नेपाल कम्युनिस्ट पार्टी (मसाल)
Nepal Communist Party (Mashal)
केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com
हार्दिक श्रद्धाञ्जली
प्यूठान जिल्ला स्वर्गद्वारी न.पा.–६ निवासी कामरेड फनाराम कालाथोकी (का. राज) को १६ डिसेम्बर, २०२४ मा भारतको चेन्नैमा मृत्यु भएको छ । हामीले उहाँको मृत्युप्रति गम्भीर दुःख व्यक्त गर्दै सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।
का. फनाराम कालाथोकी भारतस्थित प्रवासी नेपालीहरूको लोकप्रिय संगठन मूलप्रवाह अखिल भारत नेपाली एकता समाजमा रहेर सामाजिक कार्याकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो । यसका साथै उहाँले ने.क.पा.(मसाल)का विभिन्न समितिमा रहेर जिम्मेवारी पूरा गर्नुभएको थियो । उहाँ हाम्रो पार्टीको निष्ठावद्ध र अनुशासित सदस्य हुनुहुन्थ्यो । उहाँको मृत्युबाट हाम्रो पार्टीको आन्दोलनमा गम्भीर क्षति भएको छ ।
अन्तमा हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।
२०८१ पौष ०५ गते ।
मोहनविक्रम सिंह
महामन्त्री