Nepal communist party

 हार्दिक श्रद्धाञ्जली (२०८१ चैत्र ०६ गते)

नेपाल कम्युनिस्ट पार्टी (मसाल)

Nepal Communist Party (Mashal)

केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com

 हार्दिक श्रद्धाञ्जली

दाङ जिल्ला गढवा गाउँपालिका–४ निवासी कामरेड शिवप्रसाद पोख्रेलको ५९ वर्षको उमेरमा २०८१ फागुन २९ गते मृत्यु भएको छ । हामीले उहाँको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।
का. शिवप्रसाद हाम्रो पार्टीको पुरानो सदस्य हुनुहुन्थ्यो । उहाँले प्रवास र स्वदेशमा विभिन्न सामाजिक सङ्गठनका साथै विभिन्न जनवर्गीय मोर्चा र हाम्रो पार्टीका विभिन्न तहमा रहेर काम गर्नु भएको थियो । जीवनपर्यन्त पार्टीको विचार र उद्देश्यप्रति प्रतिवद्ध रही जिम्मेवारी निर्वाह गर्नुभएका का. शिवप्रसाद पार्टीको अनुशासित, जुझारू र कर्तव्यनिष्ठ सदस्य हुनुहुन्थ्यो । उहाँको मृत्युबाट हाम्रो पार्टीको आन्दोलनमा गम्भीर क्षति भएको छ ।
अन्तमा हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।

२०८१ चैत्र ०६ गते ।

रामप्रकाश पुरी

प्रवक्ता

पार्टी गतिविधि

Translate »
Scroll to Top