काठमाडौँ । अखिल नेपाल युवक सङ्घ बागमती प्रदेश र काठमाडौँ जिल्ला समितिको संयुक्त भेला सम्पन्न भएको छ ।
केन्द्रीय अध्यक्ष गणेश अधिकारीको प्रमुख आतिथ्यमा २०८१ माघ १९ गते शनिबार राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालय भवनको सभाकक्षमा सो भेला सम्पन्न भएको हो । भेलालाई राजमो अध्यक्ष तथा सांसद चित्रबहादुर केसी, राजमो केन्द्रीय सदस्य तथा बागमती प्रदेश समितिका अध्यक्ष लालबहादुर थापा, नेकपा (मसाल) ३ नं. ब्युरोका प्रवक्ता समीर सिंह र राजमो काठमाडौँका अध्यक्ष झविन्द्र बेलबासेले शुभकामना दिनुभएको थियो । भेलामा राजमो केन्द्रीय सल्लाहकार आनन्द शर्मा, अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुन, राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्री, अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकी, प्रगतिशील पत्रकार सङ्घका महासचिव प्रकाश थापामगर, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य प्रेम मोक्तान, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सदस्य मेस्मा पुनलगायत विभिन्न जनवर्गीय नेताहरूको आतिथ्य रहेको थियो ।
भेलाको अध्यक्षता तथा स्वागत डम्मर कार्कीले तथा सञ्चालन समष्टि बुढाले गर्नुभएको थियो ।
बागमती प्रदेशको अध्यक्षमा पुन
भेलाले युवक सङ्घको प्रदेश समितिको अध्यक्षमा विष्णु पुनलाई चयन गरेको छ । समितिको उपाध्यक्षमा शिव चालिसे (चितवन), सचिवमा पृथ्वी रोका (ललितपुर) र कोषाध्यक्षमा सगर सुवेदी (काठमाडौँ) रहनुभएको छ । त्यस्तै, सदस्यमा मेस्मा पुन (काठमाडौँ), लेखत कुँवर (काठमाडौँ), निर्मल पौडेल (सिन्धुपाल्चोक), फटिक पौडेल (चितवन), दामोदार पाण्डे (काठमाडौँ), समष्टि बुढा (काठमाडौँ) तथा एक स्थान रिक्त राखिएको छ ।
काठमाडौँको अध्यक्षमा लेखत कुँवर
त्यस्तै, भेलाले युवक सङ्घ काठमाडौँको अध्यक्षमा लेखत कुँवरलाई चयन गरेको छ । समितिको उपाध्यक्षमा मेस्मा पुन, सचिवमा सगर सुवेदी, कोषाध्यक्षमा मिलनसिंह ठकुरी तथा सदस्यहरू दिव्यमोहन जिसी, पृथ्वी रोका, गौरव चौधरी, युजिन श्रेष्ठ र बन्दना विक रहनुभएको छ । सदस्यको दुई स्थान रिक्त राखिएको छ ।