नेपाल कम्युनिस्ट पार्टी (मसाल)
Nepal Communist Party (Mashal)
केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com
हार्दिक श्रद्धाञ्जली
प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका–१ निवासी कामरेड गिरबहादुर पुन (का. तिलक)को २०८१ माघ १० गते भएको मृत्युप्रति हामीले गहिरो दु:ख व्यक्त गर्दै सन्तप्त परिवारजनप्रति हार्दिक समवेदन प्रकट गर्दछौँ ।
का. गिरबहादुर हाम्रो पार्टीको पुरानो सदस्य हुनुहुन्थ्यो । उहाँले प्रवास र स्वदेशमा विभिन्न सामाजिक सङ्गठनका साथै विभिन्न जनवर्गीय मोर्चा र हाम्रो पार्टीका विभिन्न तहमा रहेर काम गर्नु भएको थियो । जीवनपर्यन्त पार्टीको विचार र उद्देश्यप्रति प्रतिबद्ध रही जिम्मेवारी निर्वाह गर्नुभएका का. गिरबहादुर हाम्रो पार्टीको अनुशासित, जुझारू र कर्तव्यनिष्ठ सदस्य हुनुहुन्थ्यो । उहाँको मृत्युबाट हाम्रो पार्टीको आन्दोलनमा गम्भीर क्षति भएको छ ।
अन्तमा हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।
२०८१ माघ १३ गते ।
रामप्रकाश पुरी
प्रवक्ता