नेपाल कम्युनिस्ट पार्टी (मसाल)
Nepal Communist Party (Mashal)
केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com
वक्तव्य
आज १९ औं लोकतन्त्र दिवस हो । आजभन्दा १८ वर्ष पहिले संयुक्त आन्दोलनपछि तात्कालिक राजा ज्ञानेन्द्रको निरंकुश सत्ता समाप्त भएको थियो र देशमा बहुदलीय व्यवस्था कायम भएको थियो । त्यसको केही समय पछि राजतन्त्र नै समाप्त भएको थियो । राजा ज्ञानेन्द्रले बारम्बार यो बताउने गरेका छन् कि उनले ठूलो त्यागको प्रदर्शन गरेर राजसत्ता जनतालाई सुम्पेका थिए । तर वास्तविकता त्यो होइन्, उनले ता वैधानिक राजतन्त्रलाई समाप्त गरेर निरंकुश सत्ता कायम गरेका थिए । जनताको आन्दोलनको दवावका कारणले नै राजतन्त्र समाप्त भएर देश गणतन्त्रमा गएको थियो ।
आज उनी फेरि राजतन्त्र को पुर्नस्थापनाका लागि संगठित रूपले प्रयत्न गरिरहेका छन् । आज लोकतन्त्र दिवसको अवसरमा नेपाली जनताले देशलाई प्रतिगमनतिर लैजाने सबै प्रयत्नहरूको दृढतापूर्वक र एकताबद्ध भएर संघर्ष गर्ने प्रतिबद्धता प्रकट गर्नुपर्दछ ।
आफ्ना न्यायपूर्ण मागहरुका लागि शिक्षकहरूले लामो समयदेखि आन्दोलन गरिरहेका छन् । उनीहरुले पहिले सरकारसित भएको सम्झौता अनुसार नै शिक्षा ऐनको निर्माणको माग गर्दै आन्दोलन गरिरहेका छन् । स्वयं आफै सहमत भएका विषयहरूमा शिक्षा ऐन बनाउनु सरकारको नै जिम्मेवारी हो । त्यस अनुसार शिक्षा ऐन नबनाएर सरकारले गम्भीर प्रकारको ग्रैरजिम्मेवारीपन देखाएको छ । हामीले सरकारको त्यसप्रकारको ग्रैहजिम्मेवार पनको कडा शब्दमा आलोचना गर्दै सीघ्र उनीहरुका माग पूरा गरेर शिक्षा ऐन जारि गर्न माग गर्दछौँ ।
यहाँ यो पनि उल्लेखनीय छ कि अहिले उनीहरुले जुन आन्दोलन गरिरहेका छन्, त्यो ठूलो ऐतिहासिक महत्वको आन्दोलन हो । नेपालमा यति धेरै दिनसम्म हजारौँ मानिसहरुले राजधानीमा आएर लगातार आन्दोलन गरिरहेको उदाहरण नेपालको इतिहासमा नै कमै पाइन्छ । त्यो अवस्थामा हामीले उनीहरुले आन्दोलनप्रति शिक्षकहरुले देखाएको अद्वितीय प्रकारको धैर्यताका लागि उनीहरुलाई अभिनन्दन गर्दछौँ । यसका लागि पनि हामीले गम्भीर दुःख र क्षोप प्रकट गर्दछौँ कि आज सरकारले खाली शिक्षकहरु मात्र होइन, निजामती कर्मचारी वा शिक्षकहरुका न्यायपूर्ण मागहरुप्रति पनि उपेक्षाको नीति अपनाएको छ । त्यसबाट जनतामा ठूलो पैमानामा असन्तोष पैदा भैरहेको छ । त्यस प्रकारको जनअसन्तोषबाट प्रतिगामी शक्तिहरुले नै लाभ उठाउने छन् । त्यसकारण, त्यस्तो स्थिति उत्पन्न हुन नदिन हाम्रो पार्टीले शिक्षकहरु सहित विभिन्न पेशागत समूहहरुका मागहरुलाई सिघ्र पुरा गर्नका लागि सरकारको गम्भीर ध्यानआकर्षण गर्न चाहान्छौ ।
वुटवल निवासी सुदिप न्यौपानेको भारतको काश्मिरको एउटा हिंसात्मक घटनामा मृत्यु भएकोमा हामीले उहाँप्रति श्रद्धान्जली प्रकट गर्दै उहाँको सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौ“ ।
भारतको सी.पी.आइ.–एम.एल. (मास लाइन) का नेता कामरेड संजय सिगवीको निधनप्रति नेकपा मसालले गम्भीर दुःख प्रकट गर्दै उहाँप्रति श्रद्धाञ्जली तथा उहाँको परिवारका सदस्यहरु र उहाँको पार्टीका सबै नेता र कार्यकर्ताहरुप्रति हार्दिक समवेदना प्रकट गर्न चाहान्छ । उहाँ पहिले आइ.सी.ओ.आर. को सहायक संयोजक हुनुहुन्थ्यो भने अहिले आइ.सी.ओ.आर. को एसियन कोअर्डिनेशनका कोअर्डिनेटर पनि हुनुहुन्थ्यो । उहाँ भारतको एउटा प्रशिद्ध अधिवक्ता र मज्दुर नेता पनि हुनुहुन्थ्यो । हाम्रो पार्टीका, आइ.सी.ओ.आर. का अन्तराष्ट्रिय र एसियन कोअर्डिनेशनका कैयौँ कार्यक्रमहरुको सिलसिलामा उहाँ धेरै पल्ट नेपालमा पनि आउनु भएको थियो । त्यसरी हाम्रो पार्टी र उहाँका बिचमा धेरै नै मैत्रिपूर्ण र भाइचारा सम्बन्ध पनि रहेको थियो । उहाँको निधनबाट अन्तराष्ट्रिय क्रान्तिकारी आन्दोलन र भारतको कम्युनिस्ट आन्दोलनलाई पनि धेरै क्षेति पुगेको छ । त्यसका साथै हाम्रो पार्टीले एउटा नेपालको कम्युनिस्ट आन्दोलनको एउटा घनिष्ठ मित्रलाई पनि गुमाएको छ । र त्यसका लागि हामीलाई धेरै दुःख छ ।
२०८२ वैशाख ११ गते
(मोहनविक्रम सिंह)
(महामन्त्री)