छ । संविधानमा संशोधनको आवश्यकता भएको कुरालाई हाम्रो पार्टीले पनि स्वीकार गर्दछ । खास गरेर संविधानमा सङ्घीयताको जुन व्यवस्थापन गरिएको छ, त्यो गलत छ र त्यसलाई खारेज गर्नुपर्ने आवश्यकता छ । सङ्घीयताको प्रधान पक्ष प्रादेशिक संरचना नै हो । प्रशासकीय रूपमा प्रदेशको संरचना आवश्यक भएको कुरालाई हामीले स्वीकार गर्दछौँ तर त्यसको सङ्घीय संरचना पूरै खारेज हुनु पर्दछ भन्ने कुरामा हाम्रो पार्टीले जोड दिँदै आएको छ । त्यसमा खर्च भइरहेको अनावश्यक आर्थिक भारलाई समाप्त गरेर देशमा शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउन सकिन्छ । त्यसका साथै सङ्घीयताका कारणले देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा पनि गम्भिर खतरा उत्पन्न भएको छ । सङ्घीयता नेपाली जनताको माग र आन्दोलनका कारणले आएको होइन र त्यो साम्राज्यवादी शक्तिहरूको षडयन्त्र र नेपालका राजनीतिक शक्तिहरूमाथिको उनीहरूको दबावका कारणले नै आएको हो । त्यसैले हाम्रो पार्टीले शुरुदेखि नै त्यसको अन्त्यका लागि आवाज उठाउँदै आएको छ र अहिले पनि संविधानमा संशोधन गरेर त्यसलाई खारेज गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ ।
२. संविधानमा संशोधन गरेर जनआन्दोलनका उपलब्धिहरूलाई समाप्त गर्नका लागि कैयौं पक्षहरूले प्रयत्न गरिरहेका प्रयत्नहरूप्रति पनि हाम्रो पार्टीको ध्यान गएको छ । राजावादीहरूले गणतन्त्र र धर्मनिरपेक्षताको लगातार योजनावद्ध र सङ्गठित प्रकारले विरोध गरेर राजतन्त्रको पुनस्र्थापना गर्न चाहन्छ । नेकाको एउटा ठुलो पक्षले पनि गणतन्त्र र धर्मनिरपेक्षताको विरोध गर्दै आएको छ । समानुपातिक चुनावप्रति पनि त्यसको विरोध रहँदै आएको छ । एमालेको नेतृत्वले पनि सुरुदेखि नै गणतन्त्रप्रति विरोध रहँदै आएको छ । त्यस सन्दर्भमा गणतन्त्रको विरोधमा बयलगाडा चढेर अमेरिका पुग्न सकिन्न भन्ने ओलीको तर्क आम रूपमा थाहा भएको कुरा हो र त्यसले दुई दुई पटक संसदको विघटन गरेर आÇनो प्रतिगामी कार्यदिशाको प्रदर्शन पनि गरिसकेको छ । देशका कतिपय क्षेत्रीयतावादी वा जातिवादी शक्तिहरूले पनि आÇना क्षेत्रीयतावादी वा जातिवादी उदेश्यहरू पूरा गर्नका लागि संविधानमा संशोधन गर्न चाहन्छन् । हाम्रो पार्टीले संविधानमा त्यस प्रकारका सबै प्रतिगामी, क्षेत्रीयतावादी, जातिवादी वा जनविरोधी दिशामा संविधानको संशोधनका लागि गरिने सबै प्रयत्नहरूको कडा शब्दमा विरोध गर्दछ ।
३. राष्ट्रिय जनमोर्चाले चैत्र २४ गतेको जनआन्दोलन दिवसको दिनदेखि चैत्र ३० गतेसम्म सङ्घीयताको खारेजीका लागि राजधानी केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ । हाम्रो पार्टीले राष्ट्रिय जनमोर्चाको सङ्घीयताका विरुद्धको सङ्घर्षको त्यो कार्यक्रमलाई दृढतापूर्वक समर्थन गर्दछ र त्यसलाई सफल पार्न पूरा समर्थन र सहयोग गर्न देशका सम्पूर्ण जनतासित अपिल गर्दछ । तर त्यो आन्दोलन सजिलो छैन । त्यसका लागि हामीले अहिलेदेखि नै तलदेखि तयारी गर्दै जानुपर्दछ । अहिलेको हाम्रो मुख्य नारा हो ः सङ्घीयताका विरुद्ध राजधानी केन्द्रित आन्दोलन सफल पारौँ ।
४. सङ्घीयताको विरुद्धको आन्दोलन अवश्य पनि सजिलो छैन । नेपालमा सङ्घीयता कायम भएको विभिन्न साम्राज्यवादी शक्तिहरूको दबावको कारणले हो । त्यसका पछाडि उनीहरूका साम्राज्यवादी स्वार्थहरूले काम गरेको कुरा प्रष्ट छ । त्यसकारण आÇनो साम्राज्यवादी स्वार्थहरू पूरा गर्नको लागि उनीहरूले पूरै शक्ति लगाएर सङ्घीयतालाई कायम राख्न प्रयत्न गर्ने छन् । नेपालका साम्राज्यवादपरस्त राजनीतिक पार्टी सङ्घसंस्था वा तŒवहरूले पनि त्यसका लागि पूरा प्रयत्न गर्ने छन् । त्यसकारण ती सबैको प्रभावको कारणले सङ्घीयताप्रति जनतामा पनि धेरै भ्रम पैदा भएको कुरा बुझ्न गाह्रो पर्दैन । त्यो अवस्थामा साम्राज्यवाद पक्षधर सबै शक्तिहरूका विरुद्ध सङ्घर्ष र सङ्घीयताका विरुद्धमा व्यापक जनचेतना उठाएर नै सङ्घीयताको विरुद्धको आन्दोलनलाई सफल पार्न सकिन्छ । त्यसका लागि देशव्यापी रूपमा र तलैदेखि सङ्घीयताको विरुद्धको आन्दोलनमा व्यापक जनमत उठाउन वा जनआधार तयार पार्ने प्रयत्न गर्नुपर्दछ ।
५. यो कुराप्रति पनि हाम्रो पार्टीको ध्यान छ कि, राजावादीहरुले पनि सङ्घीयताको खारेजमा जोड दिंदै आएका छन् । तर उनीहरुको सङ्घीयताको खारेजीको पछाडिको उदेश्य राजाको निरंकुश शासन कायम गर्ने र एकात्मक प्रणालीलाई सामन्ती, नोकरशाही र प्रतिक्रियावादी रुपमा कायम गर्नु हो । त्यस प्रकारको एकात्मक प्रणालीको हाम्रो पार्टीले विरोध गर्दछ र विद्यमान सङ्घीय प्रणालीको ठाउँमा प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वयत्त शासन माथि आधारित एकात्मक प्राणली कायम गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ । त्यसका साथै हामीले स्थानीय स्वत्त शासनलाई अरु अधिकार सम्पन्न बनाउँनु पर्ने आवश्यकतामा पनि जोड दिन्छौं ।
६. सहकारीता रकमको हिनामिना अहिले देशको गम्भीर राष्ट्रिय समस्या बनेको छ । देशमा सहकारीताको अरबौँ रुपैयाँ अपचलन वा ठगी भएको छ । त्यसका लागि सर्वप्रथम देशका विभिन्न राजनीतिक शक्तिहरू नै जवाफदेही छन् । क. चित्रबहादुर के.सी. उपप्रधानमन्त्री र सहकारी मन्त्री भएको बेलामा सहकारीताका सिद्धान्त अनुसार नै सहकारी विधेयक तयार पारेर संसदमा प्रस्तुत गरिएको थियो । त्यो बेला सत्तामा भएका विभिन्न राजनीतिक शक्तिहरूले वहाँ माथि त्यसप्रकारको विधेयक प्रस्तुत नगर्नका लागि दबाव दिएका थिए । उहाँ त्यस प्रकारको दबावमा नआएपछि अन्य विभिन्न पार्टीहरूका सांसदहरूले उहाँले प्रस्तुत गरेको सहकारी विधेयकका विरुद्ध ६५० भन्दा बढी संशोधनहरू हालेर उहाँले प्रस्तुत गरेको सहकारी विधेयकमा कैयौँ गलत प्रावधानहरू पारित गराएका थिए । त्यसले गर्दा नै सहकारीतामा ठूलो पैमानामा अपचलन वा ठगीका लागि ढोका खोलिदिएको थियो । त्यसको परिणाम स्वरुप नै सहकारीताको क्षेत्रमा लाखौँ जनताले जम्मा गरेको अरबौँ रुपैयाँको ठगी हुँदै आएको छ र त्यो कारणले लाखौँ जनता पीडित हुनु परेको छ । हाम्रो पार्टीले सहकारीताको रकमको हिनामिना गर्ने सबै व्यक्तिहरूमाथि कडा र निष्पक्षीय छानवीन गरेर कडा कारवाही गर्नुको साथै लाखौँ जनताबाट ठगिएको रकम फिर्ता गर्न प्रभावशाली कदम उठाउन सरकारसित माग गर्दछ । त्यसका साथै संसदद्धारा पारित सहकारीता सम्बन्धी ऐनमा भएका सबै गलत प्रावधानहरुलाई खारेज गरि त्यसलाई सहकारीताको सिद्धान्त अनुसार नयाँ प्रकारले पुनः निर्माण गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौँक् ।
७. देशमा विभिन्न रुपमा बढिरहेको भ्रष्टाचारप्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षित भएको छ । सुन तस्करी, भुटानी सरणार्थी, गिरीबन्धु टि–स्टेट आदि जस्ता काण्डहरूबाट देशमा ठूलो पैमानामा भ्रष्टाचारले जरा हालेको मात्र हैन, तीनीहरूमा उच्च राजनीतिक वृत्त समेत समलग्न भएको तथा त्यसरी उनीहरूद्धारा भ्रष्टाचारको संरक्षण भएको कुरा पनि प्रष्ट हुँदै गएको छ । एकातिर, जनताबाट उठ्ने राजश्व र विदेशबाट आउने विभिन्न प्रकारको सहयोगमा पनि राजनीतिक वृत्त र प्रशासनबाट समेत हुने ठूलो पैमानाको भ्रष्टाचारका कारणले देशको विकास अवरुद्ध हुने गरेको छ । त्यसकारण भ्रष्टाचारका विरुद्धको संघर्ष राष्ट्रिय आवश्यकता भएको छ ।
८. हाम्रो पार्टीले सँधै देशमा सन्तुलित विकासको नीति अपनाउनु पर्ने आवश्यकतामा जोड दिंदै आएको छ । त्यस प्रकारको सन्तुलित विकासको नीतिलाई पूरैै उपेक्षा गर्ने गरेका छन् । त्यसकारण हाम्रो पार्टीले दूरवर्ती, पिछडिएका र ग्रामीण क्षेत्रहरू समेतको विकासलाई प्राथमिकता दिएर सन्तुलित विकासको नीति अपनाउनुपर्ने आवश्यकतामा विशेष जोड दिन्छ ।
९. अहिलेको चुनावको प्रणालीमा आमूल परिवर्तन हुनुपर्ने र त्यस अनुसार संविधान र चुनाव ऐनमा समेत परिवर्तन हुनुपर्ने आवश्यकतामा पनि हाम्रो पार्टीले विशेष जोड दिन्छ । अहिले चुनाव प्रणाली यति धेरै भ्रष्ट भएर गएको छ कि, चुनावमा राजनीतिक रुपले इमान्दार भएका व्यक्तिहरू भन्दा बढी पैसा खर्च गर्ने उम्मेदरवारहरू नै निर्वाचित हुने गर्दछन् । त्यसैको परिणाम हो कि, सरकारको पूरैै स्वरुप जनविरोधी र भ्रष्ट हुँदै गएको छ र चुनावमा जसले खर्च धेरै गर्न सक्दछ त्यसैको जीत हुने निर्वाचन त्यो भ्रष्ट प्रणालाीमा सुधार नहुँदासम्म देशमा जनताप्रति उत्तरदायी र जनपक्षीय सरकारको गठन हुनु तथा देशको दिगो विकास हुने सम्भावना देखिंदैन । त्यसैले चुनावको वर्तमान भ्रष्ट प्रणालीमा सुधार वा परिवर्तन राष्ट्रिय आवश्यकता भएको छ ।
१०. नेपालमा सशस्त्र द्वन्द्वको कालमा माओवादी र सरकार पक्ष दुबैद्वारा जनता ठुलो पैमानामा पीडित हुनु परेको थियो । दुबै पक्षद्वारा मानव अधिकारको उल्लङ्घन अपराध सम्बन्धी कैयौँ कार्यहरू वा महिलाहरूमाथि बलात्कार र हत्या समेत हुने गरेका थिए । उनीहरूका बिचमा शान्ति सम्झौता भएपछि उनीहरू दुबै पक्षहरूले एक अर्कामाथि गरेका हिंसात्मक कार्यहरूबारे कुनै कारवाहीको आवश्यकता हुँदैन तर, उनीहरू दुबै पक्षद्वारा बन्दी बनाइएका व्यक्तिहरुमाथिका अमानवीय र हिंसात्मक कारवाहीहरू तथा उनीहरूद्धारा निशस्त्र जनतामाथि गरिएका अमानवीय र हिंसात्मक कारवाहीबारे सम्बन्धित व्यक्तिहरूलाई उनीहरुको अपराध अनुसार दण्ड जरिवाना हुनुपर्छ भन्ने हाम्रो सुरुदेखि नै जोड रहँदै आएको छ । अहिले सरकारद्धारा प्रस्तुत, संसदको बहुमतद्धारा स्वीकृत तथा राष्ट्रपतिद्वारा अनुमोदित कानुनद्धारा त्यस प्रकारका अपराधहरूलाई माफी दिने वा कम गर्ने जुन व्यवस्था गरिएको छ, त्यसको हाम्रो पार्टीले कडा शब्दमा विरोध गर्दछ ।
११. भारतीय साम्राज्यवादले ठुलो पैमानामा भारतीयहरूलाई नेपालमा पठाएर उनीहरूलाई नेपालको नागरिक बनाएर नेपालमाथि आÇनो प्रभुत्व कायम गर्ने योजना अन्तर्गत लामो समयदेखि काम गर्दै आएको छ । भारतको दबावमा परेर नेपालका शासक वर्गहरूले नेपालको नागरिकता सम्बन्धी ऐनलाई पनि झन् पछि झन् उदार बनाउँदै लगिरहेका छन् । त्यसबाट नेपालको राष्ट्रियता र सार्वभौमिकतामाथि गम्भिर खतरा बढ्दै गइरहेको छ । यस कारण यस प्रकारको नागरिक अतिक्रमणका विरुद्ध हाम्रो पार्टीले लगातार आवाज उठाउँदै आएको छ र अहिले पनि त्यो विषयप्रति हाम्रो पार्टीले गम्भीर रूपले आÇनो विरोध प्रकट गर्दछ ।
१२. देशमा महङ्गी र कालोबजारी पनि धेरै नै बढेर गएको छ । खास गरेर चाडवाडको बेलामा बढिरहेको महङ्गी र कालोबजारीको कारणले जनता धेरै नै पीडित हुनु परेको छ । त्यसकारण त्यस प्रकारको महङ्गी र कालोबजारीमाथि नियन्त्रण गर्नको लागि कडा कदम उठाउन हामीले सरकारसित माग गर्दछौँ ।
१३. हाम्रो पार्टीले कपिलवस्तु, रुपन्देही र नवलपरासीका प्राचिन बौद्ध सभ्यतासित सम्वन्धित, पुराताŒिवक वा ऐतिहासिक स्थानहरूलाई सामेल गरेर वृहत्तर बौद्ध पुराताŒिवक सहरको निर्माण गर्नुपर्ने आवश्यकतामा लामो समयदेखि जोड दिँदै आएको छ । हामीले संसदभित्र त्यसका लागि आवाज उठाउनुको साथै जनस्तरमा पनि त्यसबारे जोड दिँदै आएका छौँ । त्यस प्रकारको शहर अन्तर्राष्ट्रिय महŒवको नै पर्यटकीय सहर बन्नेछ ।
१४. लुम्बिनी वा बौद्ध क्षेत्रको विकासको लागि नेपाल सरकारका साथै अन्तर्राष्ट्रिय स्तरमा पनि धेरै योजनाहरू बनेका छन् र त्यसको लागि ठुलो धनराशी पनि छुट्याउने गरिएको छ । तर त्यस प्रकारका धेरै जसो योजनाहरू कागजमा मात्र सीमित रहने गरेका छन् । त्यसका लागि छुट्याएको धनराशीको पनि सही प्रकारले उपयोग हुने गरेको पाइँदैन । त्यस प्रकारको पृष्ठभूमिमा वृहत्तर बौद्ध पुराताŒिवक सहरको निर्माणको लागि हामीले आम जनताको ध्यानाकर्षित गर्नुका साथै सरकारद्धारा पनि त्यसबारे सकारात्मक दृष्टिकोण अपनाउँदै ठोस भूमिका खेल्नुपर्ने आवश्यकतामा जोड दिन्छौँ । त्यस प्रकारको बौद्ध पुराताŒिवक शहरको निर्माण भएमा त्यसद्धारा नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठामा धेरै नै वृद्धि हुनुका साथै त्यसबाट नेपालको गौरवमा पनि धेरै नै वृद्धि हुनेछ ।
१५. अहिले विश्वव्यापी रूपमा युद्धको स्थिति देखा परेको छ । खास गरेर रूस–युक्रेन तथा प्यालेस्टाइन र इजरायलको युद्धको कारणले विश्वयुद्ध हुने खतरा बढ्दै गइरहेको छ । ती दुबै युद्धहरूमा आणविक शक्ति सम्पन्न ठुला राष्ट्रहरू पनि संलग्न हुँदै गएको हुनाले आणविक युद्ध समेत हुने खतरा बढ्दै गइरहेको छ । त्यो अवस्थामा युद्धका विरुद्ध र विश्व शान्तिका पक्षमा अन्तर्राष्ट्रिय स्तरमा व्यापक जनमत र आन्दोलन उठाउनुपर्ने आवश्यकता छ ।
१६. युक्रेनमा जुन युद्ध चलिरहेको छ, त्यसका लागि अमेरिकी साम्राज्यवादको नेतृत्वको नाटो र रुसी साम्राज्यवाद नै जिम्मेवार छन् । अमेरिकी साम्राज्यवादले पूर्व समाजवादी सोभियत सङ्घका विरुद्ध मोर्चावन्दीका रूपमा नै नाटोको गठन गरेको थियो र सोभियत सङ्घको विघटनपछि पूर्व सोभियत सङ्घमा भएका कैयौँ देशहरू नाटोमा सामेल हुँदै गएका थिए । त्यही क्रममा अमेरिकाले युक्रेनलाई पनि त्यसमा सामेल गर्न खोजेको थियो । त्यही प्रकारको स्थितिमा नै रुस र युक्रेनका बिचमा युद्ध भएको हो । त्यसैले त्यो युद्ध वास्तवमा युक्रेन र रुसका बिचमा नभएर रुस र नाटोको बिचको युद्ध हो । अन्तर्राष्ट्रिय साम्राज्यवादी शक्तिहरुका बिचको प्रतिस्पर्धाका कारणले युक्रेनका जनता पीडित हुनु परेको छ ।
१७. प्यालेस्टाइनको युुद्धलाई पनि हाम्रो पार्टीले अत्यन्त गम्भीर रुपमा लिएको छ । ७५ वर्ष पहिले प्यालेस्टाइनका जनतालाई आÇनो मातृभूमिबाट जबरजस्तीपूर्वक निष्काशित गरेर अमेरिकी साम्राज्यवादको संरक्षणमा इजरायल राष्ट्रको निर्माण गरिएदेखि नै प्यालेस्टाइनका जनताले आÇनो मुक्तिको लागि सङ्घर्ष गरिरहेका छन् । हामीले ७ अक्टुबरको हमासको कार्यवाहीलाई गलत मान्दछौँ र विरोध गर्दछौँ । हामीले संसारमा जहाँपनि कुनै पक्षद्वारा निशस्त्र जनतामाथि गरिने कारवाहीलाई आतङ्कवादी र गलत मान्दछौँ । तैपनि समग्र रूपमा प्यालेस्टाइनी जनताको आफ्नो हक र मुक्तिको लागि गरेको आन्दोलन न्यायपूर्ण हो र त्यसको लागि भइरहेको सङ्घर्षलाई हामीले दृढतापूर्वक समर्थन गर्दछौँ । इजारायलद्वारा प्यालाइस्टाइनी जनतामाथि भइरहेको बर्बर नरसंहारको पनि हाम्रो पार्टीले कडा शब्दमा भ्रत्र्सना गर्दछ । त्यही सन्दर्भमा लेबनाममाथि नयाँ प्रकारको विद्युतीय तरङ्गद्वारा आक्रमण गर्ने जुन नीति अपनाइएको छ, त्यसको पनि हामीले तीब्र शब्दमा भ्रत्र्सना गर्दछौँ । इजारायलद्वारा भइरहेको त्यस प्रकारका नरसंहार अमेरिका सहित साम्राज्यवादी देशहरुको समर्थनमा नै सम्भव भइरहेको छ । त्यसैले हामीले त्यसका लागि सबै साम्राज्यवादी देशहरुको तिब्र शब्दमा भ्रत्सना गर्दछौँ ।
१८. आइसीओआरको पाँचौँ अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । त्यससम्बन्धी विस्तृत जानकारी पछि प्रेषित गरिने छ ।
२०८१ असोज ०९ गते ।
मोहनविक्रम सिंह
महामन्त्री