Nepal communist party

 प्रेस वक्तव्य (२०८१ चैत्र २८ गते)

नेपाल कम्युनिस्ट पार्टी (मसाल)

Nepal Communist Party (Mashal)

केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com

 प्रेस वक्तव्य

गणतन्त्र र धर्मनिरपेक्षता विरुद्धको राजावादीहरूको खतरालाई हाम्रो पार्टीले पहिलेदेखि नै गम्भीर रूपमा लिँदै आएको छ र त्यो अब अरू गम्भीर भएको छ भन्ने हाम्रो निष्कर्ष छ । त्यसैले हामीले त्यो राजावादी खतराका विरुद्धको सङ्घर्षलाई अरू तिव्र बनाउनुपर्ने निर्णय गरेका छौँ । त्यस सिलसिलामा आजै बसेको उपलब्ध पीबीएम समेतको केन्द्रीय कार्यालयको बैठकले २०८२ साल वैशाख २० गते देखि २६ गतेसम्म देशव्यापी रूपमा पालिका तहमा गणतन्त्र र धर्म निरपेक्षताको रक्षाका लागि सङ्घर्षको सञ्चालन गर्ने निर्णय गरेको छ । प्रतिगामी खतराका विरुद्ध भएका सत्ता वा प्रतिपक्षका अन्य पक्षहरूसित पनि कार्यगत एकता वा सहकार्य गर्नको लागि हाम्रो नीति खुला रहने छ ।
२०८१ चैत्र २८ गते ।
(मोहनविक्रम सिंह)
(महामन्त्री)

पार्टी गतिविधि

Translate »
Scroll to Top