नेपाल कम्युनिस्ट पार्टी (मसाल)
Nepal Communist Party (Mashal)
केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com
प्रेस वक्तव्य
रूपन्देहीमा छिट्टै उपचुनाव हु“दै छ । हाम्रो पार्टीले त्यो चुनावलाई उपयोग गर्ने निर्णय गरेको छ । त्यो चुनाव सम्बन्धी केही नीतिगत प्रश्नहरूबारे प्रकाश हाल्नका लागि यो वक्तव्य जारी गरिएको छ ।
यो भन्दा पहिलेका दुईवटा आमचुनावहरूमा हामीले अन्य कतिपय पक्षहरूसित चुनावी तालमेल गरेर चुनाव लडेका थियौँ । आवश्यकताअनुसार विभिन्न राजनीतिक शक्तिहरूसित गठबन्धनको हाम्रो नीति अहिले पनि कायम छ । तर कुन बेला कुन राजनीतिक शक्तिसित गठबन्धन वा कार्यगत एकता गर्ने ? त्यो, देशको कुनै बेलाको खास राजनीतिक स्थिति, आवश्यकता र बेग्लाबेग्लै राजनीतिक शक्तिहरूसित हाम्रो कति समझदारी वा सहमति कायम हुन सक्दछ ? त्यसमाथि निर्भर गर्ने कुरा हो ।
चुनावको प्रश्नमा पनि हामीले गतकालमा कैयौ“ राजनीतिक शक्तिहरूसित चुनावी तालमेल गरेर चुनावमा भाग लिँदै आएका थियौँ । तर हाम्रो पार्टीको नवौ“ महाधिवेशनले आगामी चुनावलाई कसैस“ग तालमेल नगरिकन चुनावको उपयोग गर्ने निर्णय गरेको छ, राष्ट्रिय स्तरमा हामीले त्यस प्रकारको चुनावको नीति अपनाउने निर्णय गरेको भएपनि स्थानीय रूपमा कुनै पक्षसित विश्वसनीय समझदारी कायम हुन सकेमा चुनावी तालमेल गर्न सक्ने सम्भावनालाई हाम्रो पार्टीको नवौ“ महाधिवेशनले पूरै अस्वीकार पनि गरेको छैन ।
आवश्यकताअनुसार अन्य पक्षहरूसित चुनावी तालमेल गर्ने नीतिलाई हामीले सिद्धान्ततः नै अस्वीकार गरेका छैनौँ । तर गतचुनावहरूमा हामीले चुनावी तालमेल गरेका अन्य विभिन्न पक्षहरुले इमानदारिता नदेखाएको वा अन्तर्घात गरेको हुनाले नै हामीले मुख्य रूपले चुनावलाई एक्लै उपयोग गर्ने नीति अपनाउने निर्णय गरेका हौ“ । हामीले चुनावी तालमेलमा भएको सहमतिलाई इमानदारीपूर्वक पालना गरेका थियौँ र चुनाव लड्ने राम्रो सम्भावना भएका स्थानहरूमा पनि हामीले आÇना उम्मेदवारहरूलाई उठाएनौँ वा अन्य उम्मेदवारहरूलाई समर्थन गर्ने कार्य ग¥यौँ तर अन्य कतिपय पक्षहरूले त्यस प्रकारको इमानदारिता देखाएनन् । अन्तर्घात गरे वा सहमति भएका उम्मेदवारहरूका विरुद्ध विद्रोही उम्मेदवारहरू उठाउने समेत काम गरे । त्यो स्थितिले बाध्य भएर नै हामीले आगामी चुनावहरूलाई एक्लै उपयोग गर्ने निर्णय गरेका छौ“ । त्यही नीतिअनुसार रूपन्देहीको उपचुनावलाई पनि हामीले एक्लै उपयोग गर्ने नीति अपनाउने छौ“ ।
हाम्रो पार्टीको लागि चुनावको उपयोगको अर्थ राजनीतिक भण्डाफोर गर्नु, जनताको चेतना उठाउनु वा जनाधार तयार पार्नु नै हो । २०८४ मा चुनावको उपयोग गर्दा पनि ती उद्देश्य पूरा गर्नु नै हाम्रो मुख्य प्राथमिकता हुने छ । अहिलेको रूपन्देहीको चुनावले २०८४ को चुनावका लागि पनि नीतिगत आधार तयार पार्नेछ भन्ने हामीलाई विश्वास छ ।
गतकालमा जुनपक्षहरूसित हामीले चुनावी तालमेल गरेका थियौँ, त्यस प्रकारको तालमेल सिद्धान्तहीन वा अराजनीतिक प्रकारले सौदावाजी गरेर हामीले कहिल्यै पनि कसैसित तालमेल गरेका थिएनौँ र भविष्यमा पनि हाम्रो त्यो नीति कायम रहने छ । हाम्रो चुनावी तालमेलको आधार कुनै बेला वामपन्थीहरूका बिचको एकता हुन्थ्यो भने कुनै बेला प्रतिगमनका विरुद्ध सङ्घर्षका लागि नै एकता हुन्थ्यो । खालि चुनावमा सफलताका लागि नै हामीले कहिल्यै चुनावी तालमेल गरेका थिएनौँ, यद्यपि कुनै चुनावलाई उपयोग गर्नुको अर्थ बढी भन्दा बढी भोट वा सफलता प्राप्त गर्नु पनि हुन्छ । रूपन्देहीमा हुन थालिरहेको चुनावमा पनि हाम्रो उद्देश्य बढी भन्दा बढी राजनीतिक भण्डाफोर गर्नु, जनताको राजनीतिक चेतना उठाउनु र जनाधारको निर्माण गर्नु नै हुनेछ । यद्यपि त्यसका साथ साथै जनताको बढी समर्थन प्राप्त गरेर बढी भन्दा बढी भोट प्राप्त गर्नको लागि हामीले कोशिस गर्नेछौँ । रूपन्देहीमा उपचुनावको उपयोगको सिलसिलामा ती उद्देश्यहरु पूरा गर्नको लागि बढी भन्दा बढी ध्यान दिन हामीले आÇनो पार्टी, मोर्चा वा जनवर्गीय सङ्गठनहरूका कार्यकर्ता, समर्थकहरू र जनतासित पनि अपिल गर्दछौँ ।
२०८२ असार २३ गते ।
मोहनविक्रम सिंह
(महामन्त्री)