Nepal communist party

प्रेस वक्तव्य (२०८१ पौष २७ गते)

नेपाल कम्युनिस्ट पार्टी (मसाल)

Nepal Communist Party (Mashal)

केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com

प्रेस वक्तव्य

पृथ्वी जयन्तीको अवसरमा हामीले नेपाली समाजको सद्भाव, राष्ट्रिय एकता, राष्ट्रियता सार्वभौमिकता, स्वतन्त्रता र स्वाधीनताको अक्षुण्ण यात्राका लागि शुभकामना व्यक्त गर्दछौँ ।
पृथ्वीनारायण शाहको नेपालको एकीकरणमा महत्त्वपूर्ण योगदान रहेको छ । उनले एकीकरण अभियान सञ्चालन गरेका थिए वा आफ्नो राज्य विस्तारको अभियान चलाएका थिए भन्ने विवाद नेपालमा छ । त्यो जे भएपनि नेपाललाई आजको एकीकृत रूपमा प्रस्तुत गर्न पृथ्वीनारायण शाहको महत्त्वपूर्ण योगदान रहेको थियो । हामीले उनको त्यो योगदानलाई उच्च सम्मान र मूल्याङ्कन गर्दछौँ ।
पृथ्वीनारायण शाह सामन्तकालीन युगका सामन्ती राजा थिए । आफ्नो अभियानको क्रममा कतिपय अन्य सामन्ती राज्यले झैँ उनकातर्फबाट पनि अन्यायपूर्ण काम भएका थिए । सामन्तकालीन युगको चरित्र अनुसार उनले कैयौँ अन्यायपूर्ण र प्रतिशोधपूर्ण कारबाही चलाएको कुरा स्पष्ट छ । यद्यपि उनले दिएको योगदानले आजको एकीकृत नेपालको जन्म भएको थियो । त्यसैले पृथ्वीनारायण शाहको योगदानको महत्त्व सँधै रहने छ ।

२०८१ पौष २७ गते

रामप्रकाश पुरी
प्रवक्ता

पार्टी गतिविधि

Translate »
Scroll to Top