काठमाडौँ । सङ्घीयता खारेजीका लागि राष्ट्रिय जनमोर्चाले चैत २४ देखि ३० सम्म आयोजना गरेको काठमाडौँकेन्द्रित आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै रक्तिम सांस्कृतिक अभियानले सडक सांस्कृतिक अभियान सञ्चालन गरेकाे छ । २०८१ चैत १६ गते शनिबारदेखि सुरु भएको सो अभियान आज चैत २२ गते शुक्रबार बागबजारमा समापन भएको हो ।
चैत १६ गते कलङ्कीबाट सुरु भएको सो अभियान चैत १७ गते बुढानीलकण्ठ, चक्रपथ, बसुन्धरा र सामाखुसीमा, चैत १८ गते ललितपुरको जावलाखेल, लगनखेल र पाटन दरबारमा, चैत १९ गते सुन्धारा, न्युरोड, पिपलबोट, असन र भोटाहिटीमा, चैत २० गते बल्खुचोक, पाँगा र कालिमाटीमा, चैत २१ गते गौशाला, चावहिल र सुकेधारामा, अन्तिम दिनको कार्यक्रम ललितपुरको सातदोबाटो, काठमाडौँको कोटेश्वर र बागबजारमा सम्पन्न भएको थियो।