Nepal communist party

अखिल (छैठौं) द्वारा प्रदर्शन

काठमाडौँ ।  सरकारको मेडिकल माफिया चरित्र विरुद्ध अखिल (छैठौं) ले प्रदर्शन गरेको छ । केन्द्रीय समितिको आयोजनामा २०८२ साउन ३१ गते शनिबार शान्तिवाटिकामा सो कार्यक्रम सम्पन्न भएको हो ।

प्रधानमन्त्री केपी शर्माओली नेतृत्वको राष्ट्रिय चिकित्सा आयोगले हालै एक हजार तीन सय ५९ एमबिबिएस सिट निजी क्षेत्रका लागि मात्रै छुट्याएपछि अखिल (छैठौं) ले साङ्केतिक विरोध प्रदर्शन आयोजना गरेको थियो ।

शनिबार साँझ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सुवास जिसीले गरिबका छोराछोरीले शतप्रतिशत नम्बर ल्याए पनि नेपालमा डक्टर बन्ने सम्भावना समाप्त भएको बताउनुभयो । ‘गरिबका छोरा छोरीले १०० प्रतिशत नम्बर लिएर हाईस्कुल पास गरे पनि अब डाक्टर बन्न पाउनबाट वञ्चित हुने भए’ उहाँले भन्नुभयो– ‘प्रधानमन्त्री ओलीले एमबिबिएसको सम्पूर्ण कोटा निजी क्षेत्रलाई दिएर नेपाली जनतामाथि गद्दारी गरेका छन् ।’

सरकारको सो कदमलाई राष्ट्रघातको सङ्ज्ञा दिँदै उहाँले यसका विरुद्ध देशव्यापी आन्दोलन आवश्यक रहेको र त्यस क्रममा अहिले अखिले (छैठौं) ले साङ्केतिक विरोध मात्रै गरेको बताउनुभयो ।

कार्यक्रमको सञ्चालन महासचिव पुरन पोख्रेलले गर्नुभएको थियो ।

पार्टी गतिविधि

Translate »
Scroll to Top