नेपाल कम्युनिस्ट पार्टी (मसाल)
Nepal Communist Party (Mashal)
केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com
हार्दिक श्रद्धाञ्जली
बागलुङ जिल्ला जैमुनी नगरपालिका–८ निवासी कामरेड दुर्गा बहादुर रायमाझी (का. तुफान) को २०८२ असोज ६ गते तदानुसार २२ सेप्टेम्बर, २०२५ का दिन रोजगारीको सिलसिलामा भारतको चेन्नई अम्बातुरमा मृत्यु भएको छ । हामीले उहाँको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।
का. दुर्गा बहादुर हाम्रो पार्टीको सदस्य हुनुहुन्थ्यो । उहाँले भारतस्थित प्रवासी नेपालीहरूको लोकप्रिय संगठन मूलप्रवाह अखिल भारत नेपाली एकता समाजका विभिन्न तहमा रहेर सामाजिक सेवामा विभिन्न जिम्मेवारी पूरा गर्नु भएको थियो । उहाँ हाम्रो पार्टीको इमान्दार, अनुशासित, जुझारु र प्रतिवद्ध सदस्य हुनुहुन्थ्यो । उहाँको मृत्युबाट हाम्रो पार्टीको आन्दोलनमा गम्भीर क्षति पुग्न गएको छ ।
अन्तमा हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।
२०८२ असोज १० गते ।
मोहनविक्रम सिंह
(महामन्त्री)