Nepal communist party

प्रेस वक्तव्य (२०८२ असार २६ गते)

नेपाल कम्युनिस्ट पार्टी (मसाल)

Nepal Communist Party (Mashal)

केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com

प्रेस वक्तव्य

मौसमविद्हरूले यो साल पहिलेभन्दा बढी बर्साद हुने भविष्यवाणी गरेका थिए । अहिले भोटेकोशीमा आएको भयानक बाढीले यो सालको मौसमको गम्भीरतालाई बताउ“छ । आउने दिनहरूमा देशका अन्य भागहरूमा अरू गम्भीर बाढी पहिरो हुने सम्भावनाप्रति हाम्रो विशेष ध्यान जानुपर्ने आवश्यकता छ ।
भोटेकोशीमा आएको बाढीबाट ठुलो पैमानामा धनजनको क्षति भएको छ । तर त्यो बाढीको विषयमा एउटा प्रश्न उठ्ने गरेको छ ः त्यो बाढी भारी वर्षाका कारणले आएको हो वा तिब्बतमा हिमनदीहरू फुटेको कारणले ? यो थाहा भएको कुरा हो कि नेपाल र तिब्बतमा कैयौ“ हिमनदीहरू छन् । तिनीहरू फुट्दा धेरै नै जोखिमको सम्भावना छ । जलवायुमा भइरहेको परिवर्तनबाट त्यस प्रकारको जोखिमको सम्भावना बढ्दै गइरहेको छ । त्यसकारण अहिले बाढी पहिरोबाट भइरहेको जोखिमलाई जलवायुमा परिवर्तनको विश्वव्यापी समस्यासित पनि जोडेर हेर्नुपर्ने आवश्यकता छ । जलवायुको परिवर्तनबाट सम्भावित खतरामा नियन्त्रणको लागि र जलवायुको समस्यालाई समाधान गर्न विश्वस्तरमा नै पहलकदमी गर्नुपर्ने आवश्यकता छ । त्यसप्रति नेपाल सरकारको विशेष ध्यान जानुपर्ने आवश्यकता छ ।
जलवायु परिवर्तनका कारणले हिमनदीहरू बढी पग्लने र हिमतालहरू फुट्ने सम्भावना बढ्दै जान्छ । जलवायु परिवर्तनका कारणले पहिरोको सम्भावना पनि बढेर जान्छ । त्यसैले, हामीले भोटेकोशीमा आएको बाढीलाई खालि एउटा स्थानीय समस्या मात्र नठानेर विश्वमा जलवायु परिवर्तनसित पनि जोडेर हेर्नु एकदम आवश्यक हुन जान्छ ।
अहिले विश्वमा देखा परेको जलवायुको मुख्य कारण विश्वमा बढ्दै गएको कार्बनडाइअक्साइडको उत्सर्जन नै हो। ठुला साम्राज्यवादी देशहरूका कारखानाहरू वा ठुला उद्योगहरूबाट ठुलो मात्रामा कार्बन पैदा हुन्छ। त्यसले सम्पूर्ण विश्वको जलवायुमा असर पार्दछ र पृथ्वीको तापमान पनि बढेर जान्छ । तर साना अल्पविकसित देशहरूबाट त्यसको उत्सर्जन अत्यन्त कम हुन्छ । तैपनि त्यसको असरबाट नेपाल जस्ता अल्पविकसित देशहरूले नै बढी क्षति उठाउनुपर्दछ । विश्वको जलवायुमा भइरहेको परिवर्तन वा पृथ्वीको तापक्रममा भइरहेको वृद्धिबाट हिमालयको हिउ“ पनि झन्पछि झन् बढी पग्ल“दै गइरहेको छ र हिमनदीका तालहरू पनि फुट्ने खतरा बढ्दै गइरहेको छ । सायद अहिले भोटेकोशीमा आएको भयानक बाढीको कारण पनि त्यो हुन सक्दछ । नेपालमा मात्र नभएर तिब्बतका हिमनदीका तालहरू फुटेको कारणले पनि त्यो भयानक बाढी आएको हुन सक्दछ अथव ातिब्बतको हिमनदीको ताल फुटेको कारणले पनि त्यो बाढी आएको हुन सक्दछ ।
भोटेकोशीको बाढीले यो देखाएको छ कि त्यो बाढी नेपालको मात्र समस्या नभएर चीनसित पनि जोडिएको छ । त्यसकारण त्यो बाढी कुन कारणले आएको हो वा त्यो समस्याको समाधानका लागि कुन तरिका अपनाउनुपर्दछ ? त्यसबारे चीनसित पनि सूचनाको आदानप्रदान वा पारस्पारिक छलफल र सहयोगको आवश्यकता देखिन्छ । त्यसप्रति पनि नेपाल सरकारको ध्यान जानुपर्ने आवश्यकता छ ।
जेहोस्, भोटेकोशीको बाढीको समस्या त्यहा“को मात्र नभएर एउटा राष्ट्रिय समस्या नै हो। अन्यत्र पनि भारी वर्षाको कारणले बाढी पहिरोको धेरै खतरा छ । त्यसकारण तिनीहरूमा नियन्त्रण वा तिनीहरूबाट सम्भावित धनजनको क्षतिप्रति आवश्यक राहत कार्यको व्यवस्था गर्न अहिलेदेखि नै विशेष तयारी गर्न ने.क.पा. (मसाल)ले सरकारको गम्भीर ध्यान आकर्षित गर्न चाहन्छ ।

२०८२ असार २६ गते ।

मोहनविक्रम सिंह
(महामन्त्री)

पार्टी गतिविधि

Translate »
Scroll to Top