नेपाल कम्युनिस्ट पार्टी (मसाल)
Nepal Communist Party (Mashal)
केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com
हार्दिक श्रद्धाञ्जली
चितवन जिल्ला कालिका नगरपालिका निवासी कामरेड मञ्जु आचार्य (का. विहानी)को २०८२ बैशाख २० गते मृत्यु भएको छ । हामीले उहाँको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।
का. आचार्य हाम्रो पार्टीको इमान्दार, लगनशील र अनुशासित सदस्य हुनुहुन्थ्यो । उहाँले पार्टी र विभिन्न जनवर्गीय मोर्चामा रहेर काम गर्नुभएको थियो । उहाँको मृत्युबाट हाम्रो पार्टीको आन्दोलनलाई गम्भीर क्षति पुगेको छ ।
अन्तमा हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछौँ ।
२०८२ बैशाख २१ गते
(मोहनविक्रम सिंह)
(महामन्त्री)