Nepal communist party

 प्रेस वक्तव्य (२०८२ बैशाख ०१ गते)

नेपाल कम्युनिस्ट पार्टी (मसाल)

Nepal Communist Party (Mashal)

केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com

 प्रेस वक्तव्य

१. २०८२ को नयाँ दिनको अवसरमा ने.क.पा. (मसाल)ले सम्पूर्ण नेपाली जनताप्रति मङ्गलमय शुभकामना प्रकट गर्न चाहन्छ । आज, एकातिर, देशमा प्रतिगमनको खतरा बढ्दै गएको छ । त्यो अवस्थामा नेपाली जनताले करिव एक शताब्दीसम्म त्याग, बलिदान र सङ्घर्ष गरेर प्राप्त गरेका महान् उपलब्धिहरू, खास गरेर गणतन्त्र, धर्मनिरपेक्षताको रक्षा गर्ने जिम्मेवारी हाम्रा अगाडि छन् भने, अर्कातिर, विश्वस्तरमा साम्राज्यवादका कारणले बढ्दै गएको युद्ध खतराबाट शान्तिको रक्षाका लागि बढी भन्दा बढी योगदान दिने जिम्मेवारी पनि हाम्रा अगाडि छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा उक्त जिम्मेवारी पूरा गर्दै नयाँ जनवादी क्रान्तिको लागि आधार तयार पार्ने जिम्मेवारी पनि हाम्रा अगाडि छ । हामीलाई आशा र विश्वास छ, नयाँ वर्षमा हामी उक्त जिम्मेवारी पूरा गर्न बढी भन्दा बढी सफल हुने छौं ।
२. ने.क.पा. (मसाल)को केन्द्रीय समितिको बैठक हालै सम्पन्न भएको छ । त्यसले राष्ट्रिय जनमोर्चाका तर्फबाट हालै आयोजित सङ्घीयताका विरुद्धको राजधानी केन्द्रित आन्दोलनको समीक्षा ग¥यो । हामी आन्दोलनको तयारीमा रहेको बेलामा नै चैत्र १५ गते काठमाडौ“मा राजावादीको हिंसात्मक प्रदर्शन भएर प्रतिगमनको खतरा गम्भीर हुन गएको थियो । त्यो अवस्थामा गणतन्त्रको रक्षाका लागि पनि सङ्घर्षलाई तीव्र पार्नुपर्ने आवश्यकता हुन गयो । त्यसैले सङ्घीयताका विरुद्ध केन्द्रित आन्दोलनलाई गणतन्त्र र राष्ट्रियताको रक्षाका लागि पनि अगाडि बढाउनुपर्ने आवश्यकता हुन गयो । त्यसैले पहिले सङ्घीयताका विरुद्ध मात्र केन्द्रित आन्दोलनको नारालाई परिमार्जन गरेर “गणतन्त्र र राष्ट्रियताको रक्षा तथा सङ्घीयताको खारेजी” नाराको आधारमा सङ्घर्ष गर्ने निर्णय गरियो । त्यस अनुसार उक्त आन्दोलन भव्य रूपमा सफल भएको केन्द्रीय समितिको निष्कर्ष रहेको छ ।
३. उक्त आन्दोलन अत्यन्त कठिन र प्रतिकूल परिस्थितिमा सम्पन्न भएको थियो । देशभरि र प्रवासबाट समेत ठुलो सङ्ख्यामा प्रदर्शनकारीहरू काठमाडौ“ंमा आउनु र पुग–नपुग एक हप्तासम्म काठमाडौ“मा बस्नु सामान्य कुरा थिएन । त्यही बेलामा प्रदुषण बढेर काठमाडौ“ संसारको नै एक नम्बरको प्रदुषित सहर बनेको थियो । त्यो स्थितिमाथि ध्यान दि“दै पहिले चैत्र २४ गतेदेखि ३० गतेसम्मका लागि निर्धारित गरिएको कार्यक्रमलाई २ दिन घटाएर २८ गतेसम्म सञ्चालन गर्ने निर्णय गरिएको थियो । तैपनि आर्थिक स्थिति, खाने, बस्ने व्यवस्था तथा मौसमको प्रतिकुलताको अवस्थामा पनि आन्दोलन भव्य रूपमा सफल हुनु कार्यकर्ताहरूको उच्च प्रकारको चेतनाका कारणले नै सम्भव हुन गएको हो । त्यसका लागि आन्दोलनमा सहभागी सबै कार्यकर्ताहरू र उनीहरूलाई सहयोग पु¥याउने देशभित्र, प्रवास र विदेशका समेत सम्पूर्ण जनतालाई हाम्रो पार्टीले धन्यवाद दिन चाहन्छ ।
४. सङ्घीयता विरुद्धको उक्त आन्दोलन हाम्रो लागि यस कारणले पनि धेरै कठिन थियो कि देशका अन्य सबैजसो राजनीतिक पार्टीहरूले सङ्घीयतालाई नै समर्थन गर्दछन् । त्यसकारण ती सबै हाम्रो आन्दोलनका विरुद्ध थिए । राप्रपाले पनि सङ्घीयताको विरोध गर्दछ । तर उसको उद्देश्य सङ्घीयताको ठाउ“मा राजाको निरङ्कुश शासन कायम गर्नु हो । त्यसैले उसले सङ्घीयताको विरोध गरेपनि त्यसको उद्देश्य पुरानो प्रकारको केन्द्रिकृत सामन्ती र नोकरशाही प्रकारको एकात्मक प्रणाली कायम गर्नु हो । त्यसकारण त्यसले कायम गर्ने एकात्मक प्रणालीको प्रकृति प्रतिगामी प्रकारको भएको कुरा प्रष्ट छ । त्यसको विपरित हामीले सङ्घीयतालाई समाप्त गरेर कायम गर्न खोजेको एकात्मक प्रणाली प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वायत्त शासनमाथि आधारित हुने छ । त्यसैले राप्रपासित सङ्घीयताका विरुद्धको आन्दोलनमा एकता हुन नसक्ने कुरा प्रष्ट नै थियो ।
५. अन्य सबै राजनीतिक शक्तिहरू ता हाम्रो सङ्घीयता विरोधी आन्दोलनका विरोधी नै थिए । त्यसैले हामीले चौतर्फी विरोधका बिचमा सङ्घीयताको आन्दोलन सञ्चालन गर्नु परेको थियो । तैपनि त्यो आन्दोलन भव्य रूपमा सफल भएको कुराले देशमा सङ्घीयताका विरुद्ध व्यापक जनमत भएको कुरालाई बताउ“छ ।
६. जुन बेला सङ्घीयताका विरुद्धको आन्दोलन चलिरहेको थियो, त्यही बेला गणतन्त्र र धर्मनिरपेक्षताका विरुद्ध राजावादीहरूको गतिविधि पनि भइरहेको थियो र अहिले पनि उनीहरूको त्यस प्रकारको गतिविधि बढिरहेको छ । त्यसले देशमा प्रतिगमनको खतरा अत्यन्त गम्भीर भएको कुरालाई बताउ“छ । त्यो कुरामाथि ध्यान दि“दै हाम्रो पार्टीले वैशाख २० देखि २६ गतेसम्म प्रतिगमनका विरुद्ध देशव्यापी रूपमा आन्दोलन संचालन गर्ने निर्णय गरेको छ । आन्दोलनलाई जनताको तल्लो तहसम्म पु¥याउनको लागि त्यो आन्दोलनलाई पालिका तहमा नै केन्द्रित गरिने छ । वैशाख २० गते भन्दा पहिले आन्दोलनको प्रचारात्मक कार्य र आन्तरिक सङ्गठनात्मक तयारीमा लगाइनेछ र २० गतेदेखि २६ गतेसम्म आन्दोलनमा जोड लगाइने छ । पूर्व राजाको नेतृत्वमा राजावादीहरूले राजतन्त्रको पुनस्र्थापनाका लागि घोषित र सङ्गठित रूपले प्रयत्न गरिरहेका छन् । त्यसकारण गणतन्त्र र धर्मनिरपेक्षताको रक्षाका लागि पूरा जोड लगाउनु अहिलेको राष्ट्रिय आवश्यकता भएको छ । त्यसरी नै देशलाई प्रतिगमनको दिशामा जानुबाट रोक्न सकिन्छ र रोक्नु पनि पर्दछ ।
७. यो खुसीको कुरा हो कि अहिले देशमा गणतन्त्रको रक्षाका लागि सत्ता वा प्रतिपक्षका धेरै राजनीतिक शक्तिहरू अगाडि आएका छन् । त्यस प्रकारका राजनीतिक शक्तिहरू मध्ये माओवादी, एकीकृत समाजवादी, एमाले, ने.का. आदि उल्लेखनीय छन् । प्रतिगमनका विरुद्ध र गणतन्त्रका पक्षमा उनीहरूका त्यस प्रकारका कदमहरुलाई हाम्रो पार्टीले समर्थन गर्दछ । हाम्रो नीति सत्ता वा विपक्षमा भएका विभिन्न राजनीतिक शक्तिहरूसित हाम्रा विगतमा वा अहिले पनि विभिन्न प्रकारका मतभेदहरू भएपनि हाम्रो नीति उनीहरूका प्रतिगमनका विरुद्धका सङ्घर्षहरुलाई समर्थन गर्ने, उनीहरूका त्यस प्रकारका आन्दोलनहरूसित सामञ्जस्यता कायम गर्ने वा केन्द्र र स्थानीय स्तरमा सम्भव भएसम्म सहकार्य वा कार्यगत एकता गर्ने नै हुने छ । निश्चय नै, त्यसो गर्दा उनीहरूसितका मतभेदहरूलाई राजनीतिक रूपले संचालन गर्ने हाम्रो नीति कायम रहने छ ।
८. नेपालको राजनीतिक इतिहासमा वामपन्थी वा प्रजातान्त्रिक पक्षका कतिपय नेताहरूले आÇना महŒवकाङ्क्षा वा पद प्राप्तिका लागि आÇनो सिद्धान्त वा नीतिहरूलाई त्यागेर राजासित मिलेका कैयौं उदाहरणहरू छन् । त्यस सन्दर्भमा कम्युनिस्ट पार्टीका डा. केशरजङ्ग रायमाझी र नेपाली काङ्ग्रेसका तुलसी गिरी र विश्वबन्धु थापाका उदाहरणहरूलाई विशेष रूपले चर्चा गर्न सकिन्छ । अहिले पनि नेका वा कतिपय कम्युनिस्ट नेताहरूले दिएका अभिव्यक्तिहरूबाट त्यस प्रकारका घटनाहरूको पुनरावृत्ति हुने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । व्यक्तिगत महŒवाकाङ्क्षा वा पदलोलुपताका कारणले नेपालका धेरै नेताहरूको पतन हुने गरेको छ । त्यसकारण त्यस प्रकारको घटनाको पुनरावृत्ति तथा त्यसबाट देशको राजनीतिमा असर पर्ने सम्भावनातिर पनि हाम्रो गम्भीर ध्यान जानुपर्ने आवश्यकता छ ।
९. यो थाहा भएको कुरा हो कि नेपालका प्रतिगामी शक्तिहरूले एकातिर, पिछडिएका वा जनप्रियतावादी सोचाइहरूलाई आधार बनाएर तथा, अर्कातिर, विभिन्न वामपन्थी वा प्रजातान्त्रिक सङ्गठनहरूमा क्रियाशील अवसरवादी तŒवहरूलाई उपयोग गरेर नै आÇना प्रतिगामी नीतिहरूलाई सफल पार्ने प्रयत्न गर्ने गरेका छन् । अहिले पनि विभिन्न वामपन्थी वा प्रजातान्त्रिक शक्तिहरूका प्रतिगमनप्रति सम्झौतापरस्त दृष्टिकोण राख्ने नीतिहरूबाट प्रतिगमनलाई बल पुग्ने गरेको पाइन्छ । अहिले नेकाभित्रको एउटा ठुलो पङ्क्ति राजतन्त्रको पुनस्र्थापना वा हिन्दु राष्ट्रको स्थापनाको पक्षमा छ । माओवादीले पनि पदको लागि विभिन्न पक्षहरुसित सिद्धान्तहीन प्रकारले सौदावाजी गर्ने गरेका उदाहरणहरू हाम्रा अगाडि छन् । अहिले एमालेले प्रतिगमनका विरुद्ध स्पष्ट नीति लिएको देखिन्छ । तर गतकालमा त्यसले प्रतिगामी शक्तिहरूप्रति बारम्बार सम्झौतापरस्त नीतिहरू अपनाएको तथा धर्मनिरपेक्षताका विरुद्ध काम गरेका कैयौ“ उदाहरणहरू छन् । कतिपय वामपन्थी शक्तिहरूले पनि गणतन्त्र र धर्मनिरपेक्षता वा प्रतिगमनको खतराको प्रश्नमा ढुलमुल र अवसरवादी वा सम्झौतापरस्त नीति अपनाएको पाइन्छ । यी सबै कारणहरूले पनि प्रतिगमनलाई एक वा अर्को प्रकारले बल पु¥याउने गरेका छन् । त्यसकारण देशमा प्रतिगमन विरुद्धको सङ्घर्षलाई सशक्त रूपले अगाडि बढाउनको लागि विभिन्न राजनीतिक शक्तिहरूमा भएका त्यस प्रकारका गलत सोचाइहरूको आलोचना गर्ने र त्यसबाट आम जनतामा पर्न गएको भ्रमलाई साफ गर्न हाम्रो विशेष ध्यान जानुपर्ने आवश्यकता छ । त्यस प्रकारको कमजोरीहरूका बाबजुद उनीहरूले जुन हदसम्म गणतन्त्र र धर्मनिरपेक्षताको पक्षमा वा प्रतिगमन विरुद्धको सङ्घर्षमा सकारात्मक भूमिका खेल्दछन्, हाम्रो नीति उनीहरूसित तालमेल गर्ने नै हुनेछ वा हुनुपर्दछ ।
१०. अन्तमा आज विश्वस्तरमा साम्राज्यवाद र युद्ध तथा नेपालमा प्रतिगमनको खतरा धेरै नै गम्भीर भएपनि विश्वस्तरमा र नेपालमा पनि जनताको उच्च चेतनाका कारणले साम्राज्यवादका युद्धका नीतिहरुलाई पराजित गरेर युद्धलाई रोक्नु र शान्ति कायमगर्नु, नेपालमा प्रतिगमनको खतराबाट देशमा गणतन्त्र र धर्मनिरपेक्षताको तथा राष्ट्रियताको समेत रक्षा गर्नु सम्भव हुनेछ भन्ने हामीले आशा गरेका छौं । त्यसका साथै विश्वस्तरमा पनि साम्राज्यवादका विरुद्ध र शान्तिका पक्षमा बढीभन्दा बढी योगदान दिने हाम्रो प्रयत्न हुनेछ । त्यसैले आगामी वर्ष समग्र रूपमा उज्ज्वल हुनेछ भन्ने कुरामा हामीलाई पूर्ण विश्वास छ ।

२०८२ बैशाख ०१ गते ।

(मोहनविक्रम सिंह)
(महामन्त्री)

पार्टी गतिविधि

Translate »
Scroll to Top