काठमाडौं । वामपन्थी दलका प्रतिनिधिहरु र साम्राज्यवादी युद्ध विरोधी व्यक्तित्वहरु बीच राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालय कपनमा संयुक्त बैठक सम्पन्न भएको छ । नेकपा (मसाल) का महान्मन्त्री मोहनविक्रम सिंहको उपस्थितिमा सो बैठक सम्पन्न भएको हो ।
बैठकमा राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्र बहादुर केसी र महासचिव मनोज भट्ट, नेकपा (मसाल) बाट आनन्द शर्मा, अखिल नेपाल किसान संघका अध्यक्ष भैरव रेग्मी, अन्तर्राष्ट्रिय युद्ध विरोधी मोर्चाका उपाध्यक्ष सुभास जिसी, नेकपा (माओवादी केन्द्र) बाट देव गुरुङ, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सिताराम तामाङ, नेपाल कम्युनिस्ट पार्टी (सि) चिरन पुन, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (वैज्ञानिक समाजवादी), नेकपा (एकीकृत समाजवादी), नेकपा (बहुमत) र स्वतन्त्र बुद्धिजीवि निनु चापागाई लगायतका दलहरु एवं व्यक्तित्वको उपस्थिति रहेको थियो ।
दलका प्रतिनिधिहरुले साम्राज्यावादी युद्धको विरोध तथा खेद प्रकट गरे । बैठकमा इरानमाथि साम्राज्यवादी हमलाको बारेमा संयुक्त रुपमा वक्तव्य जारी गर्दै विरोध कार्यक्रम गर्ने निर्णय गरेकाे छ ।
संयुक्त वक्तव्य
