Nepal communist party

हार्दिक श्रद्धाञ्जली (२०८२ वैशाख २७ गते)

नेपाल कम्युनिस्ट पार्टी (मसाल)

Nepal Communist Party (Mashal)

केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com

हार्दिक श्रद्धाञ्जली

कामरेड प्रदीप नेपालको २०८२ वैशाख २३ गते भएको मृत्युप्रति हामीले गहिरो दु:ख व्यक्त गर्दै सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।
कामरेड प्रदीप नेपालको नेपालको लोकतान्त्रिक तथा कम्युनिस्ट आन्दोलनमा महत्त्वपूर्ण भूमिका रहेको छ । यी दुवै आन्दोलनलाई अगाडि बढाउन उहाँ निरन्तर सङ्घर्षशील भइरहनु भयो । उहाँ राम्रो पत्रकार, लेखक र साहित्यकार पनि हुनुहुन्थ्यो । उहाँको राजनीतिक, सामाजिक तथा साहित्यिक योगदानलाई नेपाली समाजले सदैव याद गर्ने छ । उहाँको मृत्युबाट नेपालको लोकतान्त्रिक तथा कम्युनिस्ट आन्दोलनका साथै साहित्यिक क्षेत्रमा अपूरणीय क्षति भएको छ ।
अन्तमा हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।
२०८२ वैशाख २७ गते ।

(मोहनविक्रम सिंह)
(महामन्त्री)

पार्टी गतिविधि

Translate »
Scroll to Top