नेपाल कम्युनिस्ट पार्टी (मसाल)
Nepal Communist Party (Mashal)
केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com
प्रेस वक्तव्य
२१ जनवरी, २०२५ मा टर्कीको तानाशाही सरकारले इस्तानबुल, इज्मिर, अंकारा, एक्सीर,एलोवा र दियाबकिर मा ३४ जना क्रान्तिकारीहरुलाई गिरफ्तार गरेको थियो । त्यसरी गिरफ्तार हुने प्रमुख व्यक्तिहरूमा समाजवादी पार्टी, समाजवादी महिला संग्ठन वा समाजवादी युवा संग्ठनका कैयौँ नेता र कार्यक्रताहरु छन् । तर त्यस प्रकारको गिरफ्तारी वा दमनका बावजुत उनीहरुको क्रान्तिकारी स्प्रिटमा कुनै कमि आएको छैन र उनीहरुले आफ्नो आन्दोलनलाई लगातार अगाडि बढाउने दृढता व्यक्त गरेका छन ।
टर्कीमा भएको त्यस प्रकारको गिरफ्तारी र दमनका विरुद्ध त्यहाँका विभिन्न राजनीतिक दलहरू, नागरिक समाज, युवाहरु, सामाजिक संगठनहरू र अधिवक्ताहरु समेतमा व्यापक असन्तोष पैदा भएको छ ।
फासिवादका विरुद्ध तथा समाजवादका पक्षमा अडान लिएको कारणले ती व्यक्तिहरुको गिरफ्तारी, अभिव्यक्तिको स्वतन्त्रता र लोकतान्त्रिक अधिकार माथिको आक्रमण हो र टर्कीका विभिन्न राजनीतिक पार्टीहरुले त्यहाँको त्यस प्रकारको दमनकारी कारबाहीहरु प्रति कडा विरोध जनाएका छन । नेकपा (मसाल) ले टर्कीको तानाशाही शाषण र दमनकारी कार्यहरुका विरुद्ध त्यहाँ उठिरहेका विरोधका स्वर र आन्दोलनहरु सित एक्यवद्धता प्रकट गर्दछ ।
अन्तमा, हामीले टर्कीको फासिष्ट सरकारका सबै दमनकारी कारबाहीहरुको कडा शब्दमा विरोध गर्दै त्यहाँ गिरफ्तार भएका सबै क्रान्तिकारीहरुको रिहाईको माग गर्दछ ।
२०८१ माघ १९ गते ।
मोहनविक्रम सिंह
महामन्त्री