Nepal communist party

 प्रेस वक्तव्य (२०८१ चैत्र २७ गते )

नेपाल कम्युनिस्ट पार्टी (मसाल)

Nepal Communist Party (Mashal)

केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com

 प्रेस वक्तव्य

समय अनुकूलको शिक्षा ऐन निर्माण गरी कार्यान्वयनमा ल्याउन सरकारले देखाएको उदासिनता र ढिलासुस्तीका कारण शिक्षकहरूको पेशागत हक हितमा गम्भीर समस्या उत्पन्न भएका छन् । त्यो अवस्थामा विगतमा शिक्षकहरूले आन्दोलन गरेपछि सरकार र शिक्षकहरू बिच त्यस प्रकारको ऐन निर्माण गरी कार्यान्वयनमा ल्याउने सम्झौता भएको थियो । तर सरकारले शिक्षकहरूसित भएका सम्झौतालाई कार्यान्वयन नगरेका कारणले शिक्षकहरू पुनः सडक आन्दोलनमा उत्रिएको जगजाहेर छ । सरकारको त्यस प्रकारको कार्यशैलीको विरोध गर्दै शिक्षकहरूले आÇनो पेशागत हक हित सहित गरेको आन्दोलनप्रति हाम्रो पार्टीले ऐक्यबद्धता प्रकट गर्दछ । यसका साथै शिक्षकहरूसँग भएको सम्झौतालाई तुरुन्त कार्यान्वयन गर्नका लागि हामीले सरकारको ध्यान गम्भीर रूपले आकर्षित गर्दछौँ । शिक्षा ऐन ल्याउँदा निजी शिक्षा क्षेत्रलाई कानुनको दायरामा व्यवस्थित गरी शिक्षा र स्वास्थ्यलाई निःशुल्क गर्ने संवैधानिक व्यवस्था गरिनुपर्दछ । स्थानीय तहका क्षेत्राधिकारलाई सुदृढ गरिनुपर्ने भएपनि शिक्षकको सरुवा, बढुवा र विभागीय कारवाही गर्ने अधिकार केन्दलाई्र हुनुपर्नेमा हामीले जोड दिन चाहन्छौँ ।
२०८१ चैत्र २७ गते
(मोहनविक्रम सिंह)
(महामन्त्री)

पार्टी गतिविधि

Translate »
Scroll to Top