नेपाल कम्युनिस्ट पार्टी (मसाल)
Nepal Communist Party (Mashal)
केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com
प्रेस वक्तव्य
गणतन्त्र र धर्मनिरपेक्षताका विरुद्ध राजावादीहरूले चलाउ“दै लगिरहेको गतिविधिलाई ने.क.पा. (मसाल)ले गम्भीर रूपमा लिन्छ र त्यसप्रति चिन्ता प्रकट गर्दछ । नेपाली जनताले सबै प्रकारको निरङ्कुश शासन, प्रतिगमन वा राजतन्त्रका विरुद्ध लखन थापा, खड्गमान सिंह बस्नेत, प्रजा परिषद् समेतका समयदेखि गर्दै आएको लामो र गौरवपूर्ण इतिहास रहेको छ । त्यो क्रममा नेपाली जनताले लामो त्याग र बलिदान गरेका छन् । ठुलो सङ्ख्यामा देशभक्त नेपालीहरू सहिद भएका छन्, जेल गएका छन् वा भूमिगत भएर काम गरेका छन् । दशकौ“सम्म लाखौ“–लाखौ“ जनता सडकमा उत्रेका छन् । त्यसका तुलनामा राजावादीहरूको केही दिनको वा केही हजार मानिसहरूको आन्दोलन केही दिनको जुलुस प्रदर्शन गौण र नगण्य महŒवको कुरा हो ।
अहिले राजावादीहरूले राजतन्त्रको पुनस्र्थापनाका लागि जुन सङ्घर्ष गरिरहेका छन्, त्यो अस्वाभाविक भने अवश्य होइन । विश्वको इतिहासमा त्यस्तो बारम्बार हुने गरेको छ र नेपालमा पनि हुने गरेको छ । सत्ताबाट पदच्यूत भएका शासक वर्गहरूले आÇनो सत्ता गुमेपछि त्यसको पुनस्र्थापनाका लागि प्रयत्न गर्ने गर्दछन् । २००७ सालमा राणा शासनको अन्त्य भएपछि राणाहरूले गोरखा दल बनाएर राणा शासनको पुनस्र्थापनाका लागि अभियान चलाएका थिए र त्यससिलसिलामा त्रिपुरेश्वरस्थित तत्कालीन गृहमन्त्री विश्वेश्वर कोइरालाको निवास स्थानमा हमला गरेर उनीमाथि खुकुरीले प्रहार गर्ने प्रयत्न पनि गरेका थिए । २०१७ सालमा तात्कालिक राजा महेन्द्रले बहुदलीय व्यवस्था समाप्त गरेर निरङ्कुश राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्थाको स्थापना गरेका थिए । २०५९ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले संसदीय प्रणालीलाई समाप्त गरेर निरङ्कुश शासन कायम गरेका थिए । तर इतिहास साक्षी छ, नेपालको इतिहासमा प्रतिक्रियावादी शक्तिहरूका त्यस प्रकारका प्रयत्नहरूलाई जनताले सधै“ पराजित गर्दै आएका छन् र आन्दोलनलाई अरू उच्च स्तरमा माथि उठाउदैँ लगेका छन् । उदाहरणका लागि, ज्ञानेन्द्रले वैधानिक राजतन्त्रलाई समाप्त गरेर निरङ्कुश शासन कायम गरेका थिए । तर त्यसका विरुद्धको आन्दोलनले राजतन्त्रलाई नै समाप्त गरेर देशमा गणतन्त्रको स्थापना भएको थियो । त्यही प्रकारले प्रतिक्रियावादी शक्तिहरूले अहिले पनि देशको इतिहासलाई प्रतिगमनतिर लैजान प्रयत्न गर्न थालेका छन् । हामीलाई विश्वास छ, पहिले झै अहिले पनि उनीहरूको प्रयत्न असफल हुने छ र त्यसमा अरू उच्च प्रकारको विष्ष्फोट हुनेछ ।
नेपालको इतिहासको एउटा गौरवमय पक्ष यो रहेको छ कि देशमा जब जब प्रतिक्रियावादी शक्तिहरू सक्रिय हुन्छन्, त्यो अवस्थामा प्रतिगमनका विरुद्ध भएका शक्तिहरू आपसमा भएका मतभेदहरूका बाबजुद एकताबद्ध भएर सङ्घर्षमा उत्रने गरेका छन् । २०४६, २०६१, २०६२ वा पा“चदलीय गठबन्धनका बेलाका त्यस प्रकारका उदाहरणहरू उल्लेखनीय छन् र ती सबैका सफल र महŒवपूर्ण उपलब्धिहरु भएका छन् । अहिलेको स्थितिमा पनि प्रतिगमनका विरुद्ध त्यस प्रकारको ऐक्यवद्धतामा हाम्रो पार्टीले जोड दिन्छ ।
नेपालको राजनीतिक इतिहासले बताउ“छ, राणाशासन, पञ्चायती शासन, प्रतिगमन वा राजतन्त्रका विरुद्धका सङ्घर्षका बेग्लाबेग्लै कालखण्डहरूमा खालि राजनीतिक पार्टीहरू मात्र होइन, बेल्लाबेग्लै जनसमूहहरू पनि एकतावद्ध भएर प्रतिगमनका विरुद्ध अगाडि आउने गरेका छन् । त्यो क्रममा मजदुर, किसान, बुद्धिजीवी, डाक्टर, नर्स, पत्रकार, व्यापारी, उद्योगपति, शिक्षक, पा्रध्यापक, युवक, विद्यार्थी, प्रवासी नेपाली आदि विभिन्न जनसमूहहरू प्रतिगमनका विरुद्ध मैदानमा उत्रने गरेका छन् । त्यस प्रकारको सम्मिलित जनशक्तिका कारणले नै नेपालको इतिहासमा प्रतिगमन बारम्बार पराजित हुने गरेको छ र अहिले पनि राजतन्त्रको पुर्नस्थापना वा धर्मनिरपेक्षतालाई समाप्त गर्ने उनीहरूका सपनाहरू सफल हुन पाउने छैनन् भन्ने कुरामा पूरा विश्वास गर्न सकिन्छ । विश्वको र नेपालको इतिहासले पनि इतिहासको गति अग्रगामी दिशामा नै बढ्दै जान्छ र त्यो, प्रतिगमनतिर फर्कन्न भन्ने कुरालाई बारम्बार प्रमाणित गर्दै आएको छ ।
यस कुराप्रति पनि अहिले हाम्रो ध्यान गएको छ कि अहिले प्रतिगामी शक्तिहरूले नया“ प्रकारले आÇनो गतिविधि बढाउ“दै लगिरहेको अवस्थामा प्रतिगमनका विरुद्ध भएका राजनीतिक शक्तिहरू आपसमा एकतावद्ध हुनुको सट्टा उनीहरू परस्परको अन्तरकलहमा नै बढी लागेको देखिन्छ । आज देशमा प्रतिगामी गतिविधि बढिरहेको अवस्थामा सत्ता वा प्रतिपक्षमा भएका वामपन्थी वा प्रजातान्त्रिक राजनीतिक शक्तिहरूले प्रतिगमनका विरूद्ध एकतावद्ध भएर त्यसका विरुद्ध सङ्घर्ष गर्नु राष्ट्रिय आवश्यकता भएको छ । तर त्यसको विपरित उनीहरू आपसका विभिन्न प्रकारका अन्तरकलहमा नै बढी लागेको देखिन्छ । त्यसबाट स्वयं आÇनो खास शक्ति वा जनाधार नभएको भएपनि प्रतिगामी शक्तिहरूलाई बल प्राप्त हुने गरेको छ । त्यस्तो हुन नदिन हामीले प्रतिगमनका विरुद्ध भएका राजनीतिक शक्तिहरूका बिचमा व्यापक ऐक्यवद्धताको आवश्यकतामा जोड दिन्छौ“ ।
यो कुराप्रति पनि हाम्रो ध्यान छ कि २००७ सालको राजनीतिक परिवर्तन, २०४६ सालको जनआन्दोलन वा गणतन्त्रको स्थापनापछि पनि सत्तामा आएका राजनीतिक शक्तिहरूका गलत नीति वा क्रियाकलापहरूका कारणले जनतामा व्यापक असन्तोष र निराशा देखा पर्ने गरेको छ । त्यस सन्दर्भमा हामीले यो कुराको पनि चर्चा नगरिकन रहन सक्दैनौँ कि देशमा विभिन्न समयमा सत्तामा गएका वामपन्थी शक्तिहरूको भूमिका पनि कृषि, उद्योग वा जनजीवनसित सम्बन्धित प्रश्नहरूमा समाजवादउन्मुख प्रकारको हुनु भन्दा पुँजीवादी वा यथास्थितिवादी नै रहने गरेका छन् । त्यसको परिणाम यो भएको छ कि कम्युनिस्टहरूको चरित्रमा पनि अवमूल्यन हुँदै गएको र त्यसले गर्दा उनीहरूमाथिको जनविश्वास पनि कम हुँदै गएको छ । त्यसबाट जनतामा असन्तोष र निरासा बढ्ने गरेको छ । त्यो कारणले प्रतिगामी शक्तिहरूलाई बल पुग्ने गरेको वास्तविकतालाई पनि हामीले स्वीकार गर्नु पर्दछ ।
त्यो अवस्थामा हामीले एकातिर, वामपन्थी शक्तिहरूको चरित्र वा कार्यप्रणालीमा क्रान्तिकारी प्रकारको रूपान्तरणमा जोड दिनुपर्छ भने, अर्कातिर देशमा विभिन्न वामपन्थी वा प्रजातान्त्रिक शक्तिहरूले सरकारमा गएपछि गरेका गलत नीति र क्रियाकलापहरूका विरूद्ध पनि जनतालाई जागृत, सङ्गठित र आन्दोलित गर्दै जानु पर्दछ । त्यसरी नै हामीले देशलाई प्रतिगमनको दिशामा लैजाने सबै प्रयत्नहरूलाई असफल पार्दै देशलाई अग्रगमनको दिशामा लैजान सक्नेछौँ ।
यो यथार्थतातिर पनि हामीले ध्यान नदिइकन रहन सक्दैनौँ कि विभिन्न वामपन्थी वा प्रजातान्त्रिक शक्तिहरूका बिचमा आपसमा कैयौँ सैद्धान्तिक वा राजनीतिक मतभेदहरू हुन्छन् र त्यसले गर्दा उनीहरूका बिचमा कैयौँ सङ्घर्षहरू पनि चल्ने गर्दछन् । त्यस प्रकारको सङ्घर्षलाई हामीले पूरै गलत बताउन वा निषेध गर्न पनि सक्दैनौँ । त्यसका बावजुत प्रथम, जब–जब पनि प्रतिगमनको खतरा अगाडि आउँछ, आपसका त्यस प्रकारका मतभेदका वाबजुत हामीले आपसमा एकताबद्ध हुने नीति अपनाउनु पर्दछ । द्वितीय, सत्ता वा विपक्षमा भएको बेलामा हामीले आपसमा जति सङ्घर्ष गरेपनि देश र जनताको हितका पक्षमा हामी सँधै इमान्दार र प्रतिवद्ध रहनु पर्दछ ।
वामपन्थी शक्तिहरूका अगाडि देशलाई नयाँ जनवाद वा समाजवादतिर लैजाने ऐतिहासिक जिम्मेवारीहरू छन् । तर त्यसका साथै नेपालमा प्रजातान्त्रिक आन्दोलन पनि अझै अधुरो रहेको छ र गणतन्त्रका अगाडि पनि कैयौँ खतराहरू रहेका छन् । त्यो अवस्थामा प्रजातान्त्रिक आन्दोलनलाई पूर्णता दिन वा गणतन्त्रको रक्षा गर्ने कार्यमा पनि सबै वामपन्थी शक्तिहरू अग्रगामी मोर्चामा आउनुपर्ने आवश्यकता हुन्छ । त्यसका साथै देशमा प्रजातान्त्रिक आन्दोलनलाई सफल पार्ने तथा देशलाई पुनः प्रतिगमनको दिशामा लैजाने प्रयत्नहरू पनि लगातार चल्दै आएका छन् । त्यस सन्दर्भमा यो वास्तविकताप्रति पनि हाम्रो विशेष ध्यान जानुपर्ने आवश्यकता छ कि २०१७ साल वा २०५९ सालका प्रतिगामी प्रक्रियाहरू अब इतिहासका विषयहरू भइसके र तिनीहरूको पुनरावृत्ति हुनेछैन भनेर सोच्नु राजनीतिक अदूरदर्शिता हुनेछ ।
त्यस प्रकारको पृष्ठभूमिमा, आज सबै वामपन्थी शक्तिहरूका अगाडि नयाँ जनवाद वा समाजवादका लागि परिस्थिति तयार पार्नका लागि अधिकतम प्रयत्न गर्नुका साथै प्रजातान्त्रिक आन्दोलनको सफलतामा बढी भन्दा बढी योगदान दिनु र त्यसलाई प्रतिगामी दिशामा लैजाने प्रयत्नहरूका विरुद्ध पनि सम्झौताहीन प्रकारले सङ्घर्ष गर्नु हाम्रो जिम्मेवारी हुन जान्छ । हामीले यी बेग्लाबेग्लै प्रकारका जिम्मेवारीहरूको बिचमा सन्तुलन कायम गर्दै आÇनो आगामी राजनीतिक दिशा र नीति निर्धारित गर्ने प्रयत्न गर्नु पर्दछ ।
२०८२ जेष्ठ १९ गते ।
(मोहनविक्रम सिंह)
(महामन्त्री)