नेपाल कम्युनिस्ट पार्टी (मसाल)
Nepal Communist Party (Mashal)
केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com
प्रेस वक्तव्य
आईसीओआर(आईकोर)को स्तालिन सम्बन्धी अन्तर्राष्ट्रिय सेमिनार हालै युरोपमा सम्पन्न भएको छ । त्यो सेमिनारमा ३६ भन्दा बढी मुलुकका आईकोर सम्बन्धित सङ्गठनका प्रतिनिधिहरूले भाग लिएको जानकारी प्राप्त भएको छ । उक्त सेमिनारमा भाग लिएर नेपाल कम्युनिस्ट पार्टी(मसाल)का महामन्त्री कामरेड मोहनविक्रम सिंह हिजो स्वदेश फर्कनुभएको छ । सेमिनारमा उहाँले स्तालिन सम्बन्धी एक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यपत्र नेपाल कम्युनिस्ट पार्टी (मसाल)को वेभसाइट www.ncpmashal.org मा प्रकाशित भएको छ । त्यो कार्यपत्रलाई नेपालीमा पनि अनुवाद गरेर छिट्टै प्रकाशित गरिने छ ।
२०८१ चैत्र १३ गते ।
रामप्रकाश पुरी
प्रवक्ता