नेपाल कम्युनिस्ट पार्टी (मसाल)
Nepal Communist Party (Mashal)
केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com
वक्तव्य
भारतद्वारा पाकिस्तानमाथि गरिएको सैनिक आक्रमण तथा त्यसबाट उत्पन्न स्थितिमाथि विचार गर्नका लागि आज उपलब्ध पीबीएम सहित ने.क.पा.(मसाल)को केन्द्रीय कार्यालयको बैठक बसेको थियो । त्यो छलफलद्वारा निकालिएको निष्कर्षलाई सार्वजनिक गर्नका लागि यो वक्तव्य जारी गरिएको छ ।
१. भारतद्वारा पाकिस्तानका विभिन्न स्थानहरूमा सैनिक आक्रमण गरिएको छ । त्यसबाट कुन प्रकारको स्थिति उत्पन्न हुने छ र युद्धले कुन प्रकारको रूप लिने छ ? त्यो कुरा सम्भवत: आउने दिनहरूमा नै थाहा हुने छ । जेहोस्, भारत र पाकिस्तानका बिचमा युद्ध हुन्छ भने त्यसले ती दुवै देशहरूलाई ठुलो क्षति पुर्याउनुका साथै पूरै दक्षिण एसियामा पनि त्यसले असर पार्नेछ र त्यसको विश्वभरमा नै प्रभाव पर्ने छ ।
२. समाचार माध्ययमद्वारा प्राप्त जानकारी अनुसार भारतले आतङ्कवादीहरूमाथि नै आक्रमण गरेको भने पनि त्यो आक्रमणबाट कैयौँ निर्दाेष महिला र बालबालिकाहरूको पनि हत्या भएको छ । त्यस प्रकारको कारबाहीलाई अवश्य पनि न्यायसङ्गत भन्न सकिन्न र हामीले त्यस प्रकारको कारवाहीको विरोध गर्दछौँ ।
३. भारत र पाकिस्तान दुवै आणविक शक्ति सम्पन्न राष्ट्रहरू हुन् । त्यो युद्धको क्रममा अणुबमहरूको पनि प्रयोग भयो भने त्यसबाट ठुलो क्षति पुग्ने छ । त्यसकारण हामीले यो कुरामा जोड दिन्छाँै कि उनीहरूका आपसी मतभेद वा समस्याहरूलाई परस्परमा छलफल गरेर टुङ्गाउनको लागि कोशिस गर्दै युद्धलाई रोक्न दुवै देशहरूले ध्यान दिनुपर्ने आवश्यकतामा हामीले जोड दिन्छौँ । त्यसका लागि हामीले संयुक्त राष्ट्र सङ्घ र विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूको पनि ध्यान आकर्षित गर्न चाहान्छौँ ।
४. पहलगामको घटना अवश्य पनि आतङ्कवादी घटना हो । संसारमा जहाँ पनि निशस्त्र र निरपराध जनतामाथि गरिने कुनै पनि हिंसात्मक कारबाही आतङ्कवादी कारबाही हो र हामीले त्यसको सँधै विरोध गर्दै आएका छौँ र पहलगामको आतङ्कवादी कारबाहीको पनि हामीले तिव्र शब्दमा विरोध र भत्र्सना गर्दछौँ ।
५. पहलगामको हत्याकाण्डपछि सम्बन्धित अपराधीहरूलाई पत्ता लगाएर उनीहरूलाई आवश्यक दण्डसजाय गर्न नै सही र न्यायोचित कार्य हुन्थ्यो । तर त्यसको नाममा कुनै देशमाथि आक्रमण गर्नु र त्यसरी युद्धको स्थिति तयार पार्नु अवश्य पनि सही कुरा होइन ।
६. कास्मिरकाजनताले लामो समयदेखि जनमत सङ्ग्रहद्वारा आˆनो भाग्यको फैसलागर्ने आत्मनिर्णयको अधिकारका लागि सङ्घर्ष गर्दै आएकाछन् । अहिले कास्मिरकाइलाकामाएकातिर भारतले र अर्काेतिर पाकिस्तानले कब्जाजमाएकाछन् ।त्यसरी कास्मिरकाजनतातीदुवै देशद्वारा पिडितछन् ।
७. पहिले संयुक्त राष्ट्रसङ्घकोमध्येस्थतामा र भारत र पाकिस्तान दुवै देशहरूको सहमतिमा काश्मिरका जनतालाई जनमत सङ्ग्रहद्वारा भारत र पाकिस्तानमध्ये कुनै देशमा मिल्ने वा स्वतन्त्र रहने निर्णय गर्न दिने सम्झौता भएको थियो । तर पछि भारतले स्वयम् आˆनै सहमतिमा भएको त्यो सम्झौतालाई अस्वीकार गर्यो र पूरै काश्मिरमा आˆनो अधिकार भएको दाबी गर्यो । त्यसले काश्मिरमा जनमत सङ्ग्रह गराउन पनि अस्वीकार गर्यो । काश्मिरका जनताले गत करिब ७ दशकदेखि आˆनो भाग्यको फैसला गर्न जनमत सङ्ग्रहको लागि आन्दोलन गर्दै आएका छन् । त्यो सम्झौता लागु नभएको हुनाले नै काश्मिरमा अशान्ति छ । काश्मिरका जनताले जनमत सङ्ग्रहका लागि गरिरहेको आन्दोलन न्यायपूर्ण छ र हामीले त्यसलाई दृढतापूर्वक समर्थन गर्दछौँ ।
८. काश्मिरका जनताले जनमत सङ्ग्रहका लागि गरिरहेको न्यायपूर्ण आन्दोलनको सिलसिलामा त्यहाँ आतङ्कवादी गतिविधिहरू पनि देखापर्ने गरेका छन्, जसको ताजा उदाहरण पहलगामको घटना हो । काश्मिरमा कतिपय आतङ्कवादी गतिविधिहरू हुने गरेको भएपनि त्यो कारणले काश्मिरका जनताको जनमत सङ्ग्रहको न्यायपूर्ण मागलाई गलत बताउनु वा दबाउनु अवश्य पनि सही हुने छैन ।
९. काश्मिर सम्बन्धी विवादका कारणले भारत र पाकिस्तानका बिचमा कैयौँपल्ट युद्धहरू भएका छन् र अहिले पनि युद्धको स्थिति उत्पन्न भएको छ । जबसम्म काश्मिरका जनताको जनमत सङ्ग्रहको न्यायपूर्ण मागलाई पूरा गरिने छैन, काश्मिरको तनावपूर्ण अवस्था कायम रहिरहने छ र शक्तिको बलमा त्यसलाई दबाउन कहिल्यै पनि सम्भव हुने छैन । त्यसैले संयुक्त राष्ट्र सङ्घकोमध्येस्थतामा तथा स्वयम् भारत र पाकिस्तानको बिचमा भएको सहमति अनुसार काश्मिरमा जनमत सङ्ग्रह गराएर त्यहाँका जनतालाई आˆनो भाग्यको फैसला गर्ने अधिकार दिनु नै अहिलेको काश्मिरमा देखापरेको तनावपूर्ण स्थिति र अशान्तिको समेत समाधान हुने छ । त्यो अवस्थामा दशाब्दियौँदेखिको पाकिस्तान र भारतका बिचको तनाबपूर्ण सम्बन्धमा पनि सुधार हुने छ ।
२०८२ वैशाख २५ गते ।
(मोहनविक्रम सिंह)
(महामन्त्री)