Nepal communist party

प्रेस वक्तव्य (२०८१ चैत्र १३ गते)

नेपाल कम्युनिस्ट पार्टी (मसाल)

Nepal Communist Party (Mashal)

केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com

प्रेस वक्तव्य

हिजो २०८१ साल चैत १२ गते उपलब्ध पीवीएम समेतको केन्द्रीय कार्यालयको बैठकले गरेका निम्न लिखित निर्णयको जानकारी दिन यो वक्तव्य जारी गरिएको छ ।

१. हाम्रो पार्टीले पहिलेदेखि नै गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, सङ्घीयता खारेज गरौँ भन्ने नाराका साथ सङ्घर्ष गर्दै आएको छ । तर हामीले यही महिनाको चैत्र २४ गते देखि ३० गतेसम्म सङ्घीयता विरुद्धको राजधानी केन्द्रित आन्दोलनको मुख्य नारा सङ्घीयताको खारेजीलाई नै गराएका थियौँ ।

२. अब हाम्रो पार्टीले पहिलेदेखि नै प्रतिगमनको बढ्दै गइरहेको खतरामाथि ध्यान दिँदै त्यसका विरुद्ध सशक्त सङ्घर्ष गर्नुपर्ने आवश्यकतामा जोड दिँदै आएको थियो । अहिले देशमा राजतन्त्रको पुनस्र्थापनाका पक्षमा र धर्मनिरपेक्षताका विरुद्ध राजावादीहरूको सक्रियता बढेर गएको छ । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीसँगको भेटघाटपछि नै पूर्व राजाको फागुन ०७ गतेको वक्तव्य आएको, राजावादीहरूको गतिविधि समेत बढेको तथा उनीहरूले आÇनो प्रदर्शनमा आदित्यनाथ योगीको फोटो समेत प्रदर्शन गरेको कुराबाट भारतका कट्टर हिन्दुवादी शासकवर्गको आडमा नै राजावादीहरूको गतिविधि बढेको कुरामा कुनै शङ्का रहन्न । त्यसबाट नेपालमा भारतीय साम्राज्यवादको खतरा पनि बढेर जाने देखिन्छ । त्यसैले अहिले गणतन्त्रका साथै राष्ट्रियताका लागि पनि सङ्घर्ष बढाएर लैजाने आवश्यकता पैदा भएको छ ।

३. नेपालको राजनीतिक इतिहासमा प्रतिगमनका विरुद्ध बारम्बार गठबन्धन हुँदै आएको छ र त्यसका महŒवपूर्ण ऐतिहासिक उपलब्धिहरू पनि रहने गरेका छन् । तर अहिले त्यस प्रकारको सम्भावना कम देखिन्छ । गतकालमा विभिन्न राजनीतिक शक्तिहरूका अवसरवादी नीतिहरूका कारणले प्रतिगमनका विरुद्ध बनेका कैयौँ गठबन्धनहरू टुट्ने गरेका छन् । अहिले गणतन्त्रको पक्षमा भएका राजनीतिक शक्तिहरूका बिचमा पनि सङ्घीयताको प्रश्नमा मतभिन्नता रहेको छ । हाम्रो पार्टीले सुरुदेखि नै सङ्घीयताको विरोध गर्दै आएको छ भने गणतन्त्रको पक्षमा भएका अन्य सबै राजनीतिक शक्तिहरूले सङ्घीयतालाई समर्थन गर्दछन् । त्यो मतभेदका कारणले पनि प्रतिगमनका विरुद्ध भएका राजनीतिक शक्तिहरूका बिचमा गठबन्धनको सम्भावना देखिन्छ, यद्यपि गतकालमा त्यो मतभेदका बावजुद प्रतिगमनका विरुद्ध उनीहरूका बिचमा एकता हुने गरेको छ ।

४. हाम्रो पार्टीले पहिले झँै अहिले पनि सङ्घीयता वा अन्य कतिपय प्रश्नहरूमा हाम्रा बिचमा मतभेद भएपनि गणतन्त्रको पक्षमा भएका राजनीतिक शक्तिहरूका बिचमा एकता कायम गरेर प्रतिगमनका विरुद्ध सङ्घर्ष गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ । अहिले यसको लागि हामीलाई खुसी लागेको छ कि प्रतिगमनका विरुद्ध उभिदै आएका विभिन्न राजनीतिक शक्तिहरूले गणतन्त्रको रक्षाका लागि आवाज उठाउन थालेका छन् । उनीहरूसित हाम्रो कार्यगत एकता हुन नसकेपनि गणतन्त्रको पक्षको उनीहरूको आवाज र सङ्घर्षलाई हामीले समर्थन गर्दै आÇनो स्वतन्त्र पहलमा पनि गणतन्त्रको रक्षाको सङ्घर्षमा पूरा जोड दिने हाम्रो कोशिस हुनेछ । राष्ट्रिय तहमा त्यस प्रकारको कुनै गठबन्धन बन्न नसके पनि स्थानीय तहमा त्यस प्रकारको कुनै सम्भावना देखा परेमा गणतन्त्रको पक्षमा अन्य शक्तिहरूसित पनि कार्यगत एकता गरेर सङ्घर्ष गर्ने हाम्रो नीति खुला हुनेछ ।

५. उपरोक्त परिस्थितिमा हामीले चैत २४ गते देखि ३० गते सम्म सङ्घीयता विरुद्धको राजधानी केन्द्रित आन्दोलनको नारालाई यस प्रकारले परिमार्जन गर्ने निर्णय गरेका छौँ : “गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, सङ्घीयता खारेज गरौँ ।”

६. राष्ट्रिय जनमोर्चाले चैत २४ गते देखि ३० गतेसम्म सङ्घीयता विरुद्धको राजधानी केन्द्रित आन्दोलन गर्ने जुन कार्यक्रम निश्चित गरेको छ, त्यसलाई ने.क.पा. (मसाल) ले दृढतापूर्वक समर्थन गर्दै त्यसलाई सफल पार्न सम्पूर्ण जनतासित अपील गर्दछ । यो कुरा स्पष्ट छ कि देशमा सङ्घीयता कायम रहेमा त्यसले देशलाई विनासतिर नै लैजाने छ । त्यसकारण देशको राष्ट्रियता, सार्वभौमिकता, अखण्डता तथा दिगो विकासका लागि सङ्घीयताको खारेजी राष्ट्रिय आवश्यकता भएको छ । त्यसैले त्यसका विरुद्धको आन्दोलनलाई सफल पार्नु सम्पूर्ण देश र जनताको निर्णयात्मक जिम्मेवारी हुन गएको छ ।
२०८१ चैत्र १३ गते ।
मोहनविक्रम सिंह
(महामन्त्री)

 

 

पार्टी गतिविधि

Translate »
Scroll to Top