Nepal communist party

प्रेस वक्तव्य (२०८२ साउन ०३ गते)

नेपाल कम्युनिस्ट पार्टी (मसाल)

Nepal Communist Party (Mashal)

केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com

प्रेस वक्तव्य

रूपन्देही क्षेत्र नं. ३ को उपचुनावका लागि राष्ट्रिय जनमोर्चाले राष्ट्रिय जनमोर्चाका केन्द्रव्य सल्लाहकार र तराई–मधेश जनवादी मोर्चाका अध्यक्ष का. बद्रे आलमलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । ने.क.पा. (मसाल) ले त्यो उपचुनावमा उहाँको उम्मेदवारीलाई वीरतापूर्वक समर्थन गर्दै उहाँको पक्षमा मतदान गर्नका लागि भैरहवाका त्यो निर्वाचन क्षेत्रका सम्पूर्ण मतदाताहरूसित हार्दिक अपील गर्दछ ।
का. बद्रे आलको उम्मेदवारी उहाँको व्यक्तिगत वा राष्ट्रिय जनमोर्चाको दलीय आवश्यकता मात्र होइन । त्यो एउटा राष्ट्रिय महŒवको विषय हो । त्यो राष्ट्रिय महŒवको विषय यस कारणले हो कि देशमा सही राजनीतिक चरित्र भएका वा इमान्दार व्यक्तिहरू संसदमा नपुग्दा देशको सम्पूर्ण राजनीतिक व्यवस्था नै अस्तव्यस्त हुने वा भ्रष्ट हुने काम भइरहेको छ । त्यसकारण संसदमा इमान्दार व्यक्तिहरू नै पुग्नु पर्दछ भन्ने जनताको आम सोचाइ रहेको छ । जनताले आम रुपमा जुन व्यक्तिहरू संसदमा आउनुपर्दछ भन्ने सोच्दछन्, का. बद्रे आलम त्यही प्रकारको उम्मेदवार हुनुहुन्छ । उहाँको सम्पूर्ण जीवन साधगी, सरलता, इमानदारी र जनसेवामा बितेको छ । उहाँले कहिल्यै कुनै प्रकारको बेइमानी, ठगी वा भ्रष्टाचार गर्नु भएको छैन । देशको राजनीतिमा सबैतिर ठगी, बेइमानी, भ्रष्टाचार बढेर गएको र पृष्ठभूमिमा उहाँ जस्ता उम्मेदवारहरूले जितेर संसदमा गएपछि नै देशको कल्याण हुने कुरा स्पष्ट र निश्चित छ । त्यस अर्थमा उहाँ रूपन्देहीको चुनावका लागि एउटा योग्य र श्रेष्ठ उम्मेदवार हुनुहुन्छ भन्ने हाम्रो दृढ मत छ । आम जनतालाई पनि त्यो थाहा भएको कुरा हो ।
चुनावमा कैयौँ उम्मेदवारहरूले झुठ्ठा प्रकारका आश्वासन वा पैसाको बलमा चुनाव जित्ने प्रयत्न गर्दछन् । जसले त्यसरी चुनाव जित्दछन्, उनीहरूले चुनाव जितेर गएपछि पनि त्यही प्रकारको भ्रष्ट व्यवहारहरू गर्ने गर्दछन् र त्यसरी त्यसबाट देश र जनतालाई धोका नै हुने गर्दछ । पहिलेदेखि नै देशमा त्यस्तो हुँदै आएको छ र अहिले पनि त्यस्ता उम्मेदवारहरूले नै चुनाव जितेमा देशमा पुनः त्यही प्रकारको दुर्गति बढ्दै जानेछ । त्यस्तो हुन नदिनका लागि का. बद्रे आलम जस्ता उम्मेदवारहरूको विजय हुनु राष्ट्रिय दृष्टिकोणले नै निर्णयात्मक महŒवको कुरा हो ।
कुरा खाली उहाँको मात्र होइन, उहाँले प्रतिनिधित्व गर्ने पार्टी राष्ट्रिय जनमोर्चाको पनि हो । देशको राजनीतिमा संसद भित्र वा बाहिर त्यसको छवि सँधै स्वच्छ र निष्कलंक रहने गरेको छ । संसदबाट चुनेर गएका त्यसका सांसद वा सरकारमा मन्त्री भएका त्यसका नेताहरूले पनि कहिल्यै कुनै आर्थिक अनियमितता वा भ्रष्टाचार गरेको एउटा पनि रेकर्ड छैन । त्यसले पूर्वाधारका लागि लगेको रकमको पनि कुनै हिनामिना नगरिकन पूरै नै विकास कार्यक्रमहरूमा लगाउने गरेको छ । विरोधी पार्टीहरूले पनि राष्ट्रिय जनमोर्चामाथि त्यस प्रकारको आक्षेप लगाउन सक्दैनन् र जनतालाई पनि त्यो आम रुपमा थाहा भएको कुरा हो । त्यसकारण राष्ट्रिय जनमोर्चाका जुन उम्मेदवारहरू चुनावमा जितेर जान्छन्, उनीहरूले पनि त्यस प्रकारको कुनै गल्ती वा अनाचार नगर्ने कुराको नै ग्यारेण्टी छ । त्यो कुरा राष्ट्रिय जनमोर्चाका अहिलेसम्म संसदमा जितेर गएका सबै उम्मेदवारहरूको व्यवहारबाट नै प्रमाणित हुँदै आएको छ ।
त्यसैले, राष्ट्रिय जनमोर्चाका उम्मेदवार का. बद्रे आलमलाई भारी मतले विजय गराउनको लागि ने.क.पा. (मसाल) ले भैरहवा क्षेत्र नम्बर ३ का सम्पूर्ण मतदाताहरूसित हार्दिक अपील गर्दछ ।

२०८२ साउन ०३ गते

मोहन विक्रम सिंह

महामन्त्री

पार्टी गतिविधि

Translate »
Scroll to Top