Nepal communist party

प्रेस वक्तव्य (२०८२ असार ०२ गते)

नेपाल कम्युनिस्ट पार्टी (मसाल)

Nepal Communist Party (Mashal)

केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com

प्रेस वक्तव्य

इजरायलद्वारा इरानमाथि आक्रमणको कारणले उत्पन्न युद्धको स्थितिमाथि ने.क.पा.(मसाल)को गम्भीर ध्यान आकर्षित भएको छ । इजरायल राज्यको स्थापना नै अमेरिकी साम्राज्यवादको समर्थनमा प्यालेष्टाइनहरूको भूमिमाथि आक्रमण र उनीहरूलाई त्यहा“बाट जबर्जस्तीपूर्वक निष्कासनपछि गरिएको थियो । त्यसरी इजरायल राज्यको स्थापनामा नवजातिको नै अत्यन्त अमानवीय र क्रूर कारवाहीको परिणाम हो । इजरायल राज्यको स्थापनापछि प्यालेष्टाइन जनताले करिब साढे सात दशकदेखि आÇनो मातृभूमिको मुक्तिको लागि सङ्घर्ष गर्दै आएका छन् भने इजरायलले अमेरिकी साम्राज्यवादको मदतमा उनीहरूमाथि दमन गर्दै आइरहेको छ । प्यालेष्टाइनको मुक्ति आन्दोलन मानवजातिको इतिहासको नै अत्यन्त कठिन र लामो मुक्ति आन्दोलन हो । अहिलेका इरान र इजरायलका बिचमा चलेको युद्ध पनि त्यही प्यालेष्टाइन जनताको मुक्ति आन्दोलन र त्यसमाथि इजरायलद्वारा भइरहेको दमनद्वारा उत्पन्न स्थितिको सह–उपज हो । त्यो समस्याको समाधान प्यालेष्टाइनी जनताको आÇनो भूमिमा वापसी र उनीहरूको स्वतन्त्र सार्वभौम राष्ट्रको निर्माण पछि नै हुने छ ।
प्यालिष्टाइनको स्वतन्त्र र सार्वभौम राष्ट्रको निर्माणको अर्थ अवश्य पनि इजरायलमा बसोबास गर्ने यहुदी जनतालाई राज्यविहिन बनाएर धपाउने हुने छैन र उनीहरूको पनि एउटा स्वतन्त्र राज्यको निर्माणको आवश्यकतालाई हामीले समर्थन गर्दछौँ । वास्तवमा प्यालेष्टाइनी जनता र इजरायलको बिचमा जुन शत्रुतापूर्ण सम्बन्ध कायम भएको छ, त्यसको मुख्य कारण अमेरिका र त्यसको साम्राज्यवादी नीतिलाई कार्यान्वयन गर्ने इजरायलको प्रतिक्रियावादी सरकारको भूमिका नै हो । अमेरिकी साम्राज्यवाद र इजरायलको प्रतिक्रियावादी सरकार दुबै नै प्यालिष्टाइनी र यहुदी जनता समेतको साझा दुष्मनहरू हुन् । ती दुबैबाट प्यालिष्टाइनी र यहुदी जनता समेत मुक्त हुन सके मात्र उनीहरूका बिचमा शत्रुतापूर्ण सम्बन्धका लागि कुनै कारण बाँकी रहने छैन र दुबैका बिचमा मैत्रीपूर्ण सम्बन्ध कायम हुनेछ ।
अमेरिकाको इजरायल राज्यको स्थापनाका पछाडिको उद्देश्य सम्पूर्ण मध्यएसियामा आÇनो प्रभुत्व कायम गर्नु नै मुख्य रहेको छ । अमेरिकाले एकातिर, मध्यएसियाका कैयौ“ देशहरूमा आÇना सैनिक अखडाहरू कायम गरेको छ भने, अर्कातिर, इजरायललाई मध्यएसियामा आÇनो प्रभुत्व कायम गर्नका लागि किल्लाको रूपमा प्रयोग गरिरहेको छ ।
इजरायल राज्यको स्थापना प्यालेष्टाइन जनतामाथिको घोर अन्यायपूर्ण दमनमाथि कायम भएको छ । त्यसैले मध्यएसियाका कैयौ“ देशहरू मात्र होइन, संसारका पनि धेरै न्यायप्रेमी जनताको प्यालेष्टाइनी जनताको न्यायपूर्ण आन्दोलनप्रति समर्थन छ । यस सन्दर्भमा यो कुराको पनि उल्लेख नगरिकन रहन सकिदैन कि मध्यएसियाका कैयौ“ देशहरूले वा सशस्त्र समूहहरूले इजरायलका विरुद्ध लामो समयदेखि सङ्घर्ष गर्दै आएका छन् । प्यालेष्टाइनी जनतामाथिको इजरायलको दमनको नीतिको विरोध गर्दै आएका छन् । त्यसैले मध्यएसियाका कैयौ“ देशहरूसित इजरायलको शत्रुतापूर्ण सम्वन्ध रहेको छ । प्यालेष्टाइनी जनतामाथिको आÇनो आक्रमणकारी नीतिलाई निरन्तरता दिन इजरायलले मध्यएसियाका कैयौ“ देशहरू वा विभिन्न सशस्त्र समूहहरूमाथि आक्रमण गर्दै आएको छ । इरानले प्यालिष्टाइनको पक्षमा र इजराइलको आक्रमणकारी नीतिका विरुद्ध सम्झौताहीन र दृढ नीति अपनाउँदै आएको छ । त्यसैले इजरायलले इरानमाथि हालै ठुलो आक्रमण गरेको छ । हामीले इरानमाथिको इजरायलको त्यो आक्रमणको कडा शब्दमा विरोध, निन्दा र भ्रत्सना गर्दछौं । यो पनि स्पष्ट छ कि इरानमाथिको त्यो आक्रमणका पछाडि अमेरिकाको समर्थन रहेको छ । त्यसैले हामीले अमेरिकाको त्यस प्रकारको साम्राज्यवादी नीतिको पनि कडा शब्दमा भ्रत्र्सना गर्दछौ“ ।
अमेरिका वा इजरायलले इरानमाथि गरेको आक्रमणका कारणले त्यो युद्धले विस्फोटक वा विश्वयुद्धको रूप लिने सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न । त्यसरी त्यो युद्ध स्थानीय वा क्षेत्रीय प्रकारको युद्ध मात्र नभएर त्यसबाट सम्पूर्ण विश्वको शान्तिमा पनि खलल पुग्ने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । अहिले इरान र इजरायलका बिचमा जुन युद्ध सुरू भएको छ, त्यसको मूलकारण, प्रथम, अमेरिकी साम्राज्यवादको समर्थनमा प्यालेष्टाइनी जनतालाई उनीहरूको मातृभूमिबाट निष्कासित गर्नु र, द्वितीय, इजरायलद्वारा इरानमाथि आक्रमण गर्नु नै हो । त्यसकारण अमेरिका तथा इजरायलको विश्वव्यापी रूपमा भ्रत्र्सना गर्नुपर्ने आवश्यकता छ । त्यस सन्दर्भमा यो कुरा पनि उल्लेखनीय छ कि नेपाल सरकारले त्यसबारे सँधै झै अहिले पनि स्पष्ट नीति अपनाएको छैन र सामान्य प्रकारले त्यहाँ शान्ति स्थापना गर्नुपर्ने कुरामा नै जोड दिएको छ ।
अहिले इजरायलले इरानले आणविक हतियारहरू बनाउन थालेको हुनाले नै त्यो योजनालाई ध्वस्त गर्नका लागि इरानमाथि आक्रमण गरेको बताएको छ । अवश्य पनि आणविक हतियारहरूका कारण सम्पूर्ण मानवजातिलाई नै गम्भीर खतरा उत्पन्न भएको छ । त्यसैले हामीले पुनः कुनै राष्ट्रले आणविक हतियारहरू बनाउने होइन, विश्वव्यापी रूपमा आणविक हतियारहरू नष्ट गर्नुपर्ने आवश्यकतामा जोड दिदै आएका छौँ । अहिले पनि हाम्रो त्यही नीति रहेको छ । स्वयं इजरायलसित पनि आणविक हतियारहरू रहेको कुरा बताइन्छ, यद्दपि आधिकारिक रूपमा त्यो कुरा पुष्टि भने भएको छैन । त्यो अवस्थामा खालि एकतर्फी रूपमा इरानले आणविक हतियार बनाउन थालेको हुनाले त्यसमाथि आक्रमण गर्ने कुरालाई अवश्य पनि सही र न्यायसङ्गत भन्न सकिन्न । स्पष्ट छ कि इजरायलद्वारा इरानमाथि आक्रमणको उद्देश्य, एकातिर, प्यालेष्टाइनी जनतालाई सम्पूर्ण रूपले उनीहरूको न्यायपूर्ण अधिकारबाट वञ्चित गर्नु र, अर्कातिर, मध्यएसियामा इजरायलको माध्यमद्वारा मध्यएसियामा अमेरिकी साम्राज्यवादको प्रभुत्व कायम गर्नु नै हो । त्यसैले हामीले अमेरिका वा इजरायलको त्यस प्रकारको साम्राज्यवादी नीतिको कडा शब्दमा विरोध गर्दछौ“ ।
इरानले गाजा क्षेत्रमा प्यालिष्टाइनीहरूमाथि ठुलो पैमानामा नरसंहार गरिरहेको छ । अमेरिका र इजरायल समेतको रणनीति गाजा क्षेत्रमा प्यालिष्टाइनी जनताको बसोबासलाई सम्पूर्ण रूपले समाप्त गर्नु नै रहेको छ । त्यहाँ अहिलेसम्म पचास हजार भन्दा बढी मानिसहरू, जसमा ठुलो सङ्ख्यामा महिला र केटा केटीहरू पनि छन्, को हत्या भइसकेको छ र इजरायली सरकारले त्यहाँ खाद्यान्नको आपूर्तिमा पनि बाधा हाल्ने प्रयत्न गर्दै आएको छ । त्यहाँ अस्पताल र शिक्षण संस्थाहरूलाई पनि ठुलो सङ्ख्यामा नष्ट गरिएको छ । त्यो मानवीय समस्याप्रति पनि हाम्रो गम्भीर ध्यान जानुपर्ने आवश्यकता छ ।
इजरायलमा ठुलो सङ्ख्यामा नेपालीहरू बस्दछन् । अहिले इरान र इजरायलको बिचमा भइरहेको युद्धका कारणले उनीहरूको सुरक्षाको प्रश्न पनि गम्भीर रूपमा अगाडि आएको छ । त्यसप्रति ध्यान दिनका लागि पनि हामीले नेपाल सरकारको गम्भीर ध्यान आकर्षित गर्न चाहान्छौँ ।

२०८२ असार ०२ गते ।

मोहनविक्रम सिंह
(महामन्त्री)

 

पार्टी गतिविधि

Translate »
Scroll to Top