नेपाल कम्युनिस्ट पार्टी (मसाल)
Nepal Communist Party (Mashal)
केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com
प्रेस वक्तव्य
प्यूठान जिल्ला झिम्रुक–६ रोटेपानी निवासी कामरेड बालाराम भट्टराईको (का. डिलाराम) २०८१ माघ २१ गते मृत्यु भएको छ । हामीले उहाँको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।
का. बालाराम हाम्रो पार्टीको सदस्य हुनुहुन्थ्यो । उहाँले प्रवास र स्वदेशमा विभिन्न सामाजिक सङ्गठनका साथै विभिन्न जनवर्गीय मोर्चा र हाम्रो पार्टीका विभिन्न तहमा रहेर काम गर्नु भएको थियो । जीवनपर्यन्त पार्टीको विचार र उद्देश्यप्रति प्रतिवद्ध रही जिम्मेवारी निर्वाह गर्नुभएका का. बालराम भट्टराई हाम्रो पार्टीको अनुशासित, जुझारू र कर्तव्यनिष्ठ सदस्य हुनुहुन्थ्यो । उहाँको मृत्युबाट हाम्रो पार्टीको आन्दोलनमा गम्भीर क्षति भएको छ ।
अन्तमा हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।
२०८१ फागुन ०१ गते ।
माेहन विक्रम सिंह
महामन्त्री