नेपाल कम्युनिस्ट पार्टी (मसाल)
Nepal Communist Party (Mashal)
केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com
हार्दिक श्रद्धाञ्जली
बागलुङ जिल्ला जैमुनी–८ निवासी कामरेड केशमान नेपाली (का. विमल)को २०८२ कार्तिक २७ गते तदानुसार १३ नोभेम्बर, २०२५मा दक्षिण भारतको चेन्नइमा मृत्यु भएको छ । उहाँको मृत्युप्रति गहिरो दु:ख व्यक्त गर्दै सन्तप्त परिवारजनप्रति हामीले हार्दिक समवेदना प्रकट गर्दछौँ ।
का. नेपाली हाम्रो पार्टीको सदस्य हुनुहुन्थ्यो र हाल जिल्ला कमिटी सदस्यको जिम्मेवारीमा कार्यरत हुनुहुन्थ्यो । उहाँ मूलप्रवाह अखिल भारत नेपाली एकता समाजको केन्द्रीय सदस्य समेत हुनुहुन्थ्यो । यसरी उहाँ सामाजिक तथा राजनीतिक क्षेत्रमा क्रियाशिल हुनुहुन्थ्यो । उहाँ हाम्रो पार्टीको अनुशासित, इमानदार, सक्रिय, जुझारुका साथै कर्तव्यनिष्ठ र प्रतिबद्ध सदस्य हुनुहुन्थ्यो । उहाँको मृत्युबाट हाम्रो पार्टीको आन्दोलनमा गम्भीर क्षति भएको छ ।
अन्तमा हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछौँ ।
२०८२ कार्तिक १८ गते ।
मोहनविक्रम सिंह
(महामन्त्री)