नेपाल कम्युनिस्ट पार्टी (मसाल)
Nepal Communist Party (Mashal)
केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com
हार्दिक श्रद्धाञ्जली
प्युठान जिल्ला झिम्रुक गाउँपालिका–३ ओखरकोट स्थायी निवासी हाल रोजगारीको सिलसिलामा भारतको हरियाणा सिरसा निवासी कामरेड शङ्कर गौतमको २०८२ भाद्र २९ गते (तदानुसार १४सितम्बर, २०२५) मृत्यु भएको छ । हामीले उहाँको मृत्युप्रति गहिरो दुस्ख व्यक्त गर्दै सन्तप्त परिवारजनप्रति हार्दिक सम्वेदना प्रकट गर्दछौँ ।
कामरेड गौतम हाम्रो पार्टीको सदस्य हुनुहुन्थ्यो । उहाँले हाम्रो पार्टीका विभिन्न स्तरका समितिमा रहेर आफ्नो जिम्मेवारी पूरा गर्नुभएको थियो । उहाँ भारतस्थित नेपालीहरूको लोकप्रिय सामाजिक सङ्गठनमा समेत आबद्ध भएर सक्रिय हुनुहुन्थ्यो । उहाँ हाम्रो पार्टीको इमानदार, निष्ठावद्ध र अनुशासित सदस्य हुनुहुन्थ्यो । उहाँको मृत्युबाट हाम्रो पार्टीको आन्दोलनका साथै प्रवासी नेपालीहरूको अधिकारको आन्दोलनमा समेत गम्भीर क्षति पुगेको छ ।
अन्तमा हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।
२०८२ भाद्र ३१ गते ।
मोहनविक्रम सिंह
(महामन्त्री)