Nepal communist party

प्रेस वक्तव्य (२०८१ चैत्र ०९ गते)

नेपाल कम्युनिस्ट पार्टी (मसाल)

Nepal Communist Party (Mashal)

केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com

प्रेस वक्तव्य

सिराहा जिल्लाको औरही गाउँपालिका–५ मा मा जग्गे गर्ने माटो छोइन्छ भनेर घर समेत भत्काएर एक दलित परिवार (दीपक मरिकको परिवार) माथि भएको मध्ययुगिन र बर्बर अत्याचारको राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद कामरेड चित्रबहादुर के.सी र राष्ट्रिय सभामा राष्ट्रिय जनमोर्चाका सांसद कामरेड तुलप्रसाद विश्वकर्मा लगायत अन्य विभिन्न सांसदहरूले समेत संसदको बैठकमा जोडदार आवाज उठाउनुको साथै उक्त घटनाको विरोध गर्नुभएकोमा त्यसलाई हामीले स्वागत गर्नका साथै त्यसप्रति ऐक्यवद्धता प्रकट गर्दछौँ । जातीय भेदभाव गरी मानवता विरुद्ध गरिएको उक्त जघन्य अपराधिक घटनाको हाम्रो पार्टीले कडा विरोध र भ्रत्र्सना गर्दछ । उक्त घटनाको आवश्यक छानवीन गरी संलग्न सबै दोषीहरूलाई कडा कारबाही गर्नका लागि हामीले सरकारसित माग गर्दै घर भत्काइएपछि बासस्थानविहीन बन्न गएको उक्त परिवारलाई आवश्यक राहत सहित तुरुन्त बसोबासको व्यवस्था मिलाउनका लागि पनि हामीले सरकारको ध्यान आकर्षित गर्दछौँ । आगामी दिनमा त्यस प्रकारका मानवताविरोधी र कलङ्कित घटना हुन नदिन सरकारले समयमा नै ध्यान पु¥याउनुपर्दछ र त्यसका लागि जातीय भेदभाव विरुद्धका ऐन कानुनलाई प्रभावकारी प्रकारले कार्यान्वयन गर्नुपर्ने आवश्यकतामाथि हाम्रो पार्टीले सरकारको ध्यान गम्भीर रूपमा आकर्षित गर्दछ ।

२०८१ चैत्र ०९ गते ।

रामप्रकाश पुरी

प्रवक्ता

पार्टी गतिविधि

Translate »
Scroll to Top