काठमाडौँ । राष्ट्रिय जनमोर्चा काठमाडौँले सङ्घीयताको विरोधमा कोणसभा सम्पन्न गरेको छ । २०८१ माघ १९ गते शनिबार चाबहिल चोकमा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै अखिल (छैठौं) का अध्यक्ष सुवास जिसीले गत १८ वर्षदेखि नेपाललाई सङ्घीयता बोकाइए पनि त्यो उपलब्धिविहीन भएको बताउनुभयो ।
त्यस्तै, नेकपा (मसाल) काठमाडौँका प्रवक्ता जगतप्रसाद रेग्मीले राजमोले राज्य पुनर्संरचनाको सन्दर्भको सन्दर्भमा अधिकार विकेन्द्रीकरणमा जोड दिए पनि त्यसप्रति बेवास्ता गरिएको बताउनुभयो ।
कार्यक्रमको सञ्चालन नेकपा (मसाल) ३ नं. प्रदेश ब्युरोका प्रवक्ता समीर सिंहले र सञ्चालन राजमो काठमाडौँका सचिव छवि खनालले गर्नुभएको थियो ।
कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानले “वर्गीय मायाले यो मन फुरुक्कै” शीर्षकको गीतमा नृत्य प्रस्तुत गरेको थियो ।
पार्टी गतिविधि
घन्टी र लोकप्रियतावाद
March 1, 2026
नेपालको तात्कालिक राजनीतिक परिस्थिति र जेनजी आन्दोलन
November 23, 2025
वर्तमान राजनीतिक परिस्थिति र अवस्थाबारे महामन्त्री मोहनविक्रम सिंह
September 16, 2025