Nepal communist party

प्रेस वक्तव्य (२०८२ भाद्र २८ गते)

नेपाल कम्युनिस्ट पार्टी (मसाल)

Nepal Communist Party (Mashal)

केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com

प्रेस वक्तव्य

१. ने.क.पा. (मसाल)को हिजो भाद्र२७ गते बसेको पीबीको बैठकले देशमा हालै चलेको जेनजी आन्दोलन, घटनाक्रम र
देशव्यापी रूपमा भएका ध्वंसात्मक कार्यहरू समेतको विस्तृत रूपले विश्लेषण गरेर आफ्नो वक्तव्य जारी गरिसकेको छ ।
२. हिजोको वक्तव्यमा हामीले संसद बाहिरबाट कुनै सरकारको गठन गर्ने वा संसदको विघटन गर्ने जस्ता कुनै कार्य गरिएमा त्यसको विरोध गर्ने कुरा स्पष्ट गरेका थियौँ । हाम्रो वक्तव्य भएको केही समयमा नै पूर्व प्रधानन्यायधिश सुशिला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरियो र संसदलाई समेत विघटन गरियो । उक्त दुवै कार्यहरूको हाम्रो पार्टीले कडा शब्दमा विरोध गर्दछ ।
३. जेनजी आन्दोलनलाई आफ्नो प्रतिगामी उद्देश्यका पक्षमा लैजान राजावादीहरूले पूरा शक्ति लगाएका थिए । त्यसमा उनीहरू पूरा सफल ता भएनन्, तर संसदको विघटनले उनीहरूको प्रतिगामी उद्देश्यलाई केही मदत अवश्य पनि पुगेको छ । त्यसकारण अन्तरिम सरकारको गठन र संसदको विघटनबाट प्रतिगामी शक्तिहरूलाई मदत पुग्न नपाओस्, त्यसका लागि उच्च प्रकारको सतर्कताको आवश्यकता छ ।
४. पूर्व प्रधानन्यायधिश सुशिला कार्कीका विरुद्ध व्यक्तिगत रूपमा हामीलाई केही भन्नु छैन । तर उनलाई प्रधानमन्त्री नियुक्त गर्दा संविधानलाई जसरी मिचिएको छ, त्यसप्रति हाम्रो आपत्ति छ । त्यसका साथै उनी प्रधानमन्त्री नियुक्त भएपछि उनको पहिलो निर्णय नै संसदलाई विघटन गर्नको लागि राष्ट्रपतिलाई सुझाव दिने भएको छ । त्यो कार्यको पनि हामीले कडा शब्दमा विरोध गर्दछौँ ।

२०८२ भाद्र २८ गते ।

मोहनविक्रम सिंह
(महामन्त्री)

पार्टी गतिविधि

Translate »
Scroll to Top