Nepal communist party

प्रेस वक्तव्य (२०८२ असोज ०५ गते)

नेपाल कम्युनिस्ट पार्टी (मसाल)

Nepal Communist Party (Mashal)

केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com

प्रेस वक्तव्य

आज बसेको नेपाल कम्युनिस्ट पार्टी (मसाल) पीवीको बैठकले गरेका महŒवपूर्ण निर्णयको जानकारी तथा
सार्वजनिक गर्नका लागि यो प्रेस वक्तव्य जारी गरिएको छ ।
१. बैठकमा सरकारद्वारा घोषित चुनावबारे छलफल भयो । त्यो चुनावबारे स्थिति स्पष्ट भएपछि केन्द्रीय कमिटीले अर्को
बैठकमा ठेगान गर्ने निर्णय भएको छ ।
२. देशमा हालै जेनजी आन्दोलनको बेलामा भएका तोडफोड, आगजनी तथा ध्वंसात्मक कार्यहरुबारे विस्तृत रुपमा
छलफल भयो । बैठकले त्यसबारे विस्तृत रूपले र निष्पक्ष तरिकाले छानवीन गरेर दोषीमाथि कारवाही गर्नुपर्ने माग
गरेको छ ।
३. प्रतिगमनका विरुद्ध समान समझदारी कायम हुने राजनीतिक शक्तिहरूसँग कार्यगत एकता वा तालमेल गर्ने ठेगान
भएको छ । तर त्यसका लागि पहिले केन्द्रीय स्तरमा समझदारी भएपछि नै जिल्लाहरूमा त्यसअनुसार कार्यगत एकता
वा सहकार्य गरेर जान सक्ने छन् । तर असंवैधानिक प्रकारले मन्त्रीपरिषद गठन गरेको, संसदको विघटन गरेको
समेतका विषयमा जिल्ला स्तरमा वा जनवर्गीय मोर्चाहरूको स्तरमा पनि वक्तव्य दिने सकिने छ । तर त्यसो गर्दा
राजावादी र कथित स्वतन्त्र पार्टीसित कुनै पनि तालमेल वा सहकार्य गरिने छैन ।

२०८२ असोज ०५ गते ।

मोहनविक्रम सिंह
(महामन्त्री)

पार्टी गतिविधि

Translate »
Scroll to Top