Nepal communist party

प्रेस वक्तव्य (२०८२ जेष्ठ १९ गते)

नेपाल कम्युनिस्ट पार्टी (मसाल)

Nepal Communist Party (Mashal)

केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com

प्रेस वक्तव्य

आज बिहान २०८२ साल जेठ १९ गते ने.क.पा. (मसाल) का महामन्त्री कामरेड मोहनविक्रम सिंह र एकिकृत समाजवादी पार्टीका वरिष्ठ नेता कामरेड झलनाथ खनालका बिचमा भेटघाट भएको थियो । उहाँहरूले आÇनो भेटघाटको बेलामा देशको राजनीतिक स्थिति, कम्युनिस्ट आन्दोलन र देशमा बढ्दै गएको प्रतिगामी गतिविधिबारे पनि विस्तृत रूपले विचार विनिमय गर्नु भएको थियो ।
उहाँहरू दुबै जनाका बिचमा यो कुरामा सहमति भएको थियो कि देशको कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी रूपान्तरणको गम्भीर प्रकारको आवश्यकता छ । सबै क्रान्तिकारी माक्र्सवादी–लेनिनवादीहरूले त्यो दिशामा गम्भीरतापूर्वक पहलकदमी गर्नुपर्ने आवश्यकता छ । खास गरेर माक्र्सवादी–लेनिनवादी दर्शनको पथपर्दशनमा नै त्यो कार्य पूरा हुन सक्दछ । त्यसैले देशका विभिन्न कम्युनिस्ट समूहहरूको सैद्धान्तिक स्तर उठाउन विशेष पहलकदमी गर्नुपर्ने आवश्यकता छ ।
उहाँहरूको यो कुरामा पनि सहमति बनेको थियो कि देशमा लामो राजनीतिक परिवर्तन तथा कम्युनिस्टहरू बारम्बार सत्तामा गएको भएपनि देशको कृषि, उद्योग वा जनताका समस्याहरूलाई समाजवादी प्रकारले रूपान्तरण गर्ने कार्यमा खास प्रगति हुन सकेको छैन । त्यसले गर्दा जनताको जीवन र अवस्थामा कुनै परिवर्तन हुन सकेको छैन । त्यस्ले गर्दा जनतामा अत्यन्त असन्तोष र निराशा उत्पन्न भएको छ । त्यसबारे पनि जनतामा बढी जागरूकता ल्याउनुपर्ने आवश्यकता छ ।
उहाँहरू दुबैका बिचमा देशमा देखा परिरहेको प्रतिगमनको खतराप्रति पनि विस्तृत रूपले छलफल भएको थियो । उहाँहरूको बिचमा यो कुरामा सहमति भएको थियो कि गतकालमा बनेका विभिन्न सरकारहरूका गलत नीति वा क्रियाकलापहरूबाट जनतामा पैदा भएको असन्तोष वा निराशाबाट पनिप्रतिगामी शक्तिहरुलाई बल पुगेको छ । त्यसकारण हामीले गतकालका विभिन्न सरकारहरूका त्यस प्रकारका कार्यहरूको आलोचना गर्दै जनतामा जागरूकता ल्याउनुपर्ने तथा उनीहरूमा अग्रगमनउन्मुख चेतनाको विकासमा विशेष जोड दिनुपर्ने आवश्यकता छ । त्यस सन्दर्भमा आपसका कैयौँ मतभेदहरूका बावजुत प्रतिगमनका विरूद्ध भएका विभिन्न राजनीतिक शक्तिहरूका बिचमा पनि देशमा बढिरहेको प्रतिगामी खतराका विरूद्ध ऐक्यवद्धता कायम गर्नुपर्ने आवश्यकतामा पनि जोड दिनुपर्ने आवश्यकता छ । प्रतिगमनका विरूद्ध त्यस प्रकारको ऐक्यवद्धता खाली राजनीतिक शक्तिहरूको बिचमा मात्र होइन, विभिन्न जनसमूहहरूको बिचमा पनि बढाएर लैजानुपर्ने आवश्यकता छ र प्रतिगमनका विरूद्ध ती सबैलाई परिचालन गर्नुपर्ने आवश्यकतामा उहाँहरु दुबै जनाका बिचमा समान धारणा बनेको थियो ।
उहाँहरू दुबै जनाका बिचमा उक्त विषयहरूमा अरू विस्तृत क्षेत्रमा राजनीतिक सम्पर्क र छलफल बढाउदै जानेबारे पनि सहमति भएको छ ।
२०८२ जेष्ठ १९ गते

(मोहनविक्रम सिंह)
(महामन्त्री)

पार्टी गतिविधि

Translate »
Scroll to Top