नेपाल कम्युनिस्ट पार्टी (मसाल)
Nepal Communist Party (Mashal)
केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com
हार्दिक श्रद्धाञ्जली
झापा जिल्ला मेची नगरपालिका–६ निवासी हाल भारतको कोहिमामा श्रमरत कामरेड अर्जुन कुमार तामाङ (का. फुर्वा)को डिसेम्बर ९, २०२५ का दिन मृत्यु भएको छ । हामीले उहाँको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।
कामरेड अर्जुन कुमार हाम्रो पार्टीको सदस्य हुनुहुन्थ्यो । उहाँ भारतस्थित नेपालीहरुको सर्वप्रिय संगठन मूलप्रवाह अखिल भारत नेपाली एकता समाजमा लामो समयसम्म कार्यरत रहनु भएको थियो । उहाँले हाम्रो पार्टीका विभिन्न तहका समितिमा रहेर सक्रियतापूर्वक आफ्नो जिम्मेवारी पूरा गर्नुभएको थियो । उहाँ हाम्रो पार्टीको अनुशासित, सक्रिय, जुझारु, कर्तव्यनिष्ट र प्रतिवद्ध सदस्य हुनुहुन्थ्यो । उहाँको मृत्युबाट हाम्रो पार्टीको आन्दोलनमा गम्भीर क्षति भएको छ ।
अन्तमा हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।
२०८२ पौष ०४ गते ।
मोहनविक्रम सिंह
(महामन्त्री)