Nepal communist party

प्रेस वक्तव्य / टिप्पणी (२०८२ असार २८ गते)

नेपाल कम्युनिस्ट पार्टी (मसाल)

Nepal Communist Party (Mashal)

केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com

प्रेस वक्तव्य

नेपाली काङ्ग्रेसको अनुशासन समितिले गत आमचुनावमा नेपाली काङ्ग्रेस वा त्यसले समर्थन गरेका उम्मेदवारहरूका विरुद्ध अन्तर्घात गर्ने ने.का.का नेताहरूका विरुद्ध विभिन्न प्रकारका कारबाहीहरू गरेको समाचार सञ्चार माध्यमहरूले बाहिर ल्याएका छन् । त्यस सन्दर्भमा डा. शेखर कोइरालाले प्रकट गरेको विचार उल्लेखनीय छ ।
“अहिले अनुशासन समितिमा रहनुभएका साथीहरू कति कमजोर हुनुहुन्छ भने कारबाहीका लागि सिफारिस भएका केन्द्रीय सदस्य साथीहरूलाई एउटा चिठ्ठीसम्म पनि काट्न सक्ने ताकत राख्नु हु“दो रहेनछ । तपाईंका विरुद्ध यस्तो उजुरी छ, के हो भनेर सोध्न सक्ने हैसियत पनि राख्नु हुन्न उहा“हरू । यस्तो अनुशासन समितिले निष्पक्ष काम गर्न सक्दैन ।” (नया“ पत्रिका दैनिक, २६ असार ०८२)
ने.का.को अनुशासन समितिले गरेको कारबाहीबारे डा. शेखर कोइरालाले गरेको आलोचना सही भएको मान्नको लागि तथ्यगत आधार छ । अन्यत्र कहा“ र कसरी अनुशासन समितिले त्यस प्रकारको निष्पक्षता देखाउन सकेको छैन वा त्यस प्रकारको अन्तर्घात गर्ने नेताहरूलाई “एउटा चिठ्ठीसम्म पनि काट्न सक्ने” र “तपाईंका विरुद्ध यस्तो उजुरी छ, के हो भनेर सोध्न सक्ने” हैसियत राख्नु भएको छैन, त्यो हामीलाई थाहा छैन र त्यो, हाम्रो सरोकारको विषय पनि होइन । तर प्यूठानको चुनावको सन्दर्भमा ने.का.को अनुशासन समितिले त्यस प्रकारको निष्पक्षता वा हैसियत नदेखाएको कुरा छर्लङ्ग छ ।
गत आमचुनावमा प्यूठानमा पा“चदलीय गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चा कि उपाध्यक्ष र केन्द्रीय प्रवक्ता दुर्गा पौडेललाई उम्मेदवार बनाइएको थियो, जसमा ने.का.को पूरै समर्थन थियो । तर डा. गोविन्द पोखरेलले दुर्गा पौडेललाई पराजित गर्नका लागि खुला रूपले नै अन्तर्घात गरेको कुरा आम रूपमा थाहा भएको कुरा हो । तर अहिले ने.का.को अनुशासन समितिले उनका विरुद्ध कारबाही गर्ने कुरा परै छ, उनले प्यूठानको चुनावमा गरेको अन्तर्घातबारे कुनै प्रश्न सोध्ने वा चिट्ठी लेख्नेसम्म काम गर्न सकेको छैन । त्यसबाट, डा. शेखर कोइरालाले बताएझैं, ने.का.को अनुशासन समिति अत्यन्त कमजोर भएको, निष्पक्षतापूर्वक काम गर्न सक्ने हैसियत नभएको कुरामा कुनै शङ्का रहन्न ।
ने.का.को अनुशासन समितिले डा. गोविन्द पोखरेलको विरुद्ध कुनै उजुरी नआएको दाबी गर्न सक्दछ । तर उनका विरुद्ध कुनै उजुरी आयो कि आएन ? त्यो मुख्य कुरा होइन । मुख्य कुरा यो हो, प्यूठानमा उनले त्यस प्रकारको अन्तर्घात गरेका थिए कि थिएनन् । यो, प्यूठानका आम जनता र ने.का.का सामान्य कार्यकर्ताहरूलाई समेत थाहा हुने कुरा परै छ । ने.का.को नेतृत्वतहलाई समेत उनले प्यूठानमा दुर्गा पौडेललाई हराउनका लागि अन्तर्घात गरेको कुरा थाहा भएको कुरा हो । त्यो अवस्थामा पनि उनका विरुद्ध कुनै उजुरी पर्दैन भने त्यसका लागि खालि अनुशासन समिति मात्र होइन, प्युठानको ने.का.को सम्पूर्ण सङ्गठन वा ने.का.को नेतृत्व समेत जिम्मेवार भएको देखिन्छ । स्वयं अनुशासन समितिको निष्पक्षता र हैसियतबारे कुरा उठाउने डा. शेखर कोइरालाले पनि डा. गोविन्द पोखरेलले गरेको अन्तर्घातबारे किन कुरा उठाएनन् र उनका विरुद्ध कारबाही गर्नुपर्ने आवश्यकतामा किन जोड दिन सकेनन् । त्यसबाट उनले अनुशासन समितिको जुन निष्पक्षता र हैसियतबारे प्रश्न उठाएका थिए, त्यो कमजोरी स्वयं उनमा पनि भएको देखिन्न र ?

२०८२ असार २८ गते ।

रामप्रकाश पुरी

प्रवक्ता

पार्टी गतिविधि

Translate »
Scroll to Top