नेपाल कम्युनिस्ट पार्टी (मसाल)
Nepal Communist Party (Mashal)
केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com
प्रेस वक्तव्य
आज ने.क.पा. (मसाल)को पीवीको अनलाइन बैठक बसेर गरेका कतिपय निर्णयहरूबारे जानकारी दिन यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।
१. हाम्रो पार्टीले वर्तमान अन्तरिम सरकारको गठन र त्यसको सिफारिसमा भएको संसदको विघटन समेत असंवैधानिक भएको भन्ने विचार पहिले नै सार्वजनिक गरिसकेको छ । त्यसपछि अहिले देशमा विघटित संसदको पुनस्र्थापना वा नया“ चुनाव गर्नेबारे बेग्लाबेग्लै मतहरू आएको पाइन्छ । हाम्रो पार्टीले अहिलेसम्म त्यसबारे कुनै निर्णय गरेको छैन र छिट्टै बस्ने हाम्रो पार्टीको केन्द्रीय समितिको बैठकले त्यसबारे आवश्यक निर्णय गर्ने छ ।
२. चुनाव सम्बन्धी विषयमा देशमा बेग्लाबेग्लै स्तरमा छलफलहरू चलिरहेका छन् । हाम्रो पार्टीले आवश्यकताअनुसार ती बैठकहरूमा गएर आवश्यक विचारहरू प्रकट गर्ने वा छलफल गर्ने नीति अपनाउने छ ।
२०८२ असोज ३० गते ।
मोहनविक्रम सिंह
(महामन्त्री)