नेपाल कम्युनिस्ट पार्टी (मसाल)
Nepal Communist Party (Mashal)
केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com
प्रेस वक्तव्य
सरकारले कुलमान घिसिङलाई पदबाट बर्खास्त गर्ने जुन निर्णय गरेको छ, त्यसलाई ने.क.पा. (मसाल) ले गलत मान्दछ र विरोध गर्दछ ।
नेपालको विद्युतको इतिहासमा कुलमानको महत्त्वपूर्ण भूमिका रहेको छ । लोडसेडिङ हटाउन र घाटामा गएको विद्युत उद्योगलाई नाफामा लैजान समेत उनको जो महत्त्वपूर्ण भूमिका रह्यो, त्यो अवस्थामा उनलाई हटाउने सरकारको निर्णयलाई अवश्य पनि सही भन्न सकिन्न ।
अहिलेको कुलमान सम्बन्धी विवाद उनले उद्योगपति वा व्यापारीसित बाँकी रहेको राजस्व उठाउन पहल गरेपछि नै सुरू भएको हो । प्रधानमन्त्री ओलीले उनीहरूबाट राजस्व असुल गर्न रोक्ने जुन काम गरे, त्यसपछि नै अहिलेको विवाद सुरू भएको हो र त्यो क्रममा अन्तमा कुलमानलाई पदबाट बर्खास्त गर्ने निर्णय ग¥यो । त्यसबाट वर्तमान सरकारको पूरै छवि बिग्रन गएको छ । प्रश्न कुलमानको मात्र होइन, त्यो प्रश्न सरकारको सम्पूर्ण कार्यविधिसित सम्बन्धित छ । ओलीको सरकारले जुन कार्यविधि अपनाएको छ, त्यसले देशमा सुशासन र देशको सम्पूर्ण विकासमा नै बाधा पु¥याउने छ र त्यसप्रति सम्पुर्ण जनताको ध्यान जानुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।
२०८१ चैत्र १३ गते ।
मोहनविक्रम सिंह
(महामन्त्री)