Nepal communist party

प्रेस वक्तव्य (२०८२ असार ३० गते)

नेपाल कम्युनिस्ट पार्टी (मसाल)

Nepal Communist Party (Mashal)

केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com

प्रेस वक्तव्य

रवि लामिछानेलाई सहकारी ठगी सम्बन्धी मुद्दामा जेल राखिएको विषयलाई लिएर उनको पार्टीले देश–विदेशमा जुन हस्ताक्षर अभियान चलाइरहेको छ, त्यसप्रति हाम्रो पार्टीको ध्यान आकर्षित भएको छ ।उनका बिरुद्ध सहकारी रकमको अपचलन सम्बन्धी कैयौँ मुद्दाहरू परेको कुरा एउटा वास्तविकता हो । त्यस प्रकारका आरोपहरुको गम्भीरतामाथि विचार गरेर नै अदालतले उनलाई पुर्पक्षका लागि जेलमा हाल्ने निर्णय गरेको छ । त्यो अवस्थामा उनका बिरुद्धको कारबाहीलाई राजनीतिक पुर्वाग्रहयुक्त भन्नु सही नभएको कुरा छर्लङ्ग छ ।
सहकारी रकमको अपचलन सम्बन्धी आरोपमा उनको मुद्दा यस कारणले अरु बढी गम्भीर छ कि उनका बिरुद्ध त्यस प्रकारका आरोपहरू कैयौँ जिल्लाहरुमा परेका छन् र त्यसबारे कैयौँ जिल्लाहरूका अदालतहरूमा मुद्दा चलिरहेको छन् । त्यो अवस्थामा उनका बिरुद्धको मुद्दा धेरै नै गम्भीर भएको कुरामा कुनै शङ्का रहन्न ।
ती आरोपहरुमा उनी दोषी छन् वा निर्दाेष त्यो कानुनी प्रक्रियाद्वारा टुंगिने कुरा हो । अहिले उनलाई जसरी पुर्पक्षमा जेलमा राखिएको छ, त्यो पनि अदालतको निर्णय अनुसार नै राखिएको छ । त्यसैले उनलाई राजनीतिक पुर्वाग्रहका आधारमा जेलमा राखिएको भन्नु कुनै पनि हालतमा सही हुने छैन । उनी विरुद्ध कुनै अन्याय भएको छ भने त्यसका विरुद्ध कानुनी प्रक्रिया अगाडि बढाउनु नै न्यायसङ्गत तरिका हो ।
अहिले विभिन्न अपराधजन्य आरोपहरुमा कैयौँ व्यक्तिहरु पुर्पक्षका लागि जेलमा रहेका छन्, तिनीहरू मध्ये कतिपय व्यक्तिहरू विभिन्न राजनीतिक पार्टीका नेता वा कार्यकर्ताहरू पनि रहेका छन् । नेपालमा स्वयम् सत्तापक्षका कैयौँ नेता वा कार्यकर्ताहरू पनि त्यसरी जेलमा पर्ने गरेका छन् । सहकारी प्रकरणको अपचलनको आरोपमा पनि रवि लामिछाने भन्दा पहिले वा पछि पनि कैयौँ व्यक्तिहरू जेलमा थुनिएका छन् । तर अरू कसैले आÇनो विषयमा राजनीतिकरण गर्ने वा सार्वजनिक रूपमा नै हस्ताक्षेप अभियान चलाउने गरेको पाइँदैन । त्यसको विपरित, अहिले रास्वपाले उनका विषयमा जसरी हस्ताक्षर अभियान चलाउने काम गरिरहेको छ, त्यसलाई सही ठह¥याउनुका पछाडि कुनै पनि तर्कसङ्गत कारण देखिँदैन । त्यसले एक वा अर्काे प्रकारले त्यो सङ्गठनको दिवालियापनलाई नै बताउँछ । यो पनि कम आश्चर्यको कुरा होइन कि कतिपय समाजका राजनीतिक वा सामाजिक दृष्टिकोणले उच्च प्रतिष्ठित व्यक्तिहरु पनि त्यस प्रकारको अभियानमा सामेल भएर हस्ताक्षर गर्ने गरेका छन् । उनीहरुको त्यो कार्य गलत भएको कुरामा ता कुनै शङ्का छैन त्यसका साथै त्यसरी उनीहरुले आÇनो व्यक्तित्व वा सामाजिक र राजनीतिक प्रतिष्ठाको नै अवमूल्यन गर्ने कार्य पनि गरेका छन् र त्यसका लागि उनीहरु पछि पछुताउनु पर्नेछ ।
कुनै व्यक्ति कुनै आरोपमा थुनामा पर्ने बित्तिकै त्यो दोषी नै हुन्छ भन्ने होइन । त्यस प्रकारका कैयौँ व्यक्तिहरु कानुनी प्रक्रियामा गएर छुट्ने पनि गरेका छन् । कसैलाई त्यसरी थुनामा राख्नु गलत छ भने त्यसबारे कानुनी प्रक्रियामा जानु नै सही कुरा हो । रवि लामिछानेले त्यो कानुनी प्रक्रियालाई पनि ठुलो सङ्ख्यामा अधिवक्ताहरूलाई राखेर अगाडि बढाउने कार्य गरिरहेका छन् । त्यो बाहेक त्यो विषयलाई राजनीतिकरण गर्नु वा हस्ताक्षर अभियान चलाउनु न्यायप्रक्रियामाथि गलत प्रकारले जवाफ दिनु नै हुन जान्छ ।
यदि कुनै व्यक्तिलाई गिरÇतार गरेर उनीहरुलाई कानुनी प्रक्रिया चलाउन नदिएको अवस्थामा त्यसबारे त्यो बिषयलाई राजनीतिकरण गर्नु अवश्य पनि सही हुदैनथ्यो । अहिले रवि लामिछानेको विषयमा त्यस्तो भएको छैन र उनलाई आÇनो कानुनीप्रक्रिया अगाडि बढाउने पूरा मौका दिइएको छ । त्यो अवस्थामा रास्वपाले उनको विषयलाई राजनीतिकरण गर्नु वा त्यसबारे हस्ताक्षर अभियान चलाउनु कुनै अर्थमा पनि सही नभएको कुरा प्रष्ट छ ।

२०८२ असार ३० गते।

मोहन विक्रम सिंह

महामन्त्री

पार्टी गतिविधि

Translate »
Scroll to Top