Nepal communist party

प्रेस वक्तव्य (२०८२ जेष्ठ १३ गते)

नेपाल कम्युनिस्ट पार्टी (मसाल)

Nepal Communist Party (Mashal)

केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com

प्रेस वक्तव्य
(नेपाल कम्युनिस्ट पार्टी (मसाल)को २०८२ जेष्ठ १३ गते उपलब्ध सीसीएम सहित बसेको केन्द्रीय कार्यालयको बैठकद्वारा पारित)

१. नेपालको राजनीतिक इतिहासमा जेठ १५ गतेको ठुलो ऐतिहासिक महŒव छ । त्यही दिनमा नै नेपालमा करिब ढाईसय वर्षसम्म रहेको राजतन्त्रको अन्त भएर गणतन्त्रको स्थापना भएको थियो । त्यो ऐतिहासिक महŒवको दिन भएको हुनाले ने.क.पा. (मसाल)ले त्यो दिन देशव्यापी रूपमा ‘प्रतिगमनका विरुद्ध सङ्घर्ष गरौं, गणतन्त्रको रक्षा गरौं’ नारा सहित देशव्यापी रुपमा गणतन्त्र दिवस मनाउने निर्णय गरेको छ ।
२. अहिले राजावादीहरूले गणतन्त्रलाई समाप्त गरेर राजतन्त्रको पुनस्र्थापनाका लागि सङ्गठित र योजनाबद्ध प्रकारले आÇनो गतिविधि अगाडि बढाइरहेका छन् । त्यो अभियानको नेतृत्व स्वयं पूर्वराजाले गरिरहेका छन्, यद्यपि त्यो गतिविधि अगाडि बढाउने क्रममा उनको नेतृत्वको बारम्बार दिवालियापन हु“दै गएको कुरा घटनाक्रमबाट झन्पछिझन् प्रस्ट हु“दै गएको छ ।
३. वास्तवमा राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्व पर्दाभित्रबाट स्वयं पूर्व राजाले नै गर्दै आएका छन् । पहिले उनले त्यसको नेतृत्वमा विभिन्न गुटहरूको हेराफेरि गर्दै पुनरुत्थानवादी गतिविधिलाई प्रभावशाली बनाउन कोशिस गर्दै आएका थिए । उनले मनोनित गरेको नेतृत्वको भूमिका प्रभावशाली वा विश्वसनीय हुन नसकेपछि उनले एउटा पुरानो र निष्क्रिय भएर बसेका पञ्चको नेतृत्वमा सङ्घर्षलाई अगाडि बढाउने नीति अपनाएका थिए । तर त्यो नेतृत्वमाथि स्वयं राप्रपाका नेताहरूको विश्वास नभएर त्यसका कतिपय प्रमुख नेताहरू त्यसबाट अलग भएका थिए । पुरानो पञ्चको नेतृत्वमा बनेको समितिमाथि पनि विश्वास नभएपछि उनले चैत्र १५ गतेको आन्दोलनका लागि एउटा मेडिकल व्यवसायीलाई कमाण्डरका रूपमा नियुक्त गरेका थिए । तर १५ गतेको उनीहरूको योजना असफल मात्र भएन, त्यो धेरै नै बदनाम भयो र त्यो दिनको काण्डबाट राजावादीहरूको गतिविधिलाई धेरै धक्का पुग्यो । चैत्र १५ गतेको काण्ड लाजमर्दो भएपछि पूर्व राजाले त्यो काण्डसित आÇनो सम्बन्ध नभएको भनेर स्पष्टिकरण दिए र चोखिने प्रयत्न गरे । अहिले अन्य राजावादी नेताहरूले पनि चैत्र १५ गतेको घटनाका लागि एकजना मेडिकल व्यवसायीलाई नै पूरै दोषि ठहराएर आफूहरू चोखिने हास्यास्पद नाटक गर्दैछन् ।
४. चैत्र १५ गतेको कारवाही असफल भएपछि पूर्व राजाले एकजना बुद्धिजीविलाई पुनरुत्थानवादी गतिविधिको सञ्चालन गर्ने जिम्मा दिए । पछि उनले बेग्लाबेग्लै गुटमा बाँडिएका राजावादी नेताहरूलाई निर्मल निवासमा बोलाएर उनीहरूका बिचमा एकता कायम गर्ने प्रयत्न गरेका छन् र उनीहरूको अभियानको नेतृत्वको जिम्मा एउटा पूर्व पञ्चलाई नै दिएका छन् ।जेष्ठ १५ गते देखिको उनीहरूद्वारा घोषित कथित आन्दोलनका लागि पनि निर्मल निवासमा एउटा बैठक बस्यो । तर त्यो बैठकले के योजना बनाएको छ ? उनीहरूले त्यसलाई गोप्य नै राखेका छन् ।राप्रपाका एकजना नेताले ठुलो सङ्ख्यामा जनता सङ्घर्षमा उत्रेमा एकै दिनमा पनि गणतन्त्र समाप्त गर्न सकिने बताएका छन् । त्यसबाट यो अनुमान गर्न सकिन्छ कि उनीहरूले चैत्र १५ गतेजस्तो एकै दिनमा गणतन्त्रलाई समाप्त गर्ने र पूर्व राजालाई गद्दिमा बसाल्ने गोप्य योजना बनाएको सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न । उनीहरूले आÇनो कार्यक्रम शान्तिपूर्ण हुने बताएका छन् । तरत्यो कार्यक्रमको स्वरूप शान्तिपूर्ण नै भएको भए त्यसलाई गोप्य राख्नुपर्ने आवश्यकता हु“दैनथ्यो ।
५. पहिले पूर्व राजाले गोरखपुरमा गएर उत्तरप्रदेशका मुख्यमन्त्रीसित भेटघाटगरेको, त्यसपछि पोखरामा आएर उनलाई साथ दिन जनतालाई आÞवान गरेको, उनी काठमाडौ“ आउ“दा गरिएको प्रदर्शनमा उत्तर प्रदेशका मुख्यमन्त्रीको पनि फोटोको प्रदर्शन गरिएको समेत कुरामाथि ध्यान दि“दा उनीहरूको जेठ १५ गतेदेखि सुरु हुने कार्यक्रममा भारतका कट्टर हिन्दुवादीहरूको पनि समर्थन रहने कुरा बुझ्न गाह्रो पर्दैन । यी सबै कुरामाथि विचार गर्दा अहिले प्रतिगमनको खतरालाई हल्का रूपमा लिनु सही नहुने कुरा प्रस्ट छ ।
६. करिब एक शताब्दीभन्दा बढी समयदेखि नेपाली जनताको सङ्घर्ष र सहिदहरूको वलिदानद्वारा प्राप्त भएको गणतन्त्रको रक्षा गर्नु अहिलेको हाम्रो राष्ट्रिय र ऐतिहासिक जिम्मेवारी हुन गएको छ । त्यसरी नेपाली जनताको लामो र गौरवपूर्ण आन्दोलनबाट प्राप्त भएको गणतन्त्रलाई विदेशी दवावमा स्थापना गरिएको भनेर त्यसलाई अवमूल्यन गर्ने काम पनि राजावादीहरुद्वारा मात्र होइन, अन्य कतिपय पक्षहरुद्वारा पनि, कतिपय वामपन्थी पक्षहरूद्वारा पनि हुने गरेको छ ।
७. राजावादीहरूले राजतन्त्रको पुनस्र्थापनाका लागि हिन्दु धर्मलाई हतियार बनाउने प्रयत्न गरिरहेका छन् । नेपालमा बहुसङ्ख्यक जनता हिन्दु धर्मावलम्बी नै छन् । त्यसैले राजावादीहरुले यो आशा गरेको देखिन्छ कि सबै हिन्दुहरुले उनीहरूको प्रतिगामी कार्यमा साथ दिनेछन् । तर त्यससित जोडिएको सत्य यो पनि हो कि नेपालमा राणा शासन, पञ्चायती तानाशाही शासन वा विभिन्न प्रकारका निरङ्कुश शासनका विरुद्ध अहिलेसम्मजुन सङ्घर्षहरू चल्ने गरेका छन्, तिनीहरूमा हिन्दु धर्मावलमम्बीहरूको पनि महŒवपूर्ण भूमिका रह“दै आएको छ । त्यो अवस्थामा नेपालको वामपन्थी प्रजातान्त्रिक आन्दोलनलाई धार्मिक वा साम्प्रदायिक आधारमा विभाजन गर्न खोज्नु वा हिन्दु धर्मलाई गणतन्त्रका विरुद्ध हतियारको रूपमा प्रयोग गर्न खोज्नु अत्यन्त गैरजिम्मेवार र निन्दनीय कार्य हो ।
८. नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक वा बहुधार्मिक देश हो । त्यो अवस्थामा नेपालका कुनै एउटा जाति, धर्म, भाषा वा संस्कृतिलाई प्रधान बनाएर तथा अन्यलाई दबाएर होइन, सबै जाति, भाषा, धर्म र संस्कृतिको बिचमा कुनै भेदभाव नगरिकन एकता र सद्भावना कायम गर्नु नै सही पद्धति हुन जान्छ । त्यो कार्य धर्मनिरपेक्षताका आधारमा नै हुन सक्दछ । त्यसैले संविधानमा गणतन्त्रका साथै धर्मनिरपेक्षताको जुन व्यवस्था गरिएको छ त्यो राष्ट्रिय शान्ति र सुव्यवस्थाको लागि सही पद्धति हो । राजावादीहरूले आÇना प्रतिगामी उद्देश्य पूरा गर्नका लागि विभिन्न धर्महरूका बिचमा साम्प्रदायिकता वा वैरभाव फैलाउने प्रयत्न गरिरहेका छन् ।
९. विश्वभरको इतिहासले बारम्बार यो बताउ“दै आएको छ कि कुनै देशको जनआन्दोलन वा क्रान्तिद्वारा Çयाँकिएका शासक वर्गहरूले सत्ताबाट च्यूत भएपछि पनि आÇनो पहिलेको ‘स्वर्गीय’ जीवन पुनः प्राप्त गर्नका लागि स“धै प्रयत्न गरिरहन्छन् । त्यो ऐतिहासिक नियमबाट नेपाल पनि अपवाद छैन । २००७ साल पछि पनि राणाहरुले पुनः राणा शासन फर्काउनका लागि प्रयत्न गरेका थिए । २०१७ सालमा राजा महेन्द्रले बहुदलीय व्यवस्थालाई समाप्त गरेर निरङ्कुश शासन कायम गर्ने प्रयत्न गरेका थिए । २०५९ सालमा पूर्वराजा ज्ञानेन्द्रले बहुदलीय व्यवस्था समाप्त गरेर निरङ्कुश शासन कायम गरेका थिए । तर ती सबै प्रयत्नहरूलाई जनताले असफल बनाइदिएका थिए । अहिले राजावादीहरूले त्यही प्रकारले राजतन्त्रको पुनस्र्थापना गर्न अभियान चलाइरहेका छन् । तर विश्वको र नेपालको पनि इतिहासले स“धै यो प्रमाणित गर्दै आएको छ कि त्यस प्रकारका प्रतिक्रियावादी प्रयत्नहरू स“धै पराजित हुन्छन् र उनीहरूले इतिहासको अग्रगमनको दिशालाई रोक्न सक्दैनन् । त्यसकारण नेपालमा पनि राजावादीहरूका प्रयत्नहरू सफल हुन नसक्ने कुरा निश्चित छ । तैपनि नेपालका राजनीतिक परिवर्तनहरू पछि सत्तामा आएका राजनीतिक शक्तिहरूका गलत नीति वा क्रियाकलापहरूका कारणले जनतामा उत्पन्न असन्तोष र निराशाका कारणले प्रतिगामी शक्तिहरूलाई केही न केही बल प्राप्त हुने गरेको छ । त्यसकारण हामीले विभिन्न राजनीतिक शक्तिहरूले सत्तामा गएर अपनाएका त्यस प्रकारका गलत नीति र क्रियाकलापहरूका विरुद्ध जनतालाई सचेत र आन्दोलित गर्दै तथा देशमा अहिले कायम भएको लोकतन्त्र वा गणतन्त्रलाई अरु उन्नत रूपमा विकसित गर्नका लागि सङ्घर्ष गर्दै प्रतिगामी शक्तिहरूका गणतन्त्र र धर्मनिरपेक्षता विरुद्धका सबै पुनउत्र्थानवादी गतिविधिहरूका विरुद्ध पनि सम्झौताहीन प्रकारले सङ्घर्ष गर्ने नीति अपनाउनु पर्छ ।
१०. अहिले राजावादी नेताहरूले निर्मल निवासमा बैठक गरेर जेठ १५ गतेको लागि गोप्य योजना बनाएको समाचार बाहिर आएको छ । तर चैत्र १५ गते जस्तै उनीहरूको त्यस प्रकारको प्रतिगामी योजना असफल हुने छ भनेर दावीपूर्वक भन्न सकिन्छ र त्यस प्रकारको कुनै पनि प्रयत्नका विरुद्ध एकताबद्ध भएर अगाडि आउनका लागि हामीले सबै गणतन्त्र पक्षधर राजनीतिक शक्तिहरू तथा आम जनतासित पनि अपील गर्दछौ“ ।
११. हामीले स“धै यो कुरामा जोड दि“दै आएका छौ“ कि, प्रतिगमनको खतरालाई हल्का रूपमा लिनु हु“दैन र त्यसका विरुद्ध भएका सबै शक्तिहरूमा ऐक्यवद्धता हुनुपर्दछ । प्रतिगमनका विरुद्ध भएका विभिन्न राजनीतिक शक्तिहरूका बिचमा भएका विभिन्न प्रकारका अन्तर्विरोध वा अन्तरघातहरूका कारणले प्रतिगमनलाई बल पुग्ने गरेको छ ।
१२. प्रतिगमनका विरुद्धको सङ्घर्षमा देखापरेका त्यस प्रकारका गलत नीति वा क्रियाकलापहरूलाई सच्चाउ“दै प्रतिगमनका विरुद्धको सङ्घर्षमा उच्च प्रकारको ऐक्यवद्धता कायम गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।
१३.गतकालमा प्रतिगमनका विरुद्धको सङ्घर्षमा विभिन्न राजनीतिक शक्तिहरूका गल्ति वा कमजोरीहरुका कारणले कति क्षति पुग्ने गरेको थियो ? त्यसप्रति पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ,जसबाट कि त्यस प्रकारका गल्ती वा कमजोरीहरूको पुनरावृत्ति भएर प्रतिगमनलाई मद्दत पुग्न नजाओस् ।
१४. यो कुनै लुकेको कुरा होइन कि गत आम चुनावमा एमालेको राजावादी सङ्गठनसितको सा“ठगा“ठका कारणले नै उनीहरूको (राजावादी सङ्गठनको) संसदमा बलियो उपस्थिति बन्न गएको थियो । त्यो विषयमा ओलीले दुईदुईपल्ट संसदलाई विघटन गरेकाले पनि प्रतिगमनलाई मद्दत पुगेको थियो । अहिले एमालेले प्रतिगामी खतरा वा राजतन्त्रको पुनस्र्थापनाका विरुद्ध लिएकोनीतिलाई हामीले सकारात्मक रूपमा लिन्छौ“ ।तैपनि गतकालमा उसको राजावादीहरूसितको सा“ठगा“ठको नीतिमाथि विचार गर्दा अहिले त्यसले राजावादीहरूका विरुद्ध लिएको सही नीतिमा कहा“सम्म इमानदारिता र दृढता रहने छ ? त्यसबारे पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता देखिन्छ ।
१५. ने.का.भित्रको प्रतिपक्षले सधै“ गठबन्धनको विरोध गर्दै आएको छ र चुनावको बेलामा पनि त्यसले गठबन्धनका साझा उम्मेदवारहरूलाई हराउने नीति लिएको थियो । अहिले ने.का.भित्र बीपी कोइरालाको स्वयं त्यो बेलाको राजाद्वारा रद्दिको टोकरीमा फालिएको र इतिहासले गलत सावित गरेको ‘राष्ट्रिय मेलमिलाप’को नीतिलाई बोकेर ने.का.को एउटा पक्ष गणतन्त्र र धर्मनिरपेक्षताका विरुद्ध क्रियाशील भएको देखिन्छ । त्यो निश्चित रुपले राजावादी नीति हो । त्यो क्रममा उनीहरूमध्ये कतिपय नेताहरूले तुलसी गिरी र विश्वबन्धुको विरासतलाई निरन्तरता दिने उद्देश्यले काम गरिरहेका ता छैनन् ? त्यो प्रश्न पनि नउठाइकन रहन सकिन्न । तैपनि नेपालमा गणतन्त्रको स्थापना र धर्मनिरपेक्षताको पक्षमा ने.का.को पनि महŒवपूर्ण योगदान रहेको छ । हामीलाई लाग्दछ कि अहिले पनि ने.का.भित्र गणतन्त्र वा धर्मनिरपेक्षताका पक्षमा एउटा ठुलो पङ्क्ति छ । त्यसकारण प्रतिगमनका विरुद्धको सङ्घर्षमा अहिले पनि उनीहरूले महŒवपूर्ण भूमिका खेल्नेछन् भन्ने आशा गर्न सकिन्छ ।
१६. गणतन्त्रको स्थापना र धर्मनिरपेक्षताको पक्षमा माओवादीको पनि महŒवपूर्ण योगदान रहेको छ । तर उनीहरूको नेतृत्वको सिद्धान्तहीन, ढुलमुल, अवसरवादी र पदलोलुप प्रवृत्तिका कारणले प्रतिगमनका विरुद्धको सङ्घर्षमा कैयौ“पल्ट बाधा पुग्ने र फुट हुने गरेको छ । उनीहरूको त्यस प्रकारको भूमिकाका कारणले पा“चदलीय गठबन्धनमा बारम्बार फुट हुने गरेको कुरा पनि आम रूपमा थाहा भएको कुरा हो । तैपनि राजतन्त्रका विरुद्ध र गणतन्त्रको पक्षमा उनीहरूले खेलेको सकारात्मक भूमिका तथा अहिले पनि राजावादीहरूका प्रतिगामी कारवाहीहरूका विरुद्ध उनीहरूले जोडदार प्रकारले आवाज उठाएको कुरामाथि ध्यान दि“दा अहिले देशमा बढिरहेको प्रतिगमनको खतराका विरुद्ध उनीहरूले सकारात्मक भूमिका खेल्ने कुराको आशा गर्न सकिन्छ । नेकाभित्र तुलसी गिरी र विश्वबन्धुको भूमिका जस्तै विभिन्न वामपन्थी समूहभित्र पनि कतिपय व्यक्तिहरूले डा. केशरजङ्ग रायमाझीले जस्तै राजापरस्त नीति अपनाएर आÇनो महŒवकाङ्क्षा पूरा गर्ने सपना ता देखिरहेका छैनन् ? त्यस प्रकारको सम्भावनाप्रति पनि उच्च शतर्कताको आवश्यकता छ ।
१७. जेहोस्, अहिले देशका अन्य कतिपय राजनीतिक शक्तिहरू पनि प्रतिगमनका विरुद्ध तथा गणतन्त्र र धर्मनिरपेक्षताका पक्षमा खुला रूपले अगाडि आएको वास्तविकताप्रति पनि हाम्रो ध्यान जाने गरेको छ । हामीले आशा गर्दछौ“ देशमा प्रतिगमनका विरुद्ध भएका सबै राजनीतिक शक्तिहरूले गतकालका आÇना कमजोरीहरूलाई सच्याउ“दै अहिले देशमा गम्भीर रूपमा देखापरेको प्रतिगमनका विरुद्ध एकतावद्ध भएर तथा सशक्त प्रकारले आन्दोलन अगाडि बढाउने छन् । त्यो नै सम्पूर्ण देश र जनताको हितमा हुने छ ।
१८. गतकालमा हामीले आÇना गम्भीर प्रकारका राजनीतिक मतभेदहरूका बाबजुतत्यस प्रकारका मतभेदहरूलाई बेग्लै चलाउ“दै प्रतिगमनका विरुद्धको सङ्घर्षमा ऐक्यवद्धतामा जोड दि“दै आएका छौ“ । त्यस सन्दर्भमा २०४६ साल, २०६२–६३ साल वा पा“चदलीय गठबन्धनका उदाहरणहरू उल्लेखनीय छन् । अहिले प्रतिगमनका विरुद्ध कुनै कार्यगत एकता वा गठबन्धन बन्न सकेको छैन । तैपनि हाम्रो पार्टीले प्रतिगमनका विरुद्धका सबै पक्षहरुका आन्दोलनहरूलाई समर्थन गर्ने वा उनीहरूसित व्यवहारमा तालमेल कायम गर्ने तथा स्वतन्त्र रूपले पनि आÇनो आन्दोलनलाई अगाडि बढाउ“दै लैजाने हाम्रो नीति हुने छ । हामीले गतकालमा अपनाएको विभिन्न नीतिहरूबाट त्यो कुरा प्रस्ट हुने छ ।
१९. २०८१ चैत्र २४ गतेदेखि २८ गतेसम्म राष्ट्रिय जनमोर्चाले सङ्घीयताका विरुद्ध राजधानी केन्द्रित आन्दोलन सञ्चालन गरेको थियो । प्रारम्भमा त्यसको मुख्य जोड सङ्घीयताको खारेजीसम्म नै सीमित थियो । तर चैत्र १५ गते राजावादीहरूको गतिविधिले उग्र र हिंसात्मक रूप लिएपछि तथा प्रतिगमनको खतरा गम्भीर रूपमा अगाडि आएपछि राजमोले सुरुमा सङ्घीयताका विरुद्ध मात्र रहेको नारालाई “गणतन्त्र र राष्ट्रियताको रक्षा गरौ“ तथा सङ्घीयता खारेज गरौ“”को नाराको रूपमा परिमार्जन गरेको थियो र त्यसरी गणतन्त्रको रक्षामा मुख्य जोड दिएको थियो । राजमोको त्यो नीतिलाई हाम्रो पार्टीले दृढतापूर्वक समर्थन गरेको थियो ।
२०. त्यही नीति अनुसार राष्ट्रिय जनमोर्चाले २०८२ वैशाख २० गतेदेखि २६ गतेसम्म “प्रतिगमनका विरुद्ध सङ्घर्ष गरौ“, गणतन्त्रको रक्षा गरौ“” नाराका आधारमा देशव्यापी रूपमा पालिका स्तरमा सञ्चालन गरेको आन्दोलनलाई समर्थन गरेका थियौ“ । त्यही नीति अनुसार हामीले यही जेठ १० गते पनि राष्ट्रिय जनमोर्चाद्वारा काठमाडौ“मा आयोजित गणतन्त्रबारे अन्तरक्रियात्मक भेटघाटको कार्यक्रममा सहभागी भएर प्रतिगमनका विरुद्धको आन्दोलनमा योगदान दिने प्रयत्न गरेका थियौ“ । त्यो नीतिलाई निरन्तरता दिंदै आज बसेको केन्द्रीय कार्यालयको बैठकले पनि यही जेष्ठ १५ गते “प्रतिगमनका विरुद्ध सङ्घर्ष गरौँ, गणतन्त्रको रक्षा गरौं” नारा सहित देशव्यापी रूपमा गणतन्त्र दिवस मनाउने निर्णय गरेको छ । त्यो कार्यक्रम जिल्ला वा पालिका स्तरमा मनाउने प्रयत्न गरिने छ ।हाम्रो त्यो नीति आगामी दिनमा पनि कायम रहने छ । त्यो क्रममा हामीले गणतन्त्र पक्षधर अन्य पक्षहरूसित पनि तालमेल गर्ने वा सहकार्य गर्ने प्रयत्न गर्नेछौं ।
२१. अहिले देशको राजनीतिमा पूर्वराजा वा पूर्वयुवराज जनताका बिचमा धेरै नै बदनाम भएको हुनाले राजावादीहरूले राजपरिवारको एउटा सदस्यलाई राजा बनाउने प्रकारको कुरा पनि गर्न थालेका छन् । तर हामी यसबारे स्पष्ट हुनुपर्दछ कि जुनसुकै रूपमा भएपनि नेपालमा राजतन्त्रको पुनस्र्थापना एउटा प्रक्रियावादी कार्य नै हो र त्यसले देशलाई प्रतिगमन तथा निरङ्कुशको दिशामा नै लैजाने छ । त्यस प्रकारको कुनै पनि पुनरूत्थानवादी प्रयत्नका विरुद्ध हामीले सम्झौताहीन र दृढतापूर्वक सङ्घर्ष गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौं ।
२२. अन्तमा जेठ १५ गतेले नेपालको राजनीतिक इतिहासमा ठुलो महŒव राख्दछ । त्यो दिनलाई पुस १ गते वा माघ १९ गते जस्तो कालो दिनमा बदल्ने प्रतिगामी शक्तिहरूका सबै प्रयत्नहरूलाई जनताले असफल पार्नेछन् भन्ने कुरामाथि पनि हामीले पूरा विश्वास प्रकट गर्दछौ“ । जनता अजेय शक्ति हुन् । उनीहरूले प्रतिगमनका विरुद्ध बारम्बार विजय प्राप्त गर्दै आएको गौरवपूर्ण इतिहास हाम्रा अगाडि छ । त्यसकारण जनताको त्यो शक्तिका अगाडि सबै प्रतिगामी शक्तिहरू पराजित हुनेछन् भन्ने कुरामाथि पनि हामीलाई पूर्ण विश्वास छ ।

२०८२ जेष्ठ १३ गते

(मोहनविक्रम सिंह)
(महामन्त्री)

पार्टी गतिविधि

Translate »
Scroll to Top