नेपाल कम्युनिस्ट पार्टी (मसाल)
Nepal Communist Party (Mashal)
केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com
हार्दिक श्रद्धाञ्जली
कन्चनपुर जिल्ला पुनर्वास नगरपालिका–६ निवास कामरेड महेन्द्र बस्नेतको २०८२ श्रावण ३१ गते मृत्यु भएको छ । हामीले उहाँको मृत्युप्रति गहिरो दु:ख व्यक्त गर्दै सन्तप्त परिवारजनप्रति हार्दिक सम्वेदना प्रकट गर्दछौँ ।
कामरेड बस्नेत हाम्रो पार्टीको सदस्य हुनुहुन्थ्यो । उहाँ हाम्रो पार्टीको शिक्षक मोर्चाको केन्द्रीय उपाध्यक्षको समेत जिम्मेवारी सम्हालीसकेको एक शिक्षाप्रेमी र शैक्षिक व्यक्तित्व हुनुहुन्थ्यो । उहाँले हाम्रो पार्टीको विभिन्न स्तरका समितिमा रहेर आफ्नो जिम्मेवारी पूरा गर्नुभएको थियो । उहाँ शैक्षिक व्यक्तित्वका साथै इमानदार, निष्ठावद्ध र अनुशासित सदस्य हुनुहुन्थ्यो । उहाँको मृत्युबाट हाम्रो पार्टीको आन्दोलनमा गम्भीर क्षति पुगेको छ ।
अन्तमा हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।
२०८२ भाद्र २९ गते ।
मोहनविक्रम सिंह
(महामन्त्री)