Nepal communist party

प्रेस वक्तव्य (२०८१ पौष ११ गते)

नेपाल कम्युनिस्ट पार्टी (मसाल)

Nepal Communist Party (Mashal)

केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com

प्रेस वक्तव्य

माओ जयन्तीको १३२ औँ वर्षगाँठको अवसरमा हामीले संसारभरिका मजदुर किसान र मुक्तिकामी जनताप्रति क्रान्तिकारी ऐक्यवद्धता जनाउँदै शुभकामना व्यक्त गर्दछौँ ।

क्रान्तिको नयाँ अवधारणालाई कार्यान्वयनमा ल्याएर माक्र्सवाद–लेनिनवादलाई सृजनात्मक विकास गर्दै समृद्ध बनाउन कामरेड माओले युगीन र ऐतिहासिक भूमिका खेल्नुभएको थियो । किसानवर्गलाई क्रान्ति शक्तिको रूपमा प्रस्तुत गरेर गौरवपूर्ण इतिहासको रचना गर्न सफल भएको क्रान्तिको उक्त सिद्धान्त संसारभरमा माओविचारधाराको रूपमा स्थापित छ ।

कामरेड माओले माक्र्सवाद–लेनिनवादको सृजनात्मक विकास गर्ने क्रममा पार्टीभित्रका दक्षिणपन्थी अवसरवाद, वामपन्थी अवसरवाद र संशोधनवादका विरुद्ध सम्झौताहीन सङ्घर्ष गरेर क्रान्तिको झण्डा उठाउनुभयो । सोभियत संशोधनवादका विरुद्ध महान बहस चलाएर उहाँले विश्व कम्युनिस्ट आन्दोलनलाई दिशानिर्देश गर्नुभयो । त्यसपछि संसारभरिका क्रान्तिकारी कम्युनिस्टहरूले संशोधनवादका विरुद्ध गौरवपूर्ण सङ्घर्ष गर्दै आएका छन् ।

क्रान्ति सम्पन्न भइसकेपछि पनि समाजमा अधीन गरेर बसेको बुर्जुवा सांस्कृतिक आचरणलाई रुपान्तरण गर्नका लागि सञ्चालित भएको महान सर्वहारा सांस्कृतिक क्रान्तिको परिणाम जेसुकै भएको भएपनि त्यसले संसारभरिका क्रान्तिकारीहरूलाई अग्रगामी र वैज्ञानिक सांस्कृतिक आचरण निर्माणका लागि सर्वदा मार्गदर्शन गर्दै आएको छ । हामीले महान सर्वहारा सांस्कृतिक क्रान्तिका आदर्शलाई अरू दृढतापूर्वक पछ्याएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।

माक्र्सवाद–लेनिनवाद–माओविचारधारालाई कार्यान्वयन गर्दै शक्तिशाली कम्युनिस्ट पार्टीको विकासका लागि हामी प्रतिबद्ध छौँ । संसारभरिका मुक्तिकामी जनतालाई पनि उच्च साहस र विश्वासका साथ निरन्तर क्रान्तिको मार्गमा बढ्न हामीले आव्हान गर्दछौँ ।

२०८१ पौष ११ गते ।

मोहनविक्रम सिंह
महामन्त्री

पार्टी गतिविधि

Translate »
Scroll to Top