नेपाल कम्युनिस्ट पार्टी (मसाल)
Nepal Communist Party (Mashal)
केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com
प्रेस वक्तव्य
अमेरिकी राष्ट्रपति ट्रम्पले गाजापट्टीबाट प्यालिस्टाइनीहरूलाई निष्कासित गरेर त्यहाँ अमेरिकाको नियन्त्रण कायम गर्ने जुन अभिव्यक्ति दिएका छन्, त्यसप्रति ने.क.पा. (मसाल)ले गम्भीर आपत्ति र विरोध प्रकट गर्दछ ।
अमेरिकाको समर्थनमा प्यालिस्टाइनीहरूलाई उनीहरूको मातृभूमिबाट निष्कासित गरेर त्यहाँ इजरायली राज्यको स्थापना गरिएको थियो । त्यो बेलादेखि नै इजरायलले खाडीका देशहरूमा अमेरिकी साम्राज्यवादको नाङ्गो प्रकारले समर्थन गर्दै आएको छ र अमेरिकाको समर्थनमा नै त्यो राज्य अहिलेसम्म टिकेको छ । हामीले विकसित परिस्थितिमा इजरायल राष्ट्रको सम्पूर्ण रुपले अन्त्य हुनुपर्दछ भन्ने विचार राख्दैनौं र त्यसको अस्तित्वलाई पनि स्वीकार गर्दछौं तर त्यसको अर्थ प्यालेस्टाइनीहरूको स्वतन्त्र र सार्वभौम राष्ट्रको स्थापनालाई पनि समर्थन गर्दछौं र त्यसको अस्तित्वलाई समाप्त गर्ने कुनै पनि कारवाहीको हामीले सँधै विरोध गर्दै आएका छौं र अहिले पनि गर्दछौँ । त्यही क्रममा अमेरिकी साम्राज्यवादले गाजापट्टिबाट प्यालिस्टाइनीहरूलाई सम्पूर्ण रूपले हटाउन जुन योजना अगाडि ल्याएको छ, त्यसको पनि हामीले कडा शब्दमा भ्रत्सना गर्दछौं ।
प्यालेस्टाइनीहरूलाई आÇनो मातृभूमिबाट हटाउने जुन कार्य गरिएको थियो, मानवजातिको इतिहासको नै अत्यन्त गम्भीर प्रकारको क्रुर कारवाही थियो । त्यो बेलादेखि उनीहरू खाडीका विभिन्न देशहरूमा शरणार्थीको रूपमा बस्दै र साढे सात दशकदेखि आÇनो मातृभूमिको मुक्तिको लागि सङ्घर्ष गर्दै आएका छन् । स्वयं संयुक्त राष्ट्रसङ्घको निर्णय अनुसार उनीहरू गाजापट्टीमा बस्दै आएका थिए र उनीहरूको त्यहाँ स्वायत्त सरकार पनि थियो । अब अमेरिकाले उनीहरूलाई त्यहाँबाट पनि हटाएर मिश्र र जोर्डनमा बसोबास गराउने योजना बनाएको छ । गाजापट्टीमा प्यालिस्टाइनीहरूलाई पूरै ध्वस्त गर्नको लागि इजरायलले त्यहाँ भारी वम वर्षा गराएको थियो । गत सालको ७ अक्टुबरको हमासको कारवाही अवश्य पनि गलत र आतङ्कवादी प्रकारको थियो । हामीले संसारमा कहीँ पनि निरपराध वा निशस्त्र जनतामाथि गरिने सशत्र कारवाहीको विरोध गर्दै र त्यस्ता कारवाहीलाई आतङ्कवादी घोषित गर्दै आएका छौँ । त्यस सन्दर्भमा यो पनि आम रूपमा थाहा भएको कुरा हो कि हामीले नेपालमा माओवादी वा सत्तापक्षद्वारा निरपराध वा निशस्त्र जनतामाथि गरिएका सशस्त्र हमला वा हत्याहरूको विरोध गर्दै आएका छौँ र त्यस प्रकारका अपराधजन्य कारवाहीहरूका लागि जिम्मेवार व्यक्तिहरूबारे निष्पक्ष र उच्च छानविन गरेर अपराध अनुसार कारवाही गर्नुपर्ने आवश्यकतामा जोड दिंँदै आएका छौँ । हाम्रो त्यही मान्यता अनुसार ७ अक्टुबरको हमासको कारवाहीलाई पनि हामीले गलत मानेका छौं र त्यसको विरोध गरेका छौँ । अवश्य पनि उनीहरूको त्यस प्रकारको कारवाही इजरायलद्वारा सातदशक भन्दा बढी समयदेखि नै इजरायलले उनीहरूमाथि गर्दै आएका अन्यायपूर्ण आतङ्कवादी कारवाहीहरूको प्रतिशोधमा नै गरिएको थियो । त्यही पनि त्यो गलत नै थियो । त्यही ७ अक्टुबरको कारवाहीलाई बहाना बनाएर इजरायलले गाजापट्टीमा बसोबास गरेका सम्पूर्ण प्यालेस्टाइनीहरूलाई उन्मुलन गर्नको लागि आक्रमण गरेको थियो र त्यो क्रममा पुग नपुग पचास हजार मानिसहरूको हत्या गरिएको थियो, जसमा ठूलो सङ्ख्यामा महिला र बालबालिकाहरू पनि थिए । त्यो नरसंहारको लागि अन्तर्राष्ट्रिय अदालतले इजरायलको प्रधानमन्त्री नेतान्याहुलाई मानवताको अपराधी घोषित गरेर त्यसका नाममा पक्राउ पुर्जी समेत जारी गरेको छ । इजरायल सरकारको त्यो हमलाका कारणले त्यहाँबाट लाखौं प्यालिस्टाइनीहरू भागेर दक्षिणतिर गएका थिए । हालै भएको युद्धविरामपछि उनीहरू आÇनो भूमिमा फर्किएर आउन थालेका छन् । इजरायलका प्रधानमन्त्रीसितको भेटघाटपछि ट्रम्पले प्यालिस्टाइनीहरूलाई त्यहाँबाट पूरै विस्थापित गर्ने विचार प्रकट गरेका छन् । बताइरहनुपर्ने आवश्यकता छैन कि उनको त्यस प्रकारको सोचाइ पूरै नै साम्राज्यवादी र फासिस्ट हुनुका साथै त्यो अन्तर्राष्ट्रिय कानुन र स्वयं संयुक्त राष्ट्रसङ्घको निर्णयका विरुद्ध पनि छ । यो कुराको अनुमान गर्न सकिन्छ कि, गाजापट्टीमा धेरै नै खनिज पदार्थहरू रहेको हुनाले अमेरिकाले त्यहाँ आÇनो नियन्त्रण कायम गर्ने उद्देश्य बनाएको छ । यो कुरा ठिक त्यस्तै हो, जस्तो कि ग्रिनल्याण्डमा धेरै खनिज पदार्थ भएको हुनाले अमेरिकाले त्यहाँ कब्जा गर्ने घोषणा गरेको छ ।
ट्रम्पको त्यस प्रकारको सोचाइको अन्तर्राष्ट्रिय स्तरमा नै ठुलो विरोध भइरहेको छ । मिश्र र जोर्डनले आÇनो देशमा प्यालिस्टाइनीहरूलाई बसोबास गराउने ट्रम्पको घोषणाको विरोध गरेका छन् । अरब देशहरूबाट पनि त्यो सोचाइको ठुलो विरोध भइरहेको छ । संयुक्त राष्ट्रसङ्घले पनि ट्रम्पको त्यो सोचाइको विरोध गरेको छ । युरोपका कतिपय देशहरूका साथै अन्य कतिपय देशहरूबाट पनि त्यो कुराको विरोध भइरहेको छ । त्यस प्रकारको पृष्ठभूमिमा नेपाल सरकारले ट्रम्पको त्यस प्रकारको घोषणाप्रति कुन प्रकारको नीति अपनाउँछ त्यो चासोको विषय बनेको छ ।
पहिले संयुक्त राष्ट्रसङ्घमा युक्रेनको युद्धबारे छलफल हुँदा नेपाल सरकारले त्यो युद्धको लागि रुसको नै गल्ति भएको ठहराउने प्रस्तावलाई समर्थन गरेको थियो । निश्चय नै, युक्रेनमा आक्रमणको लागि रुस पनि जिम्मेवार छ र त्यसको त्यस प्रकारको साम्राज्यवादी नीतिको भ्रत्र्सना गर्नु पर्दछ तर त्यो युद्धको लागि अमेरिका र नाटो पनि जिम्मेवार छन् । उनीहरूले पहिले सोभियत सङ्घका विरुद्ध मोर्चाबन्दीको लागि नाटोको गठन गरेका थिए । त्यो सैनिक गठबन्धन थियो र त्यो सोभियत सङ्घका विरुद्ध नै केन्द्रित थियो । उनीहरूले रुसका विरुद्ध सैनिक मोर्चाबन्दीका लागि नै त्यहाँ जेलेस्कीको आÇनो कठपुतली सरकार बनाएर रुससित सिमा जोडिएको युक्रेनलाई पनि नाटोमा सामेल गराउन खोजेका थिए । त्यही कारणले नै युक्रेनमा युद्धको स्थिति उत्पन्न भएको थियो । त्यसकारण त्यहाँको युद्धको लागि अमेरिका र नाटो समेत जिम्मेवार छन् र, त्यसैले, उनीहरूको पनि आलोचना गरिनु पर्दछ । तर नेपाल सरकारले एकतर्फीय रूपमा रुसको आलोचना गर्ने प्रस्तावलाई समर्थन गरेर अमेरिकापरस्त नीति अपनाएको थियो र त्यसैले हाम्रो पार्टीले सरकारको त्यो नीतिलाई गलत बताएको थियो ।
पछि संयुक्त राष्ट्रसङ्घमा गाजापट्टीबारे युद्धविरामको प्रस्तावमाथि छलफल गर्दा नेपाल तटस्थ बसेको थियो । त्यो बेला भारत पनि त्यो प्रस्ताव पारित गर्दा तटस्थ बसेको थियो र, त्यसैले, भारतको अनुकरण गर्दै नेपाल पनि तटस्थ बसेको थियो । निश्चय नै नेपाल सरकारको त्यो नीति भारतपरस्त नीति थियो । अहिले गाजापट्टीबाट प्यालेस्टाइनीहरूलाई हटाएर त्यहाँ अमेरिकाको नियन्त्रण कायम गर्ने ट्रम्पले जुन घोषणा गरेका छन्, त्यसपछि नेपाल सरकारले कुन प्रकारको नीति अपनाउने छ त्यो पनि गम्भीर चासोको विषय बनेको छ । त्यो प्रश्नमा नेपाल सरकारले अमेरिकाको नीतिको समर्थन गरे पनि वा तटस्थ रहेपनि त्यो अमेरिका परस्त नीति नै हुनेछ । त्यसकारण हाम्रो जोड यो कुरामा हुनपर्दछ कि ट्रम्पको गाजापट्टी सम्बन्धी त्यस प्रकारको नीतिको कडा विरोध गरिनु पर्दछ ।
२०८१ माघ २५ गते ।
माेहन विक्रम सिंह
महामन्त्री