नेपाल कम्युनिस्ट पार्टी (मसाल)
Nepal Communist Party (Mashal)
केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com
हार्दिक श्रद्धाञ्जली
प्यूठान जिल्ला झिम्रुक गाउँपालिका–३ निवासी कामरेड डण्डबहादुर खत्री (का. अनन्त) को ८५ वर्षको उमेरमा २०८२ असोज ०५ गते मृत्यु भएको छ । हामीले उहाँको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।
का. डण्डबहादुर खत्री हाम्रो पार्टीको धेरै पुरानो निष्ठावद्ध सदस्य हुनुहुन्थ्यो । उहाँ २०१० सालदेखि हाम्रो पार्टीमा आवद्ध अनुशासित, जुझारु र सक्रिय सदस्य हुनुहुन्थ्यो । उहाँले हाम्रो पार्टीका विभिन्न जनवर्गीय मोर्चा र पार्टीका विभिन्न तहमा रहेर आÇनो जिम्मेवारी पूरा गर्नुभएको थियो । हाम्रो पार्टीको आन्दोलनमा विभिन्न उतारचढाव पैदा हुँदा कैयौँ नेता र कार्याकर्ता पार्टी र आन्दोलनबाट विचलित भएर पलायन हुने वा दलबदल गरेका विभिन्न उदाहरण छन् । तर कामरेड डण्डबहादुरले ती सबै उतारचढावको सामना गरेर निरन्तर पार्टीको अनुशासन, जिम्मेवारी र कर्तव्यमा निष्ठावद्ध रहँदै अटल विश्वासका साथ प्रतिवद्ध भइरहनुभयो । उहाँको त्यस प्रकारको उच्च विशेषतालाई हाम्रो पार्टीका साथै आम कम्युनिस्ट सदस्य र शुभेच्छुकले अनुशरण गर्नु आवश्यक छ । उहाँको जीवनले सामाजिक परिवर्तनको निरन्तर आन्दोलनमा स्वार्थरहित भएर सक्रियतापूर्वक कार्यरत रहँदा कम्युनिस्ट मूल्य र मान्यताहरु बलिया र स्थापित हुन सक्दछन् भन्ने उच्च विश्वास र आदर्शलाई स्थापित गर्दछ । अटल विश्वास, जुझारू चरित्र, निष्कलंक छवि, अनुशासन र दृढ संकल्पलाई कार्यान्वयन गर्दै उहाँको जीवनबाट शिक्षा लैजानका लागि हामीले पार्टीका सबै सदस्यहरूको ध्यान आकर्षित गर्दछौँ । उहाँको मृत्युबाट हाम्रो पार्टीले नेपालको कम्युनिस्ट आन्दोलनको एउटा महŒवपूर्ण सदस्य गुमाएको छ । यसबाट हाम्रो पार्टीको आन्दोलनलाई गम्भीर क्षति पुग्न गएको छ ।
अन्तमा हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।
२०८२ असोज ०९ गते ।
मोहनविक्रम सिंह
(महामन्त्री)